मेरो नजरमा कलिका उमाविको यात्रा


कृष्ण खनाल
 भुपु विद्यार्थी तथा पत्रकार बुटवल टुडे दैनिक





–कालिका उमावि एउटा यस्तो पाठशाला हो जस्ले आफ्नो नाम नेपालका केही उत्कृष्ठ विद्यालयहरुको  सुचीमा आफ्नो नाम दर्ता गराउन सकेको छ । वि.स.२०६५ सालमा कालिका उच्च माविमा मेरो प्रवेश एक व्यवस्थापन संकायको विद्यार्थीको रुपमा भएको छ ।
प्रवेशिका परिक्षा सक्काएसंगै उच्च शिक्षाको लागि मेरो यात्रा अर्घाखाँची जिल्लाको पश्चिम विकट गाविसबाट  बुटववल सम्म आयो । उच्च शिक्षाको पहिलो खुड्कीलोको रुपमा मेरो पहिलो पाईला कालिका  उच्च माविमा पर्न गयो । 
गाउकै अंकल खेमराज खनालको मार्गर्दशनमा म कालिमा उच्च माविमा व्यवस्थापन संकाय कक्षा ११ मा भर्ना भए । एउटा साधारण गाउबाट आएको ‘गाउले विद्यार्थी’  सहरको कालिका उच्च माविमा पर्दा स्वभाविक रुपमा फरकपनको अनुभुती गर्नुपर्ने हो । तर मैले त्यसो पाईन् । अध्यायपन गराउने शिक्षकहरु र मेरा सहपाठीहरु जो नेपालका विभिन्न जिल्लाबाट उक्त उमाविमा अध्यनको लागि आएका थिए उनीहरुबाट रामै्र सहयोग  र सद्भाव पाए । एउटा अपाङ्गता भएको विद्यार्थीलाई  समाजले हेर्ने दृष्टिकोणमा परिर्वतन नआएको समयमा मैले कालिका उमाविबाट पाएको सहयोगलाई व्याख्या गर्ने शब्द म संग छैन ।  सहपाठीहरुको सहयोग साच्चै नै उत्कृष्ठ छ । २ बर्ष सम्म कालिका उमाविको कक्षा ११ र १२ मा अध्यायन गर्दा मलाई दुई बर्ष वितेको पतै भएन् । अन्य उमाविहरुको तुलनामा अफुलाई सधै अब्बल स्थानमा नाम लेखाउन सफल भएको कालिका उमाविको भौतिक वातावरण, विद्यालयको पारिवारिक वातावरण उत्कृष्ठ थियो । शिक्षक–विद्यार्थीहरुको विचमा हुने सुमधुर दाईभाईको सम्बन्ध देखि लिएर विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप झनै उत्कृठ थियो ।  आफुलाई बुटवलका शिक्षा क्षेत्रमा अब्बल दावि गर्ने निजी उमाविहरु विद्यार्थीहरु बाट चर्को शुल्क र अतिरिक्त क्रियाकलापको लागि महङ्ग सुल्क असुल्नेहरुलाई आफ्नै खर्चमा नियमित रुपमा हरेक सुक्रवार अतिरिक्त क्रियाकलपा गरेर यस उमाविले राम्रो झापड दिएको थियो । सहपाठी साथीहरु र आदरणीय गुरुहरुले गरेको मर्ग र्दशन अनुसार अगाडी बढेको कारण नै कालिका उमाविको नतिजा साच्चै देशमा नै गनिन नतिजाको रुपमा रहेको छ ।
पत्रकारिता गर्दै प्लस टु अध्ययन गर्ने क्रममा मैले कतिपयटक कालिका उमाविका साप्ताहिक गतिविधीहरुलाई आफै सञ्चार माध्याममा गएर समाचार सम्प्रेषण गर्ने गर्दथे । कतिपय बेला हामी आफै आयोजक भएर  समेत कविता, हाजिरी जवाफ जस्ता प्रतियोगीताहरु आयोजना गर्दथ्यो । समाचार संकलन र सम्प्रेष्णको क्रममा कतिपय गल्तीहरु पनि भए होलाल् । 
कालिका उमाविबाट भुपु विद्यार्थी भएको करिव ५ बर्ष पनि पुरा भएको छ । यस दौरानमा कालिका उमाविले गरेका कतिविधीहरुलाई आफु कार्यरत रहेको सञ्चार माध्यम बुटवल टुडे दैनिक, लगायत अन्य सञ्चार माध्यममा पनि सम्प्रेसण गर्दै आएको छु । कालिका उमाविले उदाहरणीय रुपमा काम गरेको एउटा समाचार साच्चै अनुकरणीय नै थियो । जुन समाचार मैले प्रकाशन गरेको थिए । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले नै विपन्न विद्यार्थीहरुको सम्पूर्ण खर्च व्यहोरेर अध्यायपन गराउने जुन काम गरेको छ जुन नेपालका अन्य नीजी तथा सामुदायिक विद्यालयले  गर्नुपर्ने काम हो । एउटा विद्यालय व्यवस्थापन समितिको पदाधिकारीले आफ्नै सन्तानको रुपमा अन्य  एक विद्यार्थीहरुलाई अध्यायपन गराउनु साच्चै उदाहरणीय र अनुकरणीय काम हो । जुन कार्यलाई नेपाल सरकार शिक्षा मन्त्रालयले समेत  सहयोग पु¥याउनु पर्दछ । कालिका उमाविको भौतिक पुर्वाधार संगै त्यहाको व्यवस्थापन समितिपनि चुस्त दुरुस्त र सक्रिय रहेको छ । जसको कारणले गर्दा पनि त्यहाको शिक्षाको गुणस्तर कायम गर्न सहयोग पु¥याएको छ । 
विद्यालयका प्राचार्य, सह प्रचार्य, शिक्षक शिक्षिकाहरुको नियमितता, विद्यार्थीहरु प्रतिको नियमिति निगरानी र आत्मीयताको कारण अझ विद्यार्थीहरुले आफ्नो शैक्षिक उन्ननयन वृद्धि गर्न सहयोग पु¥याएको छ भन्ने मेरो ठहर रहेको छ । अन्यत्यमा यस कालिका उमाविको गरिमा अझै उच्चो बनाउनको लागि यस उमाविले अहिले सम्म हासिल गरेका उपलब्धीहरुको रक्षा गर्दै आफ्नो यात्रालाई क्षितीज सम्म लम्बाउनको लागि सधै  अगाडी बढोस् । मेरो सुभकामना । 


Popular posts from this blog

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

प्रभावकारी हुन सकेन अनलाईन कम्पनी दर्ता