अख्तियारमा शिक्षाका उजुरीको चाप

कृष्ण खनाल
बुटवल, २४ मंसिर ।
अख्तियारको बुटवल कार्यालयमा सबैभन्दा बढि शिक्षासंग सम्बन्धीत उजुरी परेका छन् । लुम्बिनी अञ्चल कार्यक्षेत्र रहेको अख्तियारको सम्पर्क कार्यालयमा तराईका तीन जिल्लामध्ये सबैभन्दा बढि रुपन्देहीबाट उजुरी दर्ता भएका छन् भने पहाडी जिल्लामध्ये अर्घाखाँचबाट बढि उजुरी दर्ता भएका छन् । कार्यालय बुटवलका प्रमुख, प्रहरी उपरीक्षक उमेशराज जोशिका अनुसार हाल सम्म सबैभन्दा बढि रुपन्देहीमा २ सय १० वटा उजुरी दर्ता भएका छन् भने अर्घाखाँची जिल्लाबाट ४० वटा उजुरी दर्ता भएका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिम क्षेत्रीय कार्यालय पोखराको मातहतमा रहि बुटवल कार्यालयले काम गर्दै आएको छ ।
उजुरी दर्ताको संख्याका आधारमा दोस्रो जिल्लाको रुपमा नवलपरासी परेको छ । तेस्र्रो जिल्लाको रुपमा कपिलवस्तु, चौथोमा अर्घाखाँची, पाचौमा पाल्पा र छैठौ जिल्लाको रुपमा गुल्मी रहेको छ । हालसम्म रुपन्देही जिल्लाबाट २ सय १० वटा, नवलपरासीबाट १ सय ३३ वटा, कपिलवस्तुबाट १ सय १६, अर्घाखाँचीबाट ४०, पाल्पाबाट ३९, गुल्मीबाट मात्र ३१ वटा उजुरी दर्ता भएका छन् ।

मन्त्रालयगत रुपमा लुम्बिनी अञ्चलबाट सबैभन्दा बढि शिक्षासंग सम्बन्धीत उजुरी दर्ता भएको अख्तियार कार्यालय बुटवलले जनाएको छ ।  अख्तियारमा शिक्षा मन्त्रालयसंग सम्बन्धीत २ सय ३८, संघिय मामिला  तथा स्थानीय विकाससंग सम्बन्धीत १ सय ३९ वटा र भुमी सुधार मन्त्रालयसंग सम्बन्धीत ३५ वटा उजुरी दर्ता छन् ।
प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशिका अनुसार शिक्षा क्षेत्र सम्बन्धीत विषयमा बिद्यालय व्यवस्थापन समितिमा गैर अभिभावक भएको,  विद्यालय व्यवस्थापन समितिका अध्यक्षको म्याद सकिएको,  शिक्षक नियुक्ती र सरुवामा चलखेल भएको, बिधिवत नियुक्ति नभएको, बिना सहमति शिक्षक सरुवा भएको  जस्ता उजुरीहरु पर्ने गरेका छन् । उनी भन्छन्–‘ विद्यालयको भवन निर्माण गर्दा  प्राविधिक जा“चमा अनियमितता भएको, हचुवामा कार्य सम्पन्न प्रतिबेदन बनाईएको,  भ्याट विलिङ्ग नभएको जस्ता उजुरी दर्ता भएका छन् । ’ त्यस्तै शिक्षा क्षेत्र सम्बन्धीत नै छात्रबृत्ति बितरणमा आर्थिक चलखेल समेत हुने गरेको जस्ता उजुरी दर्ता हुने गरेका छन् ।
अख्तियार अनुसन्धान दुरुपयोग सम्पर्क कार्यालय बुटवलमा उद्योग सम्बन्धी ४ वटा, उर्जा सम्बन्धी ११ वटा, कृषि सम्बन्धी ६ वटा, भुमिसुधार सम्बन्धी ३५ वटा, बन सम्बन्धी ३० वटा, शहरी विकास सम्बन्धी १६ वटा, शिक्षा सम्बन्धी २ सय ३८ वटा, सिचाई सम्बन्धी ९ वटा उजुरी दर्ता भएका छन् । त्यस्तै संघिय मामिला तथा स्थानिय विकास संग सम्बन्धीत १ सय ३९ वटा, स्वाथ्य सम्बन्धी ३२ वटा, भौतिक पुर्वाधार तथा वातावरण सम्बन्धी ११, सञ्चार सम्बन्धी २ वटा, गहृ मन्त्रालय सम्बन्धी १७ वटा , युवा तथा खेलकुदमा २ वटा, अर्थमा २ वटा, सस्कृती तथा पर्यटनमा ७ वटा, सहकारी तथा गरिवी निवारणमा ३ वटा, बाणिज्य तथा आपुर्तीमा ४ वटा र संघ संस्थामा १ वटा उजुरी दर्ता भएका छन् । जुन तथ्यांक लुम्बिनी अञ्चलका ६ वटा जिल्लाहरुको हो ।
संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालय अन्र्तगत स्थानिय निकायहरु गाउ विकास समिति, नगरपालिका तथा जिल्ला विकास समितिमा उपभोक्ताहरुले अख्तियारमा उपभोक्तासंग रकम मागेको, निर्माण सम्पन्न हुने बित्तिकै संरचना भत्कने गरेको, टिकाउ नहुने बढी मूल्याड्ढन (काम भन्दा मूल्याङन बढी) गत बर्षको काम देखाई रकम दुरुपयोग गरेको लगायत उजुरी दर्ता गरेका छन् । त्यस्तै  ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा विक्री र ठेक्कामा अनियमितता गरेको, उपभोक्ता समिति तथा ठेकेदारस“ग प्राविधिकको मिलोमतोसडक÷बसपार्क÷खानेपानी÷भवन, झोलुङ्गे पुल निर्माणमा अनियमितता गरेको काम नै नगरी रकम हिनामिना गरेका, एउटै सडक÷फरक नाम र फरक फरक निकायबाट रकम लिने गरेको र  सामाजिक सुरक्षा भत्ता वितरणमा पनि हिनामिना गरेको जस्ता उजुरी दर्ता गरेका छन् ।
भूमि सुधार मन्त्रालय अन्र्तगत सार्वजनिक÷सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गरेको, अतिक्रमण÷भोग÷बसोबास÷कारोबार गरेको, नक्शा र स्रोता फरक पार्ने गरेको, पाटी पौवा नहर कुलो बगर पार्ने अतिक्रमण गरेको,  सुकुम्वासी आयोग, राजश्व छलि, बढ जग्गा लगायतका विषयमा उजुरी पर्ने गरेका छन् । कृषि मन्त्रालय संग सम्बन्धीत, साना सिंचाइको रकम दुरुपयोग, विभिन्न निकायबाट एउटै कार्यक्रममा अनुदान खर्च लेखेको, फिल्डमा जे.टी.÷जे.टी.ए. नवसी फिल्डभत्ता लिएको, कम गूणस्तरको विउ वितरण गरेको, खरिद ऐनको पालना नगरेको, फिल्डमा नगई भ्रमण खर्च लेखेको चिलिड्ड भ्याट÷गोठसुधार कार्यक्रममा कमिसन लिने गरेको, उन्नत जातको पाठापाठी भनी कम गूणस्तरयुक्त पाठापाठी वितरण, कृषकका सहकारीमा भन्दा प्रभावसाली व्यक्तिको÷आफन्तको सहकारीमा अनुदान दिएको  जस्ता उजुरी दर्ता भएका छन् । गृह मन्त्रालय अन्र्तगतग दोषिलाई उन्मुक्ती दिएको÷निर्दोशलाई कारवाही गरेको, ढुंगा गिट्टी बालुवा निकासी, उत्खननमा अनियमितता, उजुरी हस्तान्तरण÷ढिलाई गरेका, जाली नक्कली नागरिकता, मिलेमतोमा अनियमितता, ट्राफिक व्यवस्थापनमा दुख दिने गरेका, महिनावारी रकम उठाउने गरेको, तस्करीमा सहयोग गरेको,  मुद्दामा दुःख दिएको जस्ता उजुरी पर्ने गरेका छन् ।
रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाललेजनतामा जहिलेसम्म सचेतना आउदैन तब सम्म भष्ट्राचार हुने दावि गर्दछन् । उनले जनतामा कुनै पनि कार्य भष्ट्रतरिकाले, अनैतिक कार्य  गर्नु र गराउनु हुदैन भन्ने जनचेतनाको  विकास नभएसम्म भष्ट्राचार हुने बताए । सबैको सहकार्य भएमा मात्र भष्ट्राचार नियन्त्रण हुन सक्ने भन्दै उनले भने–‘भष्ट्राचार नियन्त्रणको लागि सबैको सहकार्य आवश्यक रहेको छ । पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलका समादेशक बरिष्ठ प्रहरी उपरीक्षक कमल जिटीले सबैको  साझा प्रसास भएमा नेपालबाट भष्ट्राचारलाई सधैको लागि उन्मुल गर्न सकिने तर्क राख्नछन् । उनी भन्छन्–‘सबैको साझा पहल र प्रयास भएमा भष्ट्राचार नियन्त्रणको लागि सहज हुन्छ ।’
पहिलो पोष्ट मा प्रकाशित समाचार 

http://www.pahilopost.com/content/-10859.html

खबरवाणी अनलाईनमा प्रकाशित समाचार 

http://www.khabarbani.com/%E0%A4%85%E0%A4%96%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%B0%E0%A4%AE%E0%A4%BE-%E0%A4%B6%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE%E0%A4%95%E0%A4%BE-%E0%A4%89%E0%A4%9C%E0%A5%81%E0%A4%B0/
 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै