फोरलेन सडकमा आफुखुसी -याम


ट्राफिक प्रहरीको ध्यान नपुगेको पैदल यात्रीको गुनासो  
कृष्ण खनाल
बुटवल, २८ मंसिर । 

निर्माणपुरा नहुँदै भत्कीन सुरु भएको बुटवलको फोरलेन सडक व्यापारीहरुको बलमिच्याईंको कारण थप जिर्ण बन्ने खतरा बढेको छ । 
आफ्नो व्यापारीक प्रतिष्ठान अगाडी उनिहरुले सडक सडक मापदण्ड विपरीत आफुखसी फलामको ¥याम राखेका कारण सड्क जिर्ण बन्ने खतरा बढेको हो । यही कारणले फुटपाथमा हिड्ने पैदल यात्री समेत असुरक्षित बन्ने गरेका छन् । तर सडक सुरक्षाको लागि भन्दै ‘लेन सुरक्षा’ अभियान सुरु गरेको ट्राफिक प्रहरीको भने यसतर्फ ध्यान पुग्न सकेको छैन् । 
खासगरी मोटरसाईक, रिक्सा तथा साना गाडीहरु कुनै पनि फुटपाथबाट हिडाउन पाईदैन । तर बुटवलका अधिकांस व्यापारीहरुले आफु अनुकुलताको लागि व्यवसायीक प्रष्ठिान अगाडी आफै फलामको ¥याम राखेर फुटपाथमा गाडी गुडाउने देखि लिएर फुटपाथमै माल सामान ढुवानी गराउने गरेको पाईएको छ । 
आवश्यक स्थानमा मात्र सडक विभागले आफै सिमेन्टको ¥यामको व्यवस्था गरेको भएपनि अत्यावश्यक वाहेक अन्य स्थानमा यस्तो प्रकारको ¥ययामा राखेको छैन । तर बुटवल क्षेत्रका साथै आसपासका बजार क्षेत्रको अधिकांस सडकको दायाँ बायाँ फुटपाथमा व्यापारीहरुले फलामको ¥याम राख्ने गरेका छन् । जसको कारण फुटपाथमा पैदलयात्रीहरु त्रासमा हिड्न बाध्य भएको बताउछन् । 

बुटवलको नयाँबसपार्क देखि अस्पताल लाईन आउने क्रममा आईतबार एउटा मोटरसाईकलले फुटपाथमा पैदल हिड्दै गरेकी गुल्मीकी सावित्रा न्यौपानेलाई झण्डै ठक्कर दिएन । उनी अन्य सर्बसाधारण जस्तै  बायाँ तर्फको फुटपाथबाट हिड्दै थिईन् । तर अगाडीबाट हुईकीएर आएको मोटरसाईकलले झण्टै ठक्कर दिएन । उनी भन्दैथिईन्–‘फुटपाथमा पनि हिड्न गाह््रो रैछ यहाँ, नियम पनि के हो खै ।’ 
फुटपाथको जहा खोही स्थानमा व्यापारीहरुले फलामको (¥याम) ¥यालीङ्ग राखिदिएको कारण पैदयात्रुहरु दुर्घटनाको जोखिममा परेका छन् । फुटपाथबाटै सना सवारीसाधनहरु हुईकिन थालेपछि बुटवलको व्यस्त बजारमा फुटपाथमा राखिएका अधिकांस सिमेन्टका ‘स्लाव’ भाँचीएका छन् । 
केही समय पहिला बुटवलमा ट्राफिक प्रमुखको रुपमा रहेका विभुतीराज पाण्डेले फुटपाथ खाली गराउने अभियान सुरु गरेका थिए । उनले यसरी अवैधरुपमा राखिएका फलाममा ¥याङ्ग र फुटपाथ अतिक्रमण गरि राखिएका ठेला तथा पसल हटाएका थिए  । एसपी पाण्डे सरुवा भई गएपछि आएका अन्य ट्राफिक प्रहरी प्रमुखहरुको यसतर्फ नजर पुग्न सकेको छैन् । 
सडक सुरक्षाको लागि भन्दै ‘लेन सुरक्षा’ अभियान सुरु गरेका  अहिलेका पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले यस तर्फ ध्यान दिनुपर्ने सर्वसाधारणहरुको भनाई रहेको छ । 
सडक डिभिजन कार्यालय बुटवल संगको सम्झौता अनुसार ठेकेदार कम्पनीले गाडीबाट  समान लोड अनलोड गर्ने स्थानमा २० सेन्टीमिटर तथा पैदलयात्रुहरुको लागि १० सेन्टीमिटर गोलाई भएको ‘स्ल्याब’ राखेर फुटपाथ निर्माण गरिएको छ । 
तर ठाउ“–ठाउ“ मापदण्ड विपरित भार थेग्न नसक्ने र पैदल यात्रुको लागि ‘स्टेमेट’ गरेर बनाईएको सडकमा ठुला–ठुला भारका गाडीहरु चढाउने तथा ओराल्ने गरेको कारण सडक पेटी जिर्ण बन्दै गएको छ ।
सडक डिभिजन कार्यालय बुटवलमा  प्रमुख मेघराज मरासेनीले–‘मापदण्ड विपरित व्यापारीहरुले फलामको गाडी चढाउने भ¥याङ्गको प्रयोग गरेर ठुला ठुला भारका ट्रक, बस तथा ट्रिपरहरु समेत चढाउने गरेको कारण सडक पेटी भत्कीएको बताउछन् । उनले निकट भविश्यमा नै ट्राफिक प्रहरीको संमन्वयमा नियम विपरित राखिएका कुनै पनि सामाग्री हटाउने जानकारी दिए । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै