रोगी माटो–उत्पादन कम


कृष्ण खनाल
बुटवल, १४ पुस ।

अयन्त्रत्रिरुपमा प्रयोग भैरहेको विषादीको कारण रुपन्देहीको कुल उत्पादनशिल  माटोको करिव ५० प्रतिश माटो प्रदुशित बन्दै गएको पाइएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको अधिकांस माटोमा अम्लीय पनि र क्षयरियपनको मात्रा बढ्दै गएको हो । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका  प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार अहिले रुपन्देहीको अधिकांस माटोमा अम्लीयर र क्षारिय पदार्थ बढि पाइएको छ । रुपन्देही जिल्ला कृषि विकास कार्यालयमा स्थापना भएको माटछो परिक्षण ईकाईबाट कम पि.एच. अर्थात अम्लिय माटोः करीब २० प्रतिशत माटो रहेको पाइएको छ भने बढि पि.एच. अर्थात क्षारीय माटोः करीब २५ प्रतिशत  माटो रहेको पाईएको छ । यस्तै  प्रागांरिक पदार्थ १ प्रतिशत भन्दा कम भएको माटोः करीब ७७ प्रतिशत रहेको छ । जुन रुपन्देहीको कृषि क्षेत्रको लागि ठुृलो चुनौतिको विषय हो । 
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत सापकोटा भन्छन्–‘रुपन्देहीको माटोको उर्वराशक्ति नास हुदै गएको छ, अवको केही बर्षमा माटोमा सुधार गर्न सकिएन भने भविश्यमा ठुलो असर पर्ने छ ।’

उनका अनुसार रुपन्देहीको माटोको उर्वराशक्ती घट्नुको प्रमुख कारणमा,बाली चक्र बैज्ञानीक नहुनु,  गोबर मलको बैज्ञानिक व्यवस्थापन एवंम प्रयोग नहुन,  गोबरमल गैर कृषि प्रयोजनको लागि प्रयोग हुने, रासायनिक मल तथा प्रागांरिक मलको सन्तुलित प्रयोग नहुन रहेको छ । 
माटोमा नै कृषि जन्य उत्पादन बृद्धि हुने भन्दै यसको लागि स बैले माटो जोगाउनु आवश्यक रहेको उनको तर्क रहेको छ । माटोमा रहेको उर्वराशक्ति विकासको लागि हरियो मलको प्रयोग बृद्धि  गर्न गा.वि.स.को आलेपालो अनुसार  हरेक ३ वर्षमा १ पटक पूर्ण अनुदानमा ढैचा जस्ता हरियो मलको बीउ उपलब्ध गराउने, कृषि चुनको प्रयोग गर्ने कृषकहरुलाई माटोको अम्लियपनाको आधारमा कृषि चुनको मूल्यमा ५० प्रतिशत र ढुवानीमा शतप्रतिशत अनुदान उपलब्ध गराउने, जिल्लाभित्रै माटो परिक्षण सुविधालाई सहज र सर्वसुलभ बनाउनको लागि माटो परिक्षण प्रयोगशालाको सुदृढिकरण एवं क्षमता विस्तार गर्ने लगायतका कार्य अविलम्ब अगाढी बढाउनुपर्ने जिल्ला कृषि विकास कार्यालयको भनाई रहेको छ । 
यससको साथै रासायनिक मलको प्रयोगसंगै प्रागांरिक मलको प्रयोगलाई अनिवार्य गराउने नीतगत निर्णय हुनुपर्ने, हालको लगानीमा आधारीत क्षतिपुर्ति उपलब्ध गराउने बीमा नीतिलाई संसोधन गरि उत्पादनमा आधारीत बाली बिमा प्रणाली लागु गराउनुपर्ने, जिल्ला भित्र कृषिको विकासको लागि नेपाल सरकारले निम्नानुसारको विषयमा व्यवस्था गरेका सुविधालाई प्रभावकारी प्रयोग गर्न जिल्ला कृषि विकास समितिले विशेष अनुगमन गर्ने व्यवस्था गर्न आवश्यक देखिएको छ । 
कृषि क्षेत्रको विकासको लागि यसमा कृषिकहरुको आर्कषण बढाउनको लागि, बाली बीमाको प्रिमियममा अनुदान उपलब्धता गराउनुपर्ने, सुलभ व्याज (६ प्रतिशत व्याजदर) मा कृषि ऋण उपलब्धता गराउनुपर्ने, अनुदानित रासायनिक मल लगायत कृषि सामग्रीको वितरण हुनुपर्ने,  विभिन्न सरोकारवाला निकायको समन्वय गरी अगाढी बढ्नुपर्ने बेला आएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ । 
रुपन्देहीको  कृषि उपज बजारीकरणमा, पकेट क्षेत्रमा व्यवस्थित कृषि उपज संकलन केन्द्रको अभाव, बजार सूचनाको अपर्याप्तता एवम् अबैज्ञानिक खरिद प्रणालीले गर्दा कृषकहरुले कृषि उपजको उचित मूल्य प्राप्त गर्न नसक्नु, उचित ढुवानीको सुविधा प्राप्त नहुनु, नगर क्षेत्रमा सुविधा युक्त खुद्रा बजार संचालन हुन नसक्नु, कृषि प्रशोधन सुविधाको अभाव,  लगायतका प्रमुख समस्याहरु रहेका छन् ।
किसानले दिगो रुपले माटोको उर्वराशक्ति बृद्धि गर्नका लागि १०  वर्ष भित्रमा प्रत्येक कृषकहरुलाई ‘माटो स्वाथ्य कार्ड ’ जारी गरी प्रत्येक ३–३ वर्षमा माटो परिक्षण गराउने र सोको आधारमा माटोको उर्वराशक्ति व्यवस्थापन गर्ने कृषकहरुलाई कृषि अनुदानमा विशेष ग्राह्यता दिने पद्धतिको विकास गर्नु प्रमुख आवश्यकता रहेको जिल्ला कृषि विकास कार्यालयको भनाई रहेको छ । 
जिल्लाको माटोको उर्वराशक्ती  संगै रुपन्देहीको दलहन र तेलहनमा रुपन्देही कमजोर रहेको छ ।  उनले खाद्यन्न बालीस“ग कोशेबालीको चक्र मिलाउन कृषकलाई सुझाव दिदै जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजप्रसाद सापकोटाले भने –‘माटोलाई स्वस्थ राख्न कृषि चुनको प्रयोग बढाउनुपर्छ । त्यसका लागि कृषि चुनमा सरकारले अनुदानको व्यवस्था गर्नुपर्छ ।’ 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै