सामान्य नियम पनि पालना गर्दैन्न चालक

कृष्ण खनाल
बुटवल, २० मंसिर । 
तस्वीरमा देखाइएको ट्राफिक चिन्ह सिद्धार्थ राजमार्ग बुटवल–पाल्पा सडक अन्र्तगत सिद्धबाबा क्षेत्रमा राखिएको सडक  सवारी चिन्ह हो । तस्वीरमा देखाईएजस्तै कुनै पनि सवारीचालकलाई यात्राको लागि सहजता प्रदान गर्न यसरी  सडक क्षेउ–छाउमा विभिन्न संकेत राखिएको हुन्छ ।  तर अधिकांस चालकहरुले सडक छेउछाउमा राखिएका यस्ता चिन्ह पालना नगर्ने गरेको पाइएको छ ।  नेपाल सरकार सडक विभागले प्रत्येक बर्ष पुल, तथा सडकको अवस्था हेरीकन त्यहाँ सडढक चिन्ह राख्ने गर्दछ । तर ति सडक चिन्हरुलाई समान्य रुपमा पालना नगर्दा कतिपय दुर्घटना हुने गरेको पाइएको छ । 
सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल –पाल्पा सडक खण्डमा यस्तासयौ स्थानमा सडक चिन्ह राखिएको छ । आईतबार त्यहि सडक चिन्हको पालना नर्गदा पाल्पाबाट बुटवल तर्फ आउदै गरेको ट्रिप्पर नालिमा खस्यो । बुटवल बाट पाल्पातर्फ जाँदै गरेको ट्रकले सडक छेउमा राखिएको चिन्ह नै ख्यान नगरी हुईक्यो भने पाल्पाबाट बुटवलको लागि हिडेको टिप्परले पनि घुमाउरो घुम्तीमा हर्न नबजाईकन हुईक्यो । जसको कारण टिप्पर एक्कासी ब्रेक हान्दा नालिमा गयो । यो कुनै नौलो घटना होईन । पटक पटक सयौं स्थानमा, सयौं पटक यस्ता स सानो लापरवाहीको कारण सडक दुर्घटना हुने गरेका छन् । 
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलमा सई ज्ञानु पाण्डेका अनुसार समान्य तया सडकमा राखिएका सवारी चिन्हहरुको अधिकतम् पालना गरेर दुर्घटना आधा भन्दा बढि कम हुन्छ । उनी भन्छन्–‘चालकले सडकको छेउमा राखिएको सवारी चिन्हरु पालना गरेर  सवारी चलाउँदा, दुघ्रटना हुने दरमा कमी आउछ ।’

ट्राफिक प्रहरीका अनुसार सडक घुमाउरो, घुम्ती, चिप्लोबाटो, पहिरो झरीरहने स्थान, पुल, साँघुरो बाटो लगायतका स्थानहरुको जानकारीको लागि  सडक चिन्हरु राखिएको हुन्छ । यसको अलवा कति स्पीडमा गाडी गुडाउँदा सन्तुलन हुन्छ, सडकमा वालवालिका वा विद्यालय, अस्पताल  रहेको स्थानलाई समेत चिन्ने गरी सडक सुरक्षा चिन्हरु राखिएका हुन्छन् । 
त्यस्तै यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमती पत्रको लागि लिने लिखित परीक्षामा ट्राफिक चिन्ह र ट्राफिक ऐन तथा चालकले जान्नुपर्ने सवारी ऐनका विषयमा प्रश्नहरु सोधिने गर्दछ । अनुमति पत्र (लाईसेन्स) प्राप्त हुदा चालकलाई ट्राफिक चिन्ह, ऐन, नियम र त्यसको कार्यान्वयन सबै जानकारी हुनुपर्ने हो तर कतिपय सवारी चालकहरुलाई त्यस्ता ऐन नियमको पालना नै नगरी सवारी हुइकाउने गरेको गरेका छन् । बुटवलका सडकमा गुड्ने सवारी साधनले सामान्य नियमको पालना नगरी आवाज जावत गर्ने हुँदा त्यसको बढी असर पैदल यात्रुलाई पर्ने गरेको छ ।  मानिसहरुको बढि भिडभाड हुने क्षेत्रमा सवारी साधनको गति सिमिति २० देखि ४० किलोमिटर प्रतिघण्टा सम्म हुनुपर्ने भए पनि सवारी चालकले ६० भन्दा तीब्र गतिमा सवारी चलाउने गरेका छन् । 
जसले गर्दा दुर्घटना बढ्ने सम्भावना बढेको हुन्छ ।पश्चिम क्षेत्रिय ट्राफिक कार्यालयले ठुलै गल्ती बाहेक अन्य सामान्य नियम पालना नगर्ने चालकहरु प्रति कारबाही नगर्दा दुर्घटनाको समस्या झनै बढेको छ । 
६ लेन सडकमा सवारी कुदाउँदा विशेषगरी गती, ट्राफिक संकेत, अपनाउनुपर्ने सावधानी जस्ता नियमहरुको पालना गर्नुपर्ने भए पनि सवारी चालकहरुले त्यसो गरेका छैनन् । मानिसहरुको बढी भिडभाड हुने क्षेत्रमा ट्राफिक प्रहरीले जेब्रा क्रस (बाटो काट्ने स्थान) राखे पनि चालकहरुले सोही जेब्रा क्रसबाट नै बाटो काटिदिँदा पैदल यात्रीहरुलाई सास्ती भएको छ । 
यस्ता दृश्यहरु राजमार्ग चौडाहा, मिलनचोक, बसपार्क, अस्पतालाईन, ट्राफिक चोकमा सजिलै देख्न सकिन्छ । मानिसहरुको बाटो काट्ने स्थानमा सवारी गुडाउदा दुर्घटनाको सम्भावना झनै बढेको स्थानियहरु समेत बताउछन् ।
स्थानिय बुटवल १३ देविनगरका भिम प्रसादशर्माले पैदल यात्रीह

रुले बाटो काट्ने स्थानको पहिचान भएपनि कार्यान्वयन नहुदा निकै सास्ती बेर्होनु परेको बताए । उनले जेब्रा क्रस बाट बाटो काट्दा सवारीले पछाडि साईरन बजाएर अत्तासिने गरेको बताए ।
बुटवल १३ देविनगरकै मनिसा श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुले जेब्रा क्रसबाट बाटो काट्दा आफु जस्ता कयौ अपाङगता भएका व्यक्तिहरुलाई समस्या भएको बताए । ‘अनेत्रबाट बाटो काट्नै भएन जेब्रा क्रसबाट बाटो काट्दा झनै डर हुन थाल्यो’, उनले भने ।अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा साईरनको प्रयोग गर्दा विरामीहरुलाई बाधा पुग्ने भन्दै प्रयोगमा निषेध गरेपनि अस्पताल क्षेत्रमा सवारीले चर्को साईरनको प्रयोग पनि गर्दै आइरहेका छन् । प्रहरीले त्यसरी सडक पेटीबाट मोटरसाईकल चलाउनेलाई कारबाही गरेको भएपनि त्यसको प्रभावकारी भने हुन सकेको छैन । प्रहरीले दुर्घटना कम गर्ने उद्देश्यले राजमार्ग चौडाहा, पश्चिमाञ्चल फाइनास्स, मिलनचोक, बसपार्क, चादबारी चोक, अस्पताल लाईन, ट्राफिक चोक, देविनगर चोकहरुमा साना प्रतिक्षालय राखेको भएपनि त्यसको अर्थ कसैले नबुझ्दा नियमको पालना हुन सकेको छैन् । प्रहरीले अहिले बाटो काट्दा साईड लाईटको प्रयोग नगर्ने, जथाभाबी पार्किङ गर्ने सवारी चालकलाई प्रशिक्षण समेत दिन थालेको छ ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै