कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

बुटवल संवाददाता/ बुटवल, ७ पुस ।
यस क्षेत्रमा सामुदायिक विद्यलय तर्फ नमुना विद्यालयको रुपमा रहेको बुटवल–१२ कालिकानगरमा रहेको कालिका उच्च माविले ५४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस–२०७१ मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गालामीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले कालिका उच्च मावि नेपालकै नमुना उच्च मावि बन्नको लागि शुभकामना दिएका छन् । कार्यक्रममा बोल्दै रुपन्देही जिल्लाका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले अहिले कालिका उच्च माविको नतिजा उत्कृष्ठ भएको भन्दै अझै प्रगतीको पथमा लम्कीनको लागि सुझाव दिए । कार्यक्रममा विशिष्ट आतिथीको रुपमा रहेको उच्च माध्यमिक शिक्षा परिषद् बुटवलका प्रमुख सुवास पन्तले उच्च मावि तह कालिका उच्च माविले साुमदायिक विद्यालयमा राम्रो नतिजा ल्याएको भन्दै अझ प्रगतीको कामना व्याक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै प्राचार्य घनश्याम पाठकले अवको केही समयमा विद्यालयमा स्मार्टबोड बाट अध्यायन अध्यापन हुने जानकारी दिएका थिए । उनले केही समयमा कुनै पनि विद्यार्थी विद्यालय आएर हाजिर भए नभएको जानकारी अभिभावको मोवाईलमा सन्देश दिने खालको विशेष सुविधा लागु गर्न लागेको जानकारी गराएका थिए । 
उनले कक्षा कोठामा अहिले प्रोजेक्टरको माध्यमबाट अध्यापन हुदै आएकोमा यसको संख्या वृद्धि गरिने, थप आम्दानीको स्रोत वृद्धि गर्नको लागि व्यसायीक भवनको तला थप्ने, विद्यालयको निश्चित स्थानमा सिसीटी जडान गर्ने जस्ता दर्जना बढि विद्यालय स्तरउन्नतीका योजना अगाडी बढाएका बताएका थिए ।
विद्यालयले ‘बर्ष शिक्षक’को रुपमा शिक्षिका राधा पौडेल र शिक्षक ईवराज तिवारीलाई सम्मान गरेको छ । त्यस्तै दिर्घ सेवा पदकबाट २० बर्ष विद्यायमा अध्यापन गराएका शिक्षक गिरिराज ज्ञवालीलाई सम्मान गरेको छ । त्यस्तै विषयमा सम्पूर्ण विद्यार्थीहरु उर्तीण गराई सत प्रतिशत नतिजा ल्याउन सफल भएकोमा शिक्षकहरु प्राचार्य घनश्याम पाठक, सुर्दशन रेग्मी, युवराज कँण्डेल, राजु शर्मा, ईवराज तिवारी, शेखर पौडेल, विष्णुहरी ज्ञवाली, दिनेश थापा, शेरचन्द्र तिवारीलाई समेत सम्मान गरेको छ । 

त्यस्तै कम विदा लिएर विद्यालयमा सेवारत शिक्षक लोकराज घिमिरे, उत्कृष्ठ कर्मचारी चित्र बहादुर बुढाथोकी, बसन्त परियारलाई समेत सम्मान गरेको छ ।
विद्यालयका शिक्षक विष्णुहरी ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा बुटवल नगरका पुर्व मेयरर भोज प्रसाद श्रेष्ठ, विद्यार्थी आस्था लोहनी, बुटवल कालिका क्याम्पसका सदस्य सरद वली, विद्यालय व्यवस्थापन समितिका सदस्य जुद्ध बहादुर विक, केरवानी उमाविका प्रचार्य मित्रलाल न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
बुटवल टुडेकर्मी पुरस्कृत
पत्रकारिताको माध्यमबाट रुपन्देहीको शैक्षिक जगतमा योगदान दिएको भन्दै बुटवल टुडे दैनिक बुटवलमा कार्यरत संवाददाता कृष्ण खनाल र न्युज २४ टेलिभिजन संवाददाता कपिल ज्ञवाली सम्मानीत भएका छन् । बुटवल १२ कालिकानगरमा रहेको कालिका उच्च माविले पत्रकार पत्रकारद्वयलाई नगद ३÷३ हजार सहित सम्मान पत्रले सम्मान गरेको हो । ‘स्वर्ण महोत्सव पत्रकारिता अक्षयकोष’ बाट स्थापना गरिएको शैक्षित्र पत्रकारीता पुरस्कार २०७१ बाट उनीलाई सम्मान गरिएको हो । सोमबार विद्यालयको ५४ औ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम गलामी, प्राचार्य घनश्याम पाठकले सम्मान गरेका हुन ।


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती