एक कृषी प्रविधिक ८ हजार कृषक परिवार निर्भर

कृष्ण खनाल
बुटवल, ४ मंसिर  । 
राष्ट्रिय  जनगणना २०६८ अनुसार रुपन्देहीको कुल जनसंख्या ८ लाख ८० हजार १ सय ९६ रहेको छ । महिलाको संख्या ४४ लाख ८ हजार ३ र पुरुषको संख्या ४३ लखा २ हजार १ सय ९३ जना रहेको छ  ।
रुपन्देही जिल्लामा कृषि पेसामा लागेका मानिसहरुको संख्या ५ लाख ५९ हजार ४ सय १४ रहेको छ ।
  तर रुपन्देही जिल्लामा कृर्षी प्राविधिकहरुको संख्या भने सक्रिय ग्र्रामिण कृषि कार्यकर्ता सख्या ४० जना र निस्कृय ग्रामिण कृषि कार्यकर्ताको संख्या २० जना रहेको छ । सोही अनुपातमा हेर्ने हो भने रुपन्देही जिल्लामा एक जना कृषि प्राविधिकले ८ हजार १३ जना कृषकलाई हेर्नु पर्ने बाध्यता रहेको छ  ।
धान उत्पादन र  गहुको विउमा विस्तारै आत्मनिर्भर बन्दै गएको रुपन्देही जिल्लामा कृषी प्राविधिकको अभाव भएको  महसुस गरिएको छ ।
जिल्ला कृर्षी विकास कार्यालय रुन्देहीका अनुसार जिल्लामा धकधई, पर्राेहा, भगवानपुर, मझगाँवामा ४ वटा कृषि सेवा केन्द्र रहेका छन् ।  त्यस्तै देवदह, करहिया, सुर्यपुरा, रायपुर, गजेडी, बसन्तपुर, मानपकडीमा ७ वटा कृषि सम्पर्क केन्द्रहरु रहेका छन् ।
जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार ४ जना प्राविधिक पद रिक्त छ  भने प्रशासनिक पदमा ३ जनाको पद रित्त रहेको छ ।
जिल्ला कृषी विकास कार्यालय रुपन्देहीका प्रमुख तथा बरिष्ठ कृषी अधिकृत कृष्ण भद्र अधिकारीले केही समय पहिला सार्वजनिक सुनुवाई कार्यक्रममा विवरण प्रस्तुत गर्दैै प्रविधिक तर्फ बागबानी बिकास अधिकृत १ जना, योजना अधिकृत १ जना, नायब प्राविधिक सहायक १ जना र प्राविधिक साहायक १ जना को पद रिक्त भएको जानकारी दिएका थिए । त्यस्तै प्रशासनिक कार्य क्षेत्र तर्फ कार्यालय सहयोगी ३ जनाको पद रिक्त रहेको बताएका थिए । जसको केही पदमा अहिले पद पुर्ती भएको छ  ।  प्रशासनिक पदका एक जना नायव सुब्बा जनताको तटबन्ध कार्यक्रम बुटवलमा काजमा खटिएका छन् । प्राविधिक सहायक १ जना केयुविकेमा कागमा खटिएका छन् । गत आर्थिक बर्षमा जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको कार्यक्रम बजेट २ करोड ६३ लाख ५५ हजार रुपैया बजेट विनियोजना भएको थियो भने यस बर्ष ७७ प्रतिशतले वृद्धि भई ४ करोड ६६ लाख ४७ हजार ५ सय रुपैया विनियोजना गरेको छ । बजेटको आकर वृद्धि भएपनि कृषी प्राविधिकहरुको अभावको कारणले किसानले उचित समयमा सेवा पाउनेमा आंशका गरेका छन् ।  जिल्लामा अहिले सरदर पारिवारिक आकार  १ परिवारमा ६ जना रहेको तथ्यांक रहेको छ भने प्रति बर्ग कि.मि.५ सय २१ जना मानिस बसोबास गर्दै आएका छन् ।
रुपन्देही जिल्लाको कुल क्षेत्रफल १ लाख ४१ हजार ३ सय ६७ हेक्टर रहेको छ भने  खेती योग्य जमिन ५८.४५ प्रतिशत अर्थात ८२ हजार ६ सय २२ हेक्टर क्षेत्रफल रहेको छ । जिल्लाको कुल सिंचित क्षेत्रफल ७०.१८ प्रतिशत अर्थात ५७ हजार ९ सय ८९ हेक्टर रहेको छ ।
वाह्रै महिना सिंचित क्षेत्रफल  १२.५० प्रतिशत  अर्थात १० हजार ३ सय २२ हेक्टर र मौसमी सिचित क्षेत्रफल ५७.७० प्रतिशत अर्थात ४७ हजार ६ सय ६७ हेक्टर रहेको छ ।
जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका प्रमुख तथा बरिष्ठ कृषी विकास अधिकृत कृष्णभद्र अधिकारीले कृषी प्राविधिकको अभाव केही समस्या भएपनि आगामी दिनमा  जिल्लाबो कृषीमा बजेट बढेकाले कृषकहरु बढि मात्रामा सचेतभई परामर्स लिनुपर्ने बताउछन् ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै