सुकुम्बासी आयोगमा आवेदन,अधिकांसले भर्न नपाएको गुनासो

कृष्ण खनाल
बुटवल, ३ मंसिर  ।

विगत ११ बर्ष देखि बुटवल –१3नागरिकता बनाउनको लागि रुपन्देहीको खैरनीमा गएकी उनलाई त्यहाका गाविस सचिवले‘यो समय नागरिकता बनाउने होईन, फारम भर्ने हो।’ भन्दै फिर्ता पठाए । ५ दिन सम्म धाउदा समेत नागरिकता बनाउन नपाएछि सन्तकुमारीले फारम भर्न पाईन्न ।

आईतबार बुद्धनगर बस्तीमा भेटिएकी सन्तकुमारीका श्रीमान् केही समय पहिला वितेका थिए । बसाई सराईको कागज, मृत्यु दर्ताको कागज को प्रक्रिया लामो भएको कारणले सन्तकुमारीको परिवारले फारम भर्न पाएन । उनी  जस्तै बुटवल–१३ बुद्धनगर बस्तीका राम बहादुर कुमालले  पनि फारम भरे पनि फारम सम्बन्धीत आयोगमा पुग्नेमा आशंका व्यक्त गरे ।
आईतबार बुद्धनगर बस्तीमा  भेटिएका राम बहादुर कुमालले भन्दै थिए –‘फारम भरे पनि आश छैन, वडा कार्यालयबाट फामर गएको छैन भन्छन कुन्नी  ।’ त्यस्तै  सोही बस्तीकी बुद्धमाया आले ले लामो समय देखि बस्तीमा बस्दै आएकोमा यस पटक लाल पुर्जा पाउनेमा आशा पलाएको बताईन् । करिव २ वर्ष पहिला पनि लाल पुर्जाको   लागि फारम भरेकोमा नपाएको भन्दै उनले भनिन्–‘यस पटक पनि पाईएला भन्ने आशा छैन ।’
उता, प्रगतीनगर बस्ती विकास तथा प्रबन्ध समितिका अध्यक्ष मनोज रानाले सो बस्तीबाट करिव ८ देखि ९ सय  जनाले फारम भरेको बताए । उनले वडा उनले वडा कार्यालयबाट फारम भर्ने गरेको बताउने उनले अझै  ३० देखि ३५ प्रतिशत  मानिसहरुले फारम भर्न बाँकीरहेको बताए । उनका अनुसार बुटवल–१३ बटा करिव ३ हजार देखि ३५ सय जना मानिसले फारम भर्न बाँकी रहेका छन् । अध्यक्ष  रानाले भने–‘अझै  धेरै साथीहरु छुट्नुभा’छ, समय थप्नु आवश्यक रहेको छ ।’
त्यस्तै बुटवल–१३ कै हात्तीसुणँ विकास समितिका अध्यक्ष प्रेम श्रेष्ठले उक्त बस्तीबाट करिव ३ सय जनाले फारम भरेको र अझै २० देखि २५ प्रतिशत मानिसहरुले फारम भर्न नपाएको जानकारी  गराए । बुटवल टुडे संगको कु्राकानीमा उनले भने–‘अझै धेरै स्थानियहरु छुट्नु भएको छ, समय लम्बाएर अझै फारम भर्न जरुरी रहेको छ ।’
त्यस्तै बुद्धनगर बस्ती विकास समितिका पुर्व अध्यक्ष भिम गुरुङ्गले पछिल्लो समयमा टोल विकास संस्था मार्फत टोलमा काम हुने गरेको जानकारी दिए । उनले उक्त बस्तीबाट अझै धेरै मानिसहरुले लालपुर्जा नपाएको भन्दै केही समय लम्बाएर सबैलाई फारम भर्न पाउनुपर्ने व्यवस्था मिलाउनु पर्ने बताए । उनको बस्तीमा अहिले  करिव ३४ कठ्ठा जग्गा लाल पुर्जा भएको जग्गा रहेको छ भने  ५७ र ५८ नम्मरको जग्गा साहुको जग्गा भएको कारण लालपुर्जा पाउन नपाएको बताए । उक्त बस्तीमा  करिव ४३ कठ्ठा जग्गा जिल्ला विकास समितिको जग्गा रहेको छ ।
तस्वीरः बुटवल–१३ मा रहेको हात्तिसूर्ण बस्तीको एक झलक, तस्वीरःकृष्ण खनाल÷बुटवल टुडे ।  
३ देवीनगरको बुद्धनगर बस्ती विकास समितिमा बस्दै आएकी ४५ बर्षिय सन्तकुमारी सुनारले यस पटब सुकुम्बासी आयोगको फारम भर्न पाईन्न । आफ्नो नाममा नागरिकता नभएकी उनी दृष्टिविहिन महिला हुन ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै