सोह््र छत्तिसको अस्तित्वको लागि कालीगण्डकी डाईर्भस अनिवार्य

कृष्ण खनाल
बुटवल, ५ मंसिर ।
 आज भन्दा करिव १३ बर्ष पहिला रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सुर्यदेव न्यौपानेको खेतमा हिउँदको समयमा पनि छ्यालव्याल पानी आउथ्यो । स्याउला, किला र ढुंगाको बाँध बनाई जनश्रमदानबाट उनीहरुले खेतमा पानी लैजान्थे र सिंचाही गरी प्रसस्त्र मात्रामा तरकारी तथा अन्य खाद्यान्न उत्पादन गर्दथे ।
तर त्यस केही बर्षपछि तिनाउ नदिमा बाँध पनि निर्माण भयो । पक्की बाँधले उपभोक्ता तथा किसानहरुले धेरै राहात दियो । तर पक्की बाँध संगै तिनाउ नदिमा पानीको  सतह सुक्दै जाँदा अहिले त्यहाका स्थानियहरुले हिउँदको समयमा केही महिना सिंचाही गर्न पाउदैनन् । 
वि.स.२०२३ सालमा रुपन्देहीको मर्चवार क्षेत्रमा समेत सिंचाही गर्नको लागि भनेर बनाईएको सोह््र छत्तिस सयुक्त सिंचाही प्रणालीमा अहिले हिउदको समयमा रुपन्देहीको तिलोत्तमा नगरका स्थानियको खेतमा पानी पुग्दैन । कारण पानीको सतह घट्नु हो । स्थानिय उपभोक्ता तथा छत्तिस मौजाका सदस्य लक्ष्मण खनालका अनुसार अहिले उक्त सिंचाही प्रणाली केही व्यवस्थीत भएको भए पनि हिउदामा भने पानी खेत सम्म नपुग्दा समस्या रहेको छ । 
उनी भन्छन्–‘नदिमा पानीको  सतह घट्दै गएको छ जसको कारण अहिले पानी स्थानियको खेतमा नै पुग्दैन ।’ हिउदको करिव २÷३ महिना पानीको सहत घट्ने गरेको कारण सिंचाही प्रभावित हुने स्थानिय तथा सोह् छत्तिस सयुक्त सिंचाही प्राणालीका अध्यक्ष कृष्ण प्रसाद पौडेल बताउदछन । उनले दक्षिण एसियामा नै  जनसहभागीतामा जारी रहेको सबैभन्दा ठुलो सिंचाही प्रणालीको अस्थितत्वको लागि पनि कालीगण्डकीको पानी ड्राईभर्सन गर्न माग गरेका छन् । सिचाईको लािग नदिको मुहान सुम्क्दै जाँदा किसानमात्र  नभई लागि मात्रै नभएर उत्पादनसिलक्षेत्रमा समेत प्रभाव पर्ने भन्दै कालिगण्डकीको  डाईभर्सनको विकल्प नभएको अध्यक्ष पौडेलको भनाई रहेको छ । 
उनका अनुसार कालिगण्डकीको पानीलाई सुरुङ्गबाट तिनाउमा ल्याउन सक्ने हो भने हिउँदमा सुख्खाहुने रुपन्देहीको ठूलो क्षेत्रफलमा सिचाई हुन सक्ने भन्दै त्यसतर्फ सरकार सकारात्मक हुने विश्वास लिए । उनले भने –“यो योजना महत्वकांक्षि देखिएपनि कालिष्ण्डकीको पानीलाई तिनाउमा झार्न
सके बिद्युत उत्पादन, सिचाई, खानेपानी, पर्यटनका हिसावले पनि महत्वपूर्ण हुन सक्छ ।”
सोह्र छत्तिस संयुक्त सिचाई प्रणालीबाट मात्रै जिल्लाको ५ हेक्टर भन्दा बढी जमिनमा सिचाई हुने गर्दछ । पहिलेको अवस्था अनुसार अहिलेको सिजनमा तिनाउ नदिमा ३ सय ५० क्यूसेक पानी
हुनु पर्छ तर अहिलेको अवस्था करिव ९० क्यूसेक मात्रै पानी रहेको पश्चिमाञ्चल सिचाई बिकास डिभिजन नं. ६ का डिभिजन प्रमुख बसन्तराज पाडेलले जानकारी दिए । जसका कारण तिनाउ नदिमा रहेका नहरका पछिल्ला उपभोक्ताले सिचाईका लागि आउने पानी उपभोग गर्न नपाएको गुनासो आउने गरेको बताउँछन । 
सोह्र मौजा सिंचाही प्रणालीका अध्यक्ष यज्ञ गैरेले  विगतका बर्षहरुमा स्थानियको जनश्रमदानमा ६० प्रतिशत भन्दा कम आएको भए पनि अझ बढि मात्रमा स्थानियहर सजग हुने बेला आएको बताए । उनले भने–‘तिनाउको अतिदोहन रोक्नु आवश्यक रहेको छ भने, नदीका मुहानहरुको पनि संरक्षण गर्न जरुरी रहेको छ ।’
 छत्तिस सिंचाही प्राणालीका अध्यक्ष माधव प्रसाद पाठक ले अहिले रहेको पानीको सतहलाई नजोगाउने हो भने विगतमा स्थानियले दुख पाए जस्तो अवस्था आउन सक्ने बताए । सोह्र छत्तिस संयुक्त सिचाई प्रणालीमा कुल ९४ वटा मौजा रहेका छन् । सोह्र मौजा तर्फ ३४ मौजा र छत्तिस मौजा तर्फ ६० मौजा रहेका छन् । 

0000000000000
सोह्छत्तिसको बार्षिक साधारण सभा तथा अधिवेसन
बुटवल, ५ मंसिर । 
सोह् छत्तिस सयुक्त सिंचाही प्रणालीको आठौ बार्षिक साधारण सभा तथा पाचौ अधिवेसन बुटवलमा सम्पन्न भएको छ । अधिवेसनको कांग्रेस नेता तथा पूर्व मन्त्री वालकृष्ण खाँणले उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै नेता खाणले तिनाउमा कालिगण्डकी ड्राईभरसनको विकल्प नभएको बताउँदै आफू सिचाई मन्त्री भएको वेला प्रारम्भिक प्राबिधिक अध्ययन समेत गरेकाले आफू त्यसका लागि सकारात्मक रहेको बताएका थिए । उनले पानी बिना जिवनको अस्थित्व रहन सक्दैन । त्यसैले पनि सिचाई तथा अन्य प्रयोजनका लागि पनि पानीको आवश्यकता पर्ने भएकाले कालिगण्डकी बाहेकबाट पानी ल्याउन सम्भव नभएकाले कालिगण्डकी नै भन्नु परेको बताए ।  कार्यक्रममा पश्चिमाञ्चल सिचाई बिकास डिभिजन नं. ६ का पूर्व डिभिजन प्रमुख बसन्त रायमाझी, प्रणालीका पूर्व अध्यक्ष रोमणीप्रसाद पाठक, सोह्रका अध्यक्ष माधव पाठक, छत्तिसका अध्यक्ष यज्ञ पोखरेल, चार तपाहा सिचाई परियोजनाका वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम बस्याल, राष्ट्रिय जल उपभोक्ता महासंघका पूर्व अध्यक्ष
केशवराज न्यौपाने, संंस्थाका सचिव ध्रुव धिताल, उपभोक्ताहरु सुर्य न्यौपाने, लक्ष्मण खनाल लगायलते तिनाउ सुक्दै जाँदा सिचाईमा समस्या आएको भन्दै तिनाउमा पानीको व्प्यबस्था गर्न माग गर्नुभएको थियो । 
सो अवसरमा सोह्र छत्तिस संयुक्त सिचाई प्रणालीको व्यबस्थापनमा सहयोग गरेको भन्दै पश्चिमाञ्चल सिचाई बिकास डिभिजन नं. ६ का पूर्व डिभिजन प्रमुख बसन्त रायमाझी र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वालकृष्ण पन्थीलाई कदर पत्रले सम्मान गरिएको थियो ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै