मुष्ठीदानबाट गुरुकुल विद्याआश्रम सञ्चालन

कृष्ण खनाल
बुटवल, ७ कार्तिक । 

विगत ७ बर्ष देखि बुटवल–९ दिपनगर र सुख्खानगरका एक टोली प्रत्येक महिना घर घरमा मुष्ठी दान संकलनको लागि आउछन् । उनीहरुले मुष्ठि दानको रुपमा कसैबाट चामल, तरकारी फलफफुल लिन्छन भने  अधिकांसबाट नगद  ५१ रुपैयाँ ।
यसरी प्रत्येक महिना स्थानियको घर घरमा गएर ५१ रुपैया संकलनगर्ने स्थानियहरु बुटवल–९ मा रहेका निलकण्ठ बाबा धामका पदाधिकारीहरु हुन् । उनीहरु मन्दिरको भौतिक संरचना निर्माणको लागि वा मन्दिर सञ्चालनको लागि खर्च नपुगेर यसरी मुष्ठी दान संकलन गर्न हिडेका भने अवश्य होईन्न । उनीहरु हिड्नुको  एक  मात्र कारण हो गुरुकुल विद्याआश्रम सञ्चालनको लागि हो ।   अहिले विभिन्न जिल्लाका ४० जना विद्यार्थीहरुले अध्ययन गरिरहेको गुरुकुलमा  कक्षा ६ देखि १०  सम्म अध्यपन हुदै आएको छ । जसको लागि ७   जना आचार्य  गरेका तथा शिक्षामा मास्टर गरेका र  पिएच्डी गर्न लागेका शिक्षकहरुबाट अध्यापन हुदै आएको छ । 
जसको खर्चको लागि  प्रत्येक महिना निलकण्ठ बाबा धामका पदाधिकारीहरु मुष्ठी दान संकलन गर्न हिड्दछन् । स्थानियहरुले स्वथ स्फुर्त रुपमा यसरी मुष्ठीदान संकलनको लागि आएको टोलीलाई नगद हुनेले नगद र नहुनेले खाद्यान्न, फलफुल तथा अन्य जिन्सी समेत  दिने गरेको निलकण्ठ बाबा धाम सञ्चालन समितिका अध्यक्ष बाबुराम भट्राईले जानकारी  दिए । उनले भने–‘हामी कसै संग पनि जवरजस्ती  चन्दा माग्दैनौ, स्वतस्फुर्तरुपमा स्थानियको  सहयोगबाट नै अहिले सम्म विद्याआश्रम चल्दै आएको छ ।’
वि.स. २०६० साल मसिर १२ गते स्थापना भएको निलकण्ठबाबा धाममाले निकट भविश्यमा कक्षा  १ देखि १० कक्षा सम्म नै अध्यापन गराउने गरि तयारी थालिएको छ ।  वि.स. २०६४ असार २ गते देखि  विद्याआश्रम सञ्चालन हुदै आएको छ । 
अहिले गुरुकुल पद्धतीमा सस्कृती र अन्य अंग्रेजी भाषामा समेत अध्यापन हुदै आएको छ ।  १ विगाह १३ कठ्ठा ३ धुर क्षेत्रफल रहेको  निलकण्ठ बाबा धाममा अहिले विभिन्न प्रकृतीका मन्दिरहरु  संगै गुरुकुल विद्या आश्रम समेत निर्माण भएको छ । अहिले सम्म   ५ वटा  विभिन्न नाममा माहायज्ञहरु  सम्पन्न भईसकेका छन् । बाबाधामले तत्काल कम्पाउट निर्माण गर्ने, निमाणाधिन गुरुकुल भवन पुरा गर्ने, अधुरा अवस्थामा रहेका मन्दिरहरुको निर्माणकार्य पुरा गर्नको लागि महायज्ञ अयोजना गर्दै छ । यसको साथै बहुआयामिक भवन निर्माण गर्ने, धर्माशाला बनाउने, कुटीहरु स्थापना गर्ने,  गौशाला बनाउने, सन्तोषीमाताको भवन निर्माण गर्ने र सरोवरको समेत निर्माण गर्ने लक्ष्य लिएको धामकी प्रमुख संरक्षक देवमायाँ भट्राईले जानकारी दिईन् । 
धामले वि.स.२०६१  शिव मुर्तीको प्रतिष्ठानपन गरी वि.स.२०६२ सालमा शिव पुराण महायज्ञ आयोजना गरेको थियो । त्यस्तै वि.स.२०६३ सालमा श्रीमद् भागवत महापुराण, ६४ सालमा १८ महापुराण एवम् उपरपुरा गरी ३६   पुराण, ६६ सालमा देवी भागवत पाठपुराणा सम्पन्न भईसकेको छ । यसको साथै विश्व शान्ती नेपाल राष्ट्र निकास अखण्ड  रुद्राविशेषक, सतचण्ड, सतीश्रापमोचन ७२  पुुराण महायज्ञ २०७० मा आयोजना गरिएको थियो । सोही लौ पुर्णता दिनको लागि अहिले २०७१ सालमा श्रीमद्देवी भागवत विराट्  ज्ञानमहायज्ञ आयोजना गरिदै छ । 

ढढढढढढढढढढढढढढढढढढढढढढढ
निलकण्ठ बाबा धाममा विराट ज्ञान महायज्ञ हुने
बुटवल, ७ कार्तिक । 
यहि मंसिर ११ गते देखि २० गते सम्म बुटवल–९ दिपनगरमा रहेको निलकण्ठ बाबाधाममा  श्रीमद् भगवत विराट महायज्ञ २०७१  हुने भएको छ । आईतबार धाम संञ्चालन समितिले पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको तयारी तिब्र पारिएको जानकारी दिएको हो । धामका अध्यक्ष बाबुराम भट््राईले  महायज्ञको लाहिने सम्पूर्ण तयारीहरु जारी रहेको जानकारी दिए । महायज्ञमा प्रमुख बाचकोरुपमा आचार्य पण्डित छन्दुराम भण्डारी रहेका छन् ।  विगतका बर्षहरुमा ५ वटा महायज्ञहरु सम्पन्न गरेको बाबा धामले गत बर्ष आयोजना गरिएको विश्व शान्ती नेपाल राष्ट्र निकास अखण्ड  रुद्राविशेषक, सतचण्ड, सतीश्रापमोचन ७२  पुुराण महायज्ञलाई पुरा गर्नको लागि  यस पटक यज्ञ आयोजना  गर्न लागिएको धामकी प्रमुख संरक्षक देवमया भट्राईले जानकारी दिईन् । महायज्ञमा ११ गते विहान  कलश शोभा यात्रा,  सोही दिन दिउसो महायज्ञको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।  त्यस्तै अर्को दिन देखि विहान ७ बजे नित्य पुजा, ८ बजेबाट नित्य पाठपपुरण, ११ बजे देखि दिउसो ४ बजे सम्म नित्य कथाबाचन र ४ः१५ बजेबाट आरती र टिका प्रसाद ग्रहणको कार्यक्रम रहेको छ । त्यस्तै मंसिर २० गते महायज्ञको समापन गरिने कार्यक्रम रहेको प्रसार प्रसार समिति संयोजक कृष्ण प्रसाद ज्ञवालीले जनाकारी दिए । 

बाबाधामका सचिव ितथा यज्ञ मुल सम्पादन समितिका महासचिव भिम प्रसाद भुर्तेलका अनुसार महायज्ञको बाट बचेको रकमबाट बाबाधम परिसरको निर्माण कार्य पुरा गरिने छ ।  महायज्ञमा मा दान गर्ने दानविरहरुलाई उनीहरुले गरेको दान अनुसार सम्मान गर्र्ने कार्यक्रम रहेको छ । ११ दिनसम्म चल्ने ज्ञान महायज्ञमा शिव महापुराण,विष्णु महापुराण,अग्नी महापुराण र गणेश महापुसराणको नित्य पाठपारायणका साथै २४ सैं घण्टा अखण्ड रुद्राभिषेक,अष्टलक्ष्मी पूजा, अन्नपूर्ण पूजा गरिनेछ  । त्यस्तै ज्ञान महायज्ञमा दशमीदेवी पूजा, सतीश्रापमोचन पूजा, दैनिक लघुरुद्री पाठपारायण,नित्य चण्डीपाठ, चारै वेदको पाठपारायणलगायत वैदिक कर्महरु  गरिने छ । 
वैदिक सनातन धर्म सम्बन्धी जानकारी तथा प्रचार प्रसार गर्ने उद्वेयले आयोजित ज्ञान महायज्ञमा दिनको तीन पटकसम्म आरती पूजा गरिने छ   ।  करिव  २० देखि २५ लाख खर्च हुने आयोजकले जनाएका छन् । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै