क्षेत्रीय तालिम केन्द्र बनाउन दृष्टिविहिनको अभियान

कृष्ण खनाल
बुटवल, १५ कार्तिक ।
 अपाङ्गता भएका  व्याक्तिहरुलाई तालिम प्रदान गर्नको लागि रुपन्देही नेत्रहिन संघको पहलमा  निर्माणधिन तालिम केन्द्र भवनको लागि देउसी भैलो कार्यक्रम गरिएको छ ।
 बुटवल १४ तामनगरमा निर्माणधिन अवस्थामा रहेको उक्त भवनलाई निकट भविश्यमा नै पश्चिमाञ्चल स्तरिय अपाङ्गता भएका व्याक्तिहरुलाई स्वरोजजगार प्रदान गर्ने  प्रकारको तालिम केन्द्र निर्माण गर्नको लागि पछिल्लो समयमा दृष्टिविहिन व्याक्तिहरु नै  लागेका छन् ।  करिव ६० लाख रुपैयामा ४ वटा कोठा, एउटा स्तरिय तालिम हल कम्पाउण्ड सहितको भवन निर्माण गर्न लागिएको हो ।  

केही समय पहिला अपाङ्गता भएका व्याक्तिहरुले ‘एक अपाङ्गता भएका व्याक्ति, एक ईंटा’ अभियान चलाएका थिए । यसरी एक व्याक्ति एक ईंटा अभियान अन्र्तगत चन्दा संकलन गरेर भवन निर्माण कार्य सुरु गरिएको थियो । अहिले उक्त भवनको ४ वटा कोठाको तला ढलान कार्य सम्पन्न भईसकेको छ ।अहिले सम्म करिव २० लाख रुपैया खर्च भईसकेको उक्त भवन निर्माण पुरा गर्नको लागि अझै थुपै रकम अभाव रहेको नेपाल नेत्रहिन संघ रुपन्देहीका लेखा अधिकृत कृष्ण जिसीले जानकारी दिए ।  

उनका अनुसार प्रत्येक बर्ष नगरपालिका र जिल्ला विकास समितिबाट विनियोजना हुने बजेटको केही अंसबाट भवन निर्माण कार्य भईरहेको छ । प्रत्येक बर्ष बुटवल नगरापलिकाले ३ लाख रुपैया र  जिल्ला विकास समितिले २ लाख ५० हजार रुपैयाँ विनियोजन गर्ने गरेको छ । 
यस बर्षको दिपवालीमा देउसी भैलो कार्यक्रमबाट दृष्टिविहिनहरुले २ लाख भन्दा बढि रकम संकलन गरेका छन् । कोही कोही दानविरहरुले १० हजार भन्दा बढि रकम समेत सहयोग गरेको रुपन्देही नेत्रहिन संघले जानएको छ । 
अझै एकादसीको दिन पनि देउसी भैलो खेल्ने र यसबाट करिव ५० हजार रुपैया जम्मा गर्ने योजना नेत्रहिन संघको रहेको छ । 
भवन निर्माणको लागि केही कोठाहरु अहिले पनि फिनिसिङ्गको काम बाँकी रहेको छ भने भवन निर्माण समितिले ऋण लिएर भवन निर्माण गरिरहेको छ । रुपन्देही नेत्रहिन संघका लेखा समिति संयोजक कृष्ण  जिसीले भने–‘ रकम अभावको कारण अहिले भवनको छेउमा    सभाहल निर्माण कार्य रोकिएको छ, केही समयमा नै रकम आएमा निर्माण कार्य सुरु हुनेछ ।’
वि.स.२०५४ सालमा स्थापना भएको रुपन्देही नेत्रहिन संघको विधिवत रुपमा वि.स.२०६४ सालमा  जिल्ला  प्रशासन कार्यालय रुपन्देहीमा दर्ता  गरेको थियो । 
बुटवल–१४ तामनगरमा करिव ३ कठ्ठा क्षेत्रफलमा अहिले रुपन्देही नेत्रहिन संघको भवन निर्माणधिन अवस्थामा छ ।  ४ वटा कोठा र एउटा तालिम  हलको समेत निर्माण गरिने उदेश्य लिइएको उक्त भवनको अहिले सम्म ढलान कार्य मात्र पुरा भएको छ । 
रुपन्देही जिल्लामा अहिले ५ हजार ९ सय ९१ जना  अपाङ्गता भएका व्याक्तिहरु रहेका छन । उनीहरुबाट एक व्याक्ति एक र्इंटा बराबरको सहयोग  जुटाउने अभियान रहेको छ । रुपन्देही नेत्रहिन संघ मा ९५ जना दृष्टिविहिनहरु आवद्ध भएका छन . पन्देही जिल्लामा अपाङ्गता भएका व्याक्तिहरुको यथार्थ तथ्यांक नभएपनि  आर्थिक बर्ष वि.स. २०६७÷०६८ मा अपाङ्गता जिल्ला संमन्वय समितिले रुपन्देही जिल्लामा  ५ हजार ७ सय ५२ जना अपाङ्गता भएका व्याक्तिहरु भएको तथ्यांक सार्वजनिक गरिएको थियो । 
रुपन्देहीमा रुपन्देही नेत्रहिन  संघ र नेत्रहिन पुर्नस्थापना कार्यक्रमले रुपन्देहीले संकलन गरेको तथ्यांक अनुसार १० हजार ४८  जना दृष्टिविहिन तथा अल्प दृष्टिविहिन रहेको पाइएको छ । जिल्लामा २ हजार १ सय १ जना निको नै नहुने खालको दृष्टिविहिन रहेका छन् । जुन पुर्ण रुपमा सेतो छडी प्रयोग कर्ताहरु हुन । उनीहरु सबैको ‘ख’ बर्गको निलो  परिचयन पत्र रहेको छ ।
  उनीहरुले अवको आर्थिक बर्ष देखि नेपाल सरकारले उपलब्ध गराउने मासिक ३ सय रुपैया भत्ता स्वरुप पाउनेछन् ।  रुपन्देहीमा  निको नै नहुने दृष्टिविहिनहरुमा १ सय १ सय ३३ जना महिला दृष्टिविहिनहरु रहेका छन् । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै