नगरभित्रै दजनौं असफल योजनाका चाङ

कृष्ण खनाल
बुटवल, १४ कार्तिक । 
–पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल र यस आसपासमा छाडा चौपायाको कारण गत बर्ष मात्र ८ वटा दुर्घटना भए । जुन दुर्घटनाबाट कुनै मानविय क्षती नभएपनि ४ वटा छाडा चौपाया मरे भने सवारी साधानमा सवार १० भन्दा बढि मानिस घाईते भए  । 
–नेपाल सरकार संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयको केन्द्रीय टोलि नवलपरासीबाट २०७०÷७÷४ गते बुटवल नगरपालिकामा छड्के अनुगमनको आउँदा अगाडी  छाडा चौपायाको कारण बाटो अवरोध भएर केही समय विच बाटोमा नै रोकिनु प¥यो । अनुगमन पश्चात  क्षेत्रीय संयोजक शिव ब रामाझिले निर्देशन दिदै भने–‘नगरपालिकाले छाडा चौपायहरुको व्यवस्थापन गर्न तुरुन्त छाडा चौपाया नियन्त्रण प्रक्रिया अगाडी बढाउनु ।’
त्यपछि बुटवल नगरपालिकाले बुटवल–१२ रामनगरमा रहेको बुटवल मण्डपमा अस्थयी प्रकृतीको कान्जीहाउस निर्माण गरी छाडा चौपाया नियन्त्रणको प्रयास गरेको थियो । तर समस्या ज्युँका त्युँ छ । 
छाडा चौपाया नियन्त्रणको लागि बुटवल नगरपालिकाले अहिले सम्मलाखौ रुपैंया खर्च गरेको छ  । तर छाडा चौपाया नियन्त्रणको लागि बनाईएको भनिएको कान्जी हाउसको अहिले सम्म नाम निसान छैन ।  
एक बर्ष पहिला नगरपलिकको करिव २ लाखको लागतमा बुटवल –१२ रामनगरमा रहेको ‘बुटवल मण्डप’ मा अस्थायी प्रकृतिको कान्जी हाउस निर्माण गरेर छाडा चौपाया नियन्त्रण गर्ने प्रयाश गरेको भएपनि कान्जी हाउस नै भत्काएर चौपायाहरु भागेका थिए । 

त्यस पछि बुटवल–४ जितगढीमा करिब २ लाख ५० हजार रुपियाँको लागतमा स्थाथी कान्जी  हाउस निर्माण गरिएको थियो । जसको पनि अहिले अत्तो पत्तो छैन । आर्थिक बर्ष ०७१÷०७२ मा पनि बुटवल नगरपालिकाले तीन लाख भन्दा बढि रकम छाडा चौपायाँ नियन्त्रण तथा कान्जी हाउस व्यवस्थापनका लागि छुटाएको छ । 
बुटवल नगरापलिकाले ‘पैसा खन्याएको’ यो असफल योजना एउटा नमुना मात्र हो । नगरभित्र यस्ता योजनाहरु एक दर्जन भन्दा बढि छन् । 
समयमै निर्माण पुरा नभएका योजनाहरु अहिले अलपत्र अवस्थामा छन् भने कुनै कुनै  योजना बजेटको अभाव देखाउँदै सुरु नै गरिएको छैन । 
बुटवलको  वडा नम्बर ९ र १० मा  वि.स. २०६३ मा गाडिएका बोरिङ्गबाट पानी एक थोपा पनि नआएपछि उक्त योजना असफल भएको छ । 
नगरपालिकाका लागतमा विभिन्न ४ स्थानमा ४ वटा बोरिङ्गहरु गडिएको भएपनि पनि ति बोरिङ्गबाट एक थोपा पनि पानि चुहिएन । नगरपालिकाको  लाखौं  रुपैया त्यतिकै खेरा गयो । 
अर्को असफल ओजना हो  पाल्पाको झुम्सा खोलाबाट बुटवलमा पानी ल्याउने योजना  बुटवलमा खानेपानीको समस्या समाधानको लागि भनेर सुरु गरिएको  पाल्पाको सिस्ने खोला खानेपानी योजना बुटवल वासीहरुको ‘आश मात्रै’ को योजना बन्न पुगेको छ । 

बुटवलमा माग अनुसारको खानेपानी आपुर्ती गर्नको लागि भनेर करिव १६ बर्ष पहिला सुरु गरिएको उक्त योजनाबाट बुटवल वासीहरुले खानेपानीको समस्या समाधानको आशगरेका थिए ।
वि.स. २०५३ सालमा सुरु गरिएको ४ करोड रुपैया“ लागतको ‘सिस्ने खोला खानेपानी योजना’ त्यतिकै विलाएर गयो । सिस्नेखोला खानेपानी योजना  खानेपानी योजना अलपत्र परेपछि ‘बुटवल खानेपानी तथा सुदृढीकरण’ नाम दिएर काम सुरु गरिएको  अर्को ‘झुम्सा खोला खानेपानी योजना’ पनि अहिलेसम्म पुरा हुन सकेको छैन ।

 १९ करोड ५६ लाख रुपैया“ लागत रहेको सो आयोजना २०६८ सालको असारभीत्र सक्ने लक्ष्य लिईएको उक्त योजना २०६९ साल सम्म पनि पुरा हुनुको त कुरा पुरै जाओस योजनाको २० प्रतिशत पनि कार्य भएको छैन । नेपाल सरकार र संस्थानको आन्तरिक स्रोतबाट १९ करोड ५६ लाखको लागतमा सुरु भएको खानेपानी योजना अहिले सम्म पुरा हुन सकेको छैन ।

बुटवलमा दैनिक ८० लाखदेखि एक करोड लिटर पानी ल्याउन सकिने भनेर सुरु गरिएको यो योजनाको लागि केहि Ôेत्रमा पाइप बिछयाउने काम वाहेक अन्य कुनै पनि काम पुरा हुन सकेको छैन । खानेपानीको ट्यांकी निर्माण गर्ने, बा“ध बा“ध्ने लगायतका अहिले पनि अपुरा रहेका छन् ।

उता, नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवलका  सहायक प्रमुख अजय कुमार शाहले खानेपानीको मुहान झुम्सा देखि झुम्सा पुल सम्म करिव ८ किलोमिटर ७ सेन्टीमिटर पाईप विछ्याउने काम सम्पन्न भएको र अव झुम्सा पुल देखि दोभान सम्म १ किलोमिटर ७० मिटर पाईप विच्छ्याउनको लागि बुटवलमा पाई आईसकेको र छिट्टै नैै काम सुरु हुने जानकारी दिए । उनले भने–‘दोभान सम्मको लागि पाईप आएको छ छिट्टै नै विच्छाउनेकाम सुरु हुन्छ ।’ उनले योजना समयमै पुरा नहुनुको कारण नेताहरुको राजनीति भएको समेत जानकारी दिए  । उनले भने–‘नेताहरुले आश्वासन मात्र दिए तर योजना बजेट अभावको कारणपुरा हुन सकेन । यसको निर्माणका लागि तदारुपताको साथ काम समेत हुन सकेको छैन ।’  बा“की रहेको स्थानहरुमा पाईपलाईन विस्तारका लागि  आएको पाईप अहिले बुटवल १२ रामनगरमा रहेको  बुटडल मण्डपमा राखिएको छ । 
  खानेपानी संस्थान बुटवलका अनुसार अहिले बुटवलमा झण्डै दुई करोड लिटर खानेपानीको माग रहेको छ । 
 बुटवलमा तिनाउ नदीबाट दैनिक  ७० लाख लिटर र ११ वटा ट्युबवेल(बोरिङ्ग)बाट ८० लाख लिटर गरी १ करोड ५० लाख लिटर खानेपानी मात्र आपूति र्भएको छ तर बुटवल नगरपालिका तथा खानेपानी संस्थान केन्द्रय  कार्यालयका अनुसार झण्डै २ लाख ५०  हजार जनसंख्या रहेको बुटवलमा अहिले दैनिक ३ करोड लिटर खानेपानीको माग छ । जसमा १ करोड ५० लाख लिटर पानी मात्र संस्थानले उपलब्ध गराएको छ भने १ करोड  ५० लाख लिटर पानी अपुग रहेको छ ।  करिब १३ हजार धाराबाट दैनिक झण्डै १ लाख ४० रुपैया“ महसुल संकलन हुने बुटवल नगरपालिकामा १ सय ३ सार्वजनिक धारा वितरण  गरिएको भए पनि खानेपानीको समस्या भने गर्मीयाम सुरु भएलगत्तै बढ्ने गरेको छ । 

संस्थानले सिस्ने खोला आयोजना भन्दा झुम्सा खोला खानेपानी  आयोजना ६ करोड रुपैया“ मह“गो रहेको प्राविधिकहरुको भनाईरहेको छ ।  सिस्ने आयोजनामा १३ करोड ३१ लाख लागत लाग्ने अनुमान गरिएकोमा  सिस्नेभन्दा साढे तीन किलोमिटर बढि पाइपलाइन विस्तार गर्नुपर्ने भएकाले सो आयोजना मह“गो पर्न गएको प्रविधिकको भनाई  छ ।

एकातर्फ पहिला स्वीकृत भएको सिस्नेखोला खानेपानीको काम अगाडी बढेको भएपछि पछिल्लो समयमा आएर ‘झुम्सा खोला खानेपानी योजना’ खानेपानीले बुटवल बासिन्दाको खानेपानीकोलागि माग न धान्नेभएको कारण झुम्साखोला खानेपानी योजना सुरुगरिएको  नेपाल खानेपानी संस्थान साखा कार्यालय बुटवलकोे भनाई छ ।

अर्को असफल योजना हो, पशु पधसाला ।  बुटवलको धागो कारखाना नजिक  पा“च वर्Èअघि शुरु भएको ‘अत्याधुनिक पशु वधशाला’ निर्मार्ण कार्य हालसम्म पुरा भएको छैन । आधुनिक र व्यवस्थित ढंगबाट पशुको वधगरी उपभोक्तालाई स्वस्छ मासु उपलब्ध गराउने उद्देश्यका साथ जिल्ला पशु सेवा कार्यालयले उक्त कार्यको थालनी गरेपनि बजेट अभावमा अनिश्चित बनेको छ ।

जिल्ला पशु सेवा कार्यालय रुपन्देहीकोे आथिर्क वर्È ०७१÷०७२ मा वधशाला निमार्ण कार्य सम्पन्न गर्ने योजना रहेको थियो । तर पशुवधशाला भवन निर्माण भएपनि रकम अभाव भएको भन्दै अन्य उपकारण  नहुँदा उक्त योजना पनि अलपत्र योजनाको सूचीमा परेको छ । 
बुटवल १२ रामनगरमा निर्मार्णधिन अवस्थामा रहेको पशु वधशालालाई नेपाल सरकारले अन्तिम पटक भन्दै ५० लाख रुपैया“ छुट्टाएको थियो । 
बुटवल नगर पालिकाले आथिर्क वर्È ०७१÷७२ को बजेटमा अनुसुची १ अन्तर्गत पुर्वधार विकास कार्यक्रमहरु अन्तर्गत लेखा कोड नम्बर ८१०१०१२७ मा पशु वधशाला पुर्वाधार निर्माणका लागि १५ लाख रुपैया“ छट्याएको छ ।
बुटवल नगरपालिकाले आवश्यक भन्दा कम रकम रु.१५ लाख मात्र छुट्याएपछि निर्माण कार्यमा वाधा पुगेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा लक्ष्मणढकालले बताउछन् । 
पशु वधशाला निर्माणका लागि हालसम्म बुटवल नगरपालिकाले जग्गा संरÔणका लागि ६० लाख र पशुपंÔी बजार निर्देशनालयको ९० लाख रुपैया“ खर्च गरिसकेको बुटवल नगरपालिकाले जनाएको छ । बुटवल–१२ रामनगरस्थित बुटवल धागो कारखाना नजिकै औधोगिक व्यवस्थापन लिमिटेडको ३ बिगाहा जग्गामा निमार्ण थालिएको होे । 
नेपाल सरकार र गोरखा कन्ट्रक्सन विच २०६५ फागुनमा भवन निमार्ण सम्झौता भएपनि भवन निर्माण पुरा भएपनि पुर्वाधारको विकास हुन नसकेको छैन । 
शुरुमा पा“च करोडको लगानीमा वधशालाको बृहत योजना तय भएपनि तत्कालका लागि डेढ करोडमा आरम्भ भएको वधशाला निर्माण कार्यमा बुनपाले रु. ६० लाख खर्चेको छ । जुन योजनाको एउटा असफल योजनाको नमुना हो । 
बुटवल–नुवाकोट झुम्सा (शान्ति मार्ग),अन्तराष्ट्रिय सिटि हल, बेलीब्रिज वडा नं १ देखि ५, हिलपार्कमा गणतन्त्र भ्यू टावर, आकाशेपुल निमार्ण अञ्चल अस्पताल अगाडि, स्टेडियमको स्तरबृद्धि फिफा तथा सिदेश्वरी मैदान । सिक्स लेन सडक चौराहादेखि बुटवल धागो कारखानासम्म, गढीकिल्लाको उत्खनन विकास एंव संरÔणका,शान्ती उद्यान निर्मार्ण विभिन्न पार्क र एैतिहासिक थलोको संरÔण लगायत  कार्यहरु पनि अलपत्र परेका छन् । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै