भौतिक पुर्वधार, कर्मचारी अभाव झेल्दै नयाँ नगरपालिका

कृष्ण खनाल
बुटवल, १० मंसिर । 
नवलपरासी जिल्लाको वदर्घघाट नगरपालिकामा अहिले ३ जना सहयाक स्तरको कर्मचारी  र एक कार्याकारी अधिकृत रहेका छन् । यो सानो जनशक्तिले दैनिक ३ सय जना भन्दा बढि जनताको सेवा गर्नुपर्ने बाध्याता रहेको छ । त्यस्तै रुपन्देहीकी नयाँ नगरपालिकाको रुपमा रहेको सैनामैना नगरपालिका साविकको पर्रोहा गाविसको कार्यालयमा रहेको छ । जसमा दैनिक जसो सयौ स्थानियहरुले विभिन्न काम लिएर आउछन् । सानो स्थान, धेरै मानिसहरुको सेवा गर्नुपरेको कारण कर्मचारी वाक्क छ । 
त्यस्तै नयाँ नगरपालिकाकै रुपमा रहेका रुपन्देहीको तित्तलोत्तमा नगरपालिका अहिले एक निजी घरमा भाडामा लिएर काम चलाईरहेको छ ।  यि उदाहरण प्रतिनिधि उदाहरण मात्र हुन । नेपाल सरकारले २०६८ को बजेट  वक्तव्यमा घोषणा भए पनि कार्यान्वयन हुन नसनकेका ४१ नगरपालिकासमेत थपेर कुल ७२ वटा नगरपालिका बैशाख महिनामा  घोषणा गरेको थियो । 

लुम्बिनी अञ्चलको नवलपरासीमा ५, रुपन्देहीमा ४, कपिलवस्तुमा २, पाल्पामा १, अर्घाखाँचीमा १ र गुल्मीमा १ वटा नयाँ नगरपालिका थपेको थियो । नवलपरासीमा सुनवल, कावासोती, गैंडाकोट, देवचुली र  बर्दघाट, रुपन्देहीमा सैनामैना र लुम्बिनी सांस्कृतिक, तिलोत्तमा र देवदह  कपिलवस्तुमा शिवराज र कृष्णनगरनगपालिका, पाल्पामा रामपुर नगरपालिका, गुल्मीमा रेसुङ्गा नगरपालिका र अर्घाखाँचीमा सन्धीखर्क नगरपालिका  थपेको थियो । 

यि नयाँ  थपिएका नगरपालिकाहरुलेले आफ्नो कार्यसुभारम्भ गरेको करिव ७ महिना वित्न लाग्दा समेत अहिले सम्म कुनै पनि नगरपालिकाहरुले कर्मचारी व्यवस्थापनको काम गर्न सकेका छैनन् भने भौतिक पुर्वाधार तर्फ नगरपालिकाको भवन निर्माणको काम अगाडी बढाउन सकेका छैनन् । बर्दघाट नगरपालिका का कार्यकारी अधिकृत गौरव पन्थीले भन्छन्–‘ ३ जना सहायक स्तरका कर्मचारीबाट काम चलाउन परेको छ, दिनभर स्थानियको रिफारिस बाहेक अन्य केही कार्य गर्न सकेको छैन ।’

रुपन्देहीको सैनामैना नगरपालिकाका कार्याकारी अधिकृत सोमनाथ न्यौपानेका अनुसार अहिले नगरपालिकाको भवन कुन स्थानमा निर्माण गर्ने भन्ने विषयमा विवाद रहेको छ । दुधराक्ष गाविस र पर्रोहा गाविस मिलेर बनेको सैनामैना नगरपालिकाको कार्यालय  बुद्धनगरमा निर्माण गर्नुपर्ने  भन्दै नेपाल सरकारले तोकेर आएको छ । तर उक्त स्थानमा जग्गाको अभाव भएको कारण पर्रोहा  वासिहरुले मुर्गियामा र दुधरक्षा  वासीहरुले साविको दुधराक्ष गाविसमा निर्माण गर्नुपर्ने माग गरेका छन  । अधिकृत न्यौपाने भन्छन्– ‘सर्वदलिय संयन्त्रको बैठकबाट  बुद्धनगरमा सार्वजनिक जग्गा नभएको कारण भवन अन्य स्थानमा बनाउनु पर्दछ भन्ने कुरा आएको छ, तर  भवन निर्माणको लागि जग्गा छनोट नै प्रमुख समस्याको रुपमा रहेको छ  ।’ नया नगरपालिका घोषणा भईसकेपछि पनि पुराना दुई गाविसका स्थानिय नेताहरुको  क्षेत्रीयपनका कारण समस्या रहेको उनको  भनाई रहेको छ । 

त्यस्तै सुनवल नगरपालिका कार्यकारी प्रमुख दिपेन्द्र रेग्मीका अनुसार नगरपालिकाको भवन व्यस्थापनको तत्काल समस्या रहेको बताउछन् ।’ उनका अनुसार भवन निर्माणको लागि विभिन्न गाविसहरु गाभिएकाले के कहा बनाउने भन्ने विषयमा पनि विवाद रहेको छ ।  उनले भने–‘ भवन निर्माणको लागि ढेड महिना देखि छलफल गरेका छौ तर  भवन निर्माणको टुंगो छैन । ’
उता, देवदह नगरपालिका  कार्यकारी अधिकृत  गणेस घिमिरे ले कर्मचारीको अभावको कारण  कार्यसम्पादनमा प्रभाव परेको बताए । उनले भने–‘कर्मचारी व्यवस्थापन सबैभन्दा बढि टाउकोदुखाई को विषय बनेको छ ।’  उनको सल्लाह ६, ८ नगरपालिकाहरु मिलेर पदपुर्ती समिति बनाई लोक सेवा आयोगलाई जिम्मा दियो भने सहज हुनेछ । 
सन्धीखर्क नगरपालिका  कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटाले पनि अहिले भवनको व्यवस्थापन लगायत कर्मचारी व्यवस्थापन नहुँदा थप समस्या भएको बताए । उनले फोहरमैला व्यवस्थापनको लागि  डम्पीङ्ग साईड निर्माण र  कर उठाउने मेकानिजम नभएको कारण अफ्ठारो भएको बताए  । 
त्यस्तै तिलोत्तमा नगरपालिका का शाखा अधिकृत मुक्ति प्रसाद पाण्डेले फोहरमैला व्यवस्थापन र  राजश्व उठाउनको लागि समस्या भईरहेकोले यसको लागि  प्रक्रिया  जारी रहेको जानकारी दिए ।

उता, बुटवल नगरपालिकाका कार्यकारी अधिकृत धुब्र बहादर खड्काले नयाँ नगरमा समस्यै समस्या छन,  जनप्रनिधि छौन् जसले भद्रगोल छ , नयाँ  मा  समस्या हुन्छ  भन्ने मानसिकता त्याग्नु बताउछन् उनल भने–‘ नयाँ नगरपालिकामा समस्यै समस्यामा मात्र होईन धेरै अवसरहरु पनि रहेका छन् ।’ उनले संस्कार स्थापीत हुनको लागि केही समय लाग्ने र यसको लागि निश्चित प्रक्रिया पार गनुएपर्ने बताउछन् । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै