पुल निर्माण पछि जिवन परिर्वतनहुने स्थानियको आशा

कृष्ण खनाल
बुटवल, २१ कार्तिक । 
रुपन्देहीको मानपकडी गाविस–७ वेलहवा का ६५ बर्षिय बादल थारु तरकारी खेती गर्छन् । उनको खेतमा तरकारीको राम्रो उत्पादन हुन्छ । तर उत्पादीत तरकारी विक्रिको लागि प्रमुख बजार मानिने बुटवलम आउनको लागि उनले ४ दशक देखि दानब नदिमा जोखिम मोलेर तरकारी पिठुयुमा बोकेर तार्ने गर्दै आएका छन् । 

यति मात्र होईन उनको रहेको वडामा गाविस भवन छैन । वडा नम्बर ४ मा रहेको गाविस भवन आउनको लागि उनी  कि त तामनगर हुदै  बेलबासको पुल तरेर  आउनु पर्दछ भने  कि त दानव नदि तर्नुको विकल्प छैन । 
त्यहि दानव नदिबाट सिंचाही गरेर  कृषकहरुले बर्षेनी लाखौको आम्दानी गर्दै आएका छन् भने  हिउद वा बर्सातमा उत्पादन गरेको तरकारी विक्रिको लागि बाधक त्यै दानव नदि बन्ने गरेको छ  ।
मनपकडी गविस २ र ७ नम्बर वडालाई दानब नदीले विच्छेद गरेका छ  । तर शुक्रबार भौतिक  पुर्वाधार तथा यातायात मन्त्रालयको सहयोगमा पक्की पुल को शिलन्यास भएको छ । पुल निर्माण हुने भएपछि पानकपडी गाविसका २ र ७ का किसानहरुले राहत पाउने आशा पलाएको छ । 

उक्त दानब नदिमा ९ करोड २५ लाख रुपैयाको लागतमा सडक डिभिजन कार्यालय बुटवलको मातहतमा  १ सय २५ मिटर लामो पुल निर्माण हुने डिभजिन सडक कार्यालय बुटवलका प्रमुख दिपक कुमार भट्राई बताउछन् । 
मानपकडी गाविस–६  सेमरीका शिक्षक रामअवतार लोधका अनुसार पक्की पुल निर्माण भएपछि गाविसको वेलहवाका कृषकहरुले उत्पादन गरेको  तरकारीहरु सहज रुमा बुटवलमा लैजान पाउनेछन् भने विद्यार्थीहरुले पनि वारी सेमरीमा आएर अध्ययन गर्न पाउनेछन् । उनका अनुसार वेलहवामा  निमावि अध्ययन गर्ने विद्यार्थीहरु मावि र उच्च मावि अध्यायनको लागि  दानव नदि जोखिम मोलेर तर्नुको विकल्प छैन । 

बार्षिक रुपमा करिव २० लाखको तरकारी उत्पादन गर्ने कृषकहरुले ढुवानी खर्च  जोगिने छ भने तरकारीको भाउ समेत घट्ने अपेक्ष लिइएको छ ।  व्यवसायीक तरकारी खेती गर्ने किसानहरुको लागि पुल निर्माण पछि धेरै राहत मिल्ने आशा गरिएको  छ । त्यो वडाका किसानले काउली, वोडी, टमाटर सिमी लगाएतका तरकारी खेती गर्दै आएका छन् । 

त्स्तै ९ करोड ६० लाख ४६ हजारको लागतमा त्यै दानव नदीमा खडवा बनगाई गाविस ८ मा निर्माण हुने भएपछि त्यो क्षेत्रका विद्यार्थीहरु बढि मात्रामा लाभांवित हुने देखिएको छ । 
भौतिक पुर्वाधार यतायात मन्त्रालयको आयोजनामा निर्माण हुन लागेको पुल अवको ३ बर्षमा पुरा हुने छ । शुक्रवार विद्यार्थीहरुले नेपाल सरकार भौतिक योजना तथा  यातायात मन्त्री विमलेन्द्र निधीलाई गीत मार्फत नै आफ्नो दुखेसो पोखेका थिए । 
प्रावि सम्म खडवा बनगाई गाविसका वडा नम्बर ९, ३, ४ का विद्यार्थीहरुले खोला वारी नै पढ्ने गरेको भएपनि सिसै उच्च मावि पारी रहेको कारण बर्सातमो मौसम होस वा हिउद खोला तरेर जानुको विकल्प छैन । 
 नम्बरका विद्यार्थीहरुले ८, ७, २, १, ६ र २  मात्र हिउद बर्सातमा सबै दिन पढ्न पाउछन् भने खोला वारीका विद्यार्थीहरु ले बर्सातको  मौसममा आधा महिना मात्र अध्यायन गर्न पाउछन् । 
स्थानिय सिसौ उच्च माविका शिक्षिका खिमा थापाका अनुसार पुल नबनेकै कारण आधा विद्यार्थीहरु विद्यालय जान बाट बञ्चित भएको बताउछिन् । 
स्थानिय लाल बहादुर थारुका अनुसार पुल नबनेको कारण विद्यार्थीहरु पर्रोहा, तामनगर वा बुटवल गएर पुन विद्यालय जानु पर्ने बाध्याता रहेको छ । 
(((((((((((((((((((((((
पुल शिलन्यास
बुटवल, २० कार्तिक । 
रुपन्देहीको दानब नदिमा एकै दिन २ स्थानमा पुलको शिलन्यास गरिएको छ । भौतिक योजना तथा यातायात मन्त्री विमलेन्द्र निधीले पुलको शिलन्यास गरेका हुन ।  भौतिक पुर्वधार तथा यातायात मन्त्रालय, सडक विभागको आयोजना अन्र्तगत मानपकडी–९ नैडिहवा र खडबा बनगाईगाई गाविस ८ कोलहवामा पुलको शिलन्यास गरेका हुन । 
मानपकडीमा ९ करोड ३५ लाख ३१ हजार ८ सय ३५  रुपैयाको लागतमा२०७४ सालमा निर्माण पुरा गर्ने गरी निर्माण कार्य सुरु हुने छ । १ सय २५ मिटर लामो पुलमा ४ वटा पिलर हुने छन । जसको लागि ८० लाख रुपैया अग्रीम रुपमा ठेकेदारले लगिसकेको सडक डिभजन कार्यालय बुटवलका प्रमुख दिपक राज भट्राईले जानकारी दिए । 
त्यस्तै ९ करोड ६० लाख ८६ हजार २ सय ५८ रुपैयाको लागतमा सोही दानव नदिमै खडवा बनगाई गाविस–८  कोलहवामा  अर्को पुलको शिलन्यास गरिएको हो । 
१ सय २४  मिटर लामो पुल ३८ महिनामा पुरा हुने छ । 

तस्वीरः जेखिमःपुल नभएको कारण जोखिम मोलेर खोला तर्दै विद्यार्थीहरु । तस्वीरःकृष्ण खनाल÷बुटवल टुडे 









Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै