प्लाटिङ्गको करण घट्यो जिल्लाको उर्वर भुमि, धान उत्पादन ११ प्रतिशत घट्ने संकेत

कृष्ण खनाल
बुटवल, १८ कार्तिक । 
जिल्ला कृÈि विकास  कार्यालयका रुपन्देहीका अनुसार जिल्लाको कुल खेती योग्य जमिन मध्ये ७० हजार ५ सय हेक्टर Ôेत्रफलमा  मात्र खेती हुने गरेको छ  भने ८४ हजार हेक्टर खेतीयोग्य जमिन रहेको छ । 
खेती योग्य विस्तारै अवास क्षेत्रमा परिणत हुदै जाँदा कृषी क्षेत्र सम्बन्धी व्याक्तिहरुले चासो देखाएका छन् ।  जिल्ला स्तरिय कृषक संमन्वय समिति रुपन्देहीका कोषाध्यक्ष जगन्नाथ कुर्मीका अनुसार जिल्लाको मर्चवार बाहेक अहिले सबै क्षेत्रमा उर्वर भुमिहरु धमाधम प्लटिङ्ग भईरहेका छन् । 
केही समय पहिला मन्त्रीपरिष्दीय निर्णयबाट नेपाल भरका जग्गा प्लटिङ्गमा रोक लगाएको छ । तर समयमै मन्त्रीपरिषद्को निर्णय नआएको कारण रुपन्देहीमा उर्वरभुमिहरु धमाधम प्लटिङ्ग भईरहेका छन् । जसको असर  खाद्यान्नमा  उर्वर र धान खेतीको लागि  प्रमुख जिल्लाको रुपमा रहेका रुपन्देहीमा यसको प्रत्यक्ष असर परेको छ । 
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बाली विकास अधिकृत जय बहादुर महत्राका अनुसार प्लटिङ्ग र केही स्थान बाँजो भएको कारण यस बर्ष धान उत्पादन घट्ने भएको छ । 
उनका अनुसार आर्थिक बर्ष ०७०÷०७१ मा रुपन्देही जिल्लमा ७० हजार ५ सय हेक्टर क्षेत्रफलमा  धान खेती भएकोमा ३ लाख ५२ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको थियो । जसबाट प्रति हेक्टर ५ मेट्रिक टन उत्पादन भएको थियो । भने  आर्थिक बर्ष ०७१÷०७२ मा धान खेती भएको क्षेत्रफल ६९ हजार ६  सय हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । त्यसबाट ३ लाख ३२ हजार २ सय मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । जसबाट ४.५०  मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन हुने अनुमान गरिएको छ । 
यो तथ्यांकबाट अघिल्लो आर्थिक बर्षको तुलनामा ११.१४९ प्रतिशत धान कम उत्पादन हुने भएको छ । भने अघिल्लो बर्षको तुलनामा १.२७७ प्रतिशत क्षेत्रफल घटेको छ । 
जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृर्षी अधिकृत कृष्ण भद्र अधिकारीका अनुसार मौसममा आएको परिवर्तनको कारण रुपन्देहीका केही  स्थानमा खेत बाँजो भएको कारण र खेती योग्य जमिन धमाधा प्लाटिङ्ग गरिएको कारण यस बर्ष धान उत्पादनमा कमी आउन सक्ने अनुमान गरिएको जानकारी दिए  । उनले भने–‘खेती योग्य जमिनमा धमाधम घरहरु निर्माण भएका छन्, जसले गर्दा पनि खेती कम हुने भएकोले धान उत्पादन घट्ने अनुमान गरिएको छ ।’
जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका बालि विकास अधिकृत जय बहादुर महत्राले विष्णु पुरा र गजेडी लगायतका केही स्थानमा यस बर्ष समयमै धान खेती हुन नसक्दा बाँजो भएको कारणले पनि यस बर्ष धान खेती घट्ने अनुमान गरिएको बुटवल टुडेलाई  जानकारी दिए । जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका यस बर्ष बर्षे धानको उत्पादन दरमा कम नआए पनि क्षेत्रफलमा कमी आएको कारण उत्पादन  कम भएको हो । 

रुपन्देही जिल्लाका कृÈि तथा वालि विज्ञान अनुसन्धान केन्द्रबाट  सिफारिस गरिएका राधा ४ सा“वा मनसुनी साबित्री राधा १७ सर्जु ५२ सर्जु ३९लगाएतका धान जिल्लाको हावापानी तथा माटो सुहाउदो हुन्छ । यसका साथै अन्य हाईब्रेड जातका धानको उत्पादन पनि राम्रो हुने भएकाले कृÈकहरुको रोजाइमा पर्ने गरेको कार्यालयले जनाएको छ । हाइब्रेड जातमा गोरखनाथ र मयुर तथा भारतसंग सिमाना जोडीएका गाविसहरुमा भारतीय विभिन्न हाइब्रेड जातका धानका विउ समेत रोप्ने गरेको पाइएको छ । 

कृÈि विकास कार्यालय रुपन्देहीको तथ्याङ अनुसार कुल  खेति योग्य जमिनको  ७२ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती  हुने गरेको छ । 

रुपन्देही जिल्लामा कुल कृÈि Ôेत्रको  ४७ हजार  हेक्टर Ôेत्रफलमा सिंचाहीको व्यवस्था राम्रो छ भने भने बाकीँमा आकाशे पानीको भरमा खेती गर्नु पर्छ । रुपन्देही जिल्लामा कुल  सिंचाही योग्य जमिन ६२ हजार ५९ हेक्टर रहेकोमा भुमिगत सिंचाईं प्रणाली अन्र्तगत १० हजार ६ सय २० हेक्टर क्षेत्रफलमा सिंचाईं   हुदैँ आएको छ । जसमा भैलुभुज(भैरहवा–लुम्बिनी भुमिगत जलस्रोत) को कार्याक्षेत्र समेटिएको छैन ।  

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै