पिकिनिक जाने रकम अपाङ्ग आश्रमलाई सहयोग

कृष्ण खनाल
बुटवल, २४ कार्तिक । 
दिपावली सकिएपछि अहिले कतिपय क्लव, समुह वा संघ संस्थाहरुले देउसी भैलोमा संकलन भएको रकमको लेखा–जोखा गरिरहेका छन् भने कुनै संघ–संस्था, समुह वा क्लवहरु पिकनिकको बसमा हुटिङ्ग गर्दै हुईकीने गरेका दृश्यहरु पछिल्लो समयमा बढि मात्राम देखिने गरेको छ । 
कुनै कुनै समुह, संस्था तथा क्लवहरु टुरको प्याकेज बनाएर  डुलिरहेका छन् । तर रुपन्देहीको एक निजी उच्च माविका कक्षा १० का विद्यार्थीहरुले आफुले देउसी भैलो खेलेको रकमबाट जोगाएर अपाङ्गता भएका व्याक्तिहरुलाई सहयोग हस्तान्तरण गरेको छ । 
‘सेवा नै धर्म हो’ भन्ने मुल नाराका साथ शंकरनगरमा रहेको पामिर एकेडमीका कक्षा १० का विद्यार्थीहरुले देउसी भौलोबाट जम्मा भएको रकम नेपाल आपाङ्ग आश्रम बुटवल–१३ देविनगरलाई प्रदान गरेको हो । 
कक्षा १० मा अध्यायन गर्ने विद्यार्थीहरुले विभिन्न नेपाली सास्कृती र परम्पराअनुसार देउसी भैलो खेलेर जम्मा भएको रकम बुटवल–१३ देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रमको भौतिक पुर्वाधार निर्माणको लागि सौचालय बनाउन प्रदान गरेका छन् । 
देउसी भैली जम्मा भएको रकम खर्च कटाएर २५ हजार सोमबार आश्रमका अध्यक्ष डोलबहादुर रामदाम लाई हस्तान्तरण गरेका हुन । बुटवल–१३ देवीनगरमा सोमबार एक कार्यक्रमको आयोजना गरी २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन । 
देउसी भैलो कार्यक्रमकी संयोजक तथा कक्षा १० कि विद्यार्थी शुशिला भुषाल ले साना विद्यार्थीहरुको यो प्रयासबाट अन्य व्याक्तिहरुले पनि सिक्नु पर्ने बताईन् । उनले भनिन्–‘हामी घरमा मेला पर्वको बेलामा पनि आपाङ्ग आश्रमको लागि सहयोग रकम उठाउनको लागि देउसी भैलो खेलका थियौं, जसबाट बचेको रकम आश्रमलाई दिएका हौँ ।’
यसरी साना विद्यार्थीहरुले सानो प्रयासबाट जम्मा भएको रकम अपाङ्गता भएका व्याक्तिहरुको लागि सहयोग गर्न पाउँदा  खुसि लागेको विद्यालयका  प्रीन्सीपल डोलानाथ डुम्रे बताउछन् ।
प्रीन्सीपल डुम्रेले भने–‘एउटा नीजि विद्यालयका विद्यार्थीहरुले देउसी भैलो खेलेर जम्मा भएको  रकम अपाङ्गता भएका व्याक्तिहरुको हितको लागि खर्च गर्ने कार्य उदाहरणीय कार्य हो, आगामी दिनमा पनि हामी सहयोग जारी राख्नेछौ ।’
कार्यक्रम संयोजक रजनी गौतमले शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहकार्यमा उक्त रकम जम्मा गरि आश्रमलाई दिन सफल भएको भन्दै साना विद्यार्थीहरुको सानो प्रयासलाई ठुलो सुम्झीनको लागि आग्रह गरिन् । 
विद्यार्थीहरुले संकलन गरेको  कुल  ४२ हजार ७ सय रुपैयाँबाट १७ हजार ७ सय रकम  साउण्ड स्ष्टम र पोशाकमा खर्च गरेका थिए भने  बाँकी २५ हजार रुपैया आश्रमलाई सहयोग गरेका हुन । 
आश्रमका अध्यक्ष रामदामले अहिले पनि आश्रम विभिन्न सहयोग दाताको भरमा चलिरहेको भन्दै अन्य व्याक्तिहरुले पनि आश्रममलाई सहयोग गर्नको लागि आग्रह गरे । उनले भने–‘अहिले पनि हामी दाताहरुको दानबाट नै सञ्चालन हुदै आएका छौ, यसमा अझै दानविर दाताहरुको सहयोग जरुरी रहेको छ । ’ अध्यक्ष रामदामले आश्रमको भौतिक पुर्वाधार कमजोर रहेको भन्दै यसको लागि थप सहयोग गर्न अन्य दानविर दाताहरुलाई आग्रह गर्दछन् । आश्रममा विभिन्न अपाङ्गता भएका २६ जना व्यायिक्तहरु आश्रीत रहेका छन् । कार्यक्रम शिक्षक रवि काफ्लेको सञ्चालनमा विद्यार्थी कृती चापागाको स्वागत मन्तव्य रहेको थियो । 
तस्वीर संलग्न रहेको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै