नाम मात्रका घुम्ती सौचालय,सार्वजनिक सौचालयको दुर्गती


कृष्ण खनाल 

बुटवल, १६ कार्तिक । 

करिव ३ बर्ष पहिला ११ लाख २५ हजार रुपैयाँ मा बुटवल–४ फुलबारीमा घुम्ती सौचालय राखियो । वि.स. २०६९ असार १४ गते सम्झौता गरी नगरपालिकाको ७ लाख ५० हजार र मणिमुकुन्द सेन उद्यान को ३ लाख ७५ हजार कुल ११ लाख २५ हजार रुपैयाँको लगानीमा ल्याइएको उक्त घुम्ती शौचालय  अहिले नियमित रुपमा प्रयोग हँुदैन । 
उक्त सौचालयलाई अहिले उद्यानको बाँया पट्टीको भागमा त्यतिकै थन्काएर राखिएको छ भने उद्यानमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरु अन्य स्थानमा नै सौचको लागि जाने गर्दछन् । 
विहिवार एक जना आन्तरिक पर्यटकले मणिमुकुन्द सेन उद्यान भित्रको सौचालय फोहर भएको भन्दै सुझाव पेटिकामा ‘तुरुन्त सौचालय सफा गर्नुहुनको लागि अनुरोध छ ।’ भनेर लेखेर राखिदिए । उद्यान भित्र फोहर  सौचालय भएकाले ति आन्तरिक पर्यटकले यस्तो गुनासो सुझाव पेटिकामा  लेखेर राखेका हुन ।  
तर त्यहि उद्यान बाहिर मुल गेटको बायाँ पट्टी सरकारी तथा निजी लगानीमा ल्याएको ‘घुम्ती सौचालयमा भने ताल्चा लागाइएको थियो ।’
मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका व्यवस्थापक विक्रम बस्यालका अनुसार उक्त घुम्ती सौचालय मेला महोत्व हुँदा मात्र प्रयोग हुन्छ । बुटवल टुडे कर्मी संगको कुराकानीमा उनले भने–‘हामीले एक दिनको १ हजार रुपैया लिएर, यस्तै मेला,महोत्सव लाग्दा दिने गरेका छौं तर नियमित रुपमा प्रयोग गरिएको छैन ।’ उनका अनुसार उक्त घुम्ती सौचालय सञ्चालनको  लागि त्यसैमा  ईन्जिन नजोडिएको कारणले ट्याक्टरको सहायताले हिडडुल गराउँदा समेत समस्या परेको  छ । 
 व्यवस्थापक बस्यालले भने–‘बुटवल, भैरहवा, पाल्पा सम्म मेला महोत्सव लाग्दा  यो शौचालय भाडामा दिने गरेका छौं, अहिले भित्र सौचालय छ त्यसैले प्रयोगमा छैन ।’ 
सौचालयमा जम्मा भएको फोहर फाल्नको लागि ट्याक्टरको ईन्जिन आवश्यक रहेको हुँदा पनि फोहर फाल्न  समस्या हुने गरेको  वस्यालको  तर्क रहेको छ ।
उद्यान संरक्षण समितिका अनुसार घुम्ती सौचालय बुटवल–४ फूलबारी अगाडि राख्ने सम्झौता नगरपालिका संग भएको छ । नीलो करलमा रहेको उक्त घुम्ती सौचालयमा एकपटक ३ जना पुरुÈ र ३ जना महिला गरी कुल ६ जनाले एकै पटक शौच गर्न  सक्दछन् । 
यसरी यो सौचालय सञ्चालन गरे बापत उद्यानले  बुटवल नगरपालिकालाई बार्षिक २७ हजार रुपैयाँ रकम बुझाउनुपर्ने सम्झौता रहेको छ । उक्त शौचालयमा १८ सय लिटरको शौच संकलन हुने टंकि र २ हजार लिटर Ôमता भएको पानी टंकी रहेको छ । 
शौचालयमा दैनिक १ सय बढिले शौच गर्ने अपेक्षा समितिले लिएको थियो  तर अहिले उक्त सौचालयमा एक जनाले पनि सौच गर्दैनन् । 
घुम्ती शौचालय नाम मात्रको सौचालय भईरहँदा बुटवलका अधिकांस सार्वजनिक सौचालयको स्थिती विजोग रहेको छ । बुटवल र यस आसपासका विभिन्न क्षेत्रमा रहेका सार्वजनिक सौचालयहरु कतिपय भत्कीएर कामै नलाग्ने भएका छन्  भने केही मात्र सार्वजनिक सौचालयहरु धुकधुकीरुपमा चलेका छन् । 
बुटवलको पुरानो बस पार्कमा रहेको सार्वजनिक सौचालय अहिले  केही व्याक्तिहरुले व्यवसाय  र आवासको लागि प्रयोग गर्ने गरेका छन् । उक्त स्थानमा केही महिना अगाडी सम्म मासुको व्यापार हुन्थ्यो । बुटवल–७ हाटबजार, बुटवल ११ नयाँ बसपार्क र बुटवल १२ राजमार्ग चौराहा रहेका  सौचालयको अवस्था दयनिय छ । दिसा गरेको ५ र पिसाव गरेका ३ रुपैैँया लिएर  सञ्चालन गरिएको भए पनि उक्त सौचालय प्रयोग गर्नमा उपयुक्त छैन्न । पानिको अभाव र सरसफाईको अभावको कारणले गर्दा कुनै समय वाध्याताले सौचालय प्रयोग गर्नुपरेमा उल्टै प्रयोग कर्ता नै विरामी हुनुपर्ने अवस्था आउन सक्छ । 
वडा नं ४ को मैनाबगर, ७ को हाटबजार,  राजमार्ग चौराहा ११ को नया बसपार्क, ९ को दीपनगर, १३ को देविनगर लगायतका स्थानमा गरि १० वटा सार्वजनिक शौचालय रहेपनि ६ वटामात्रै प्रयोगमा रहेका छन् । 
उता, बुटवल नगपालिकाका बरिष्ठ अधिकृत भुवा प्रसाद लुईटेलले बुटवल नगरपालिका खुला दिशास मुक्त अभियानलाई सार्थक बनाउनको लागि अहिले घर घरमा सौचालय निर्माणको अभिायन सञ्चालन गरेको भन्दै थप घुम्ती सौचालयहरु ल्याउने  योजना तत्काल नभएको बताउछन् । बुटवल टुडे संगको कुराकानीमा बरिष्ठ अधिकृत लुईटेलले भने–‘अहिले हामी यस क्षेत्रमा भएका सार्वजनिक सौचालयरु, पुर्न निर्माण तथा नयाँ स्थानमा  निर्माणको लागि प्रक्रिया सुरु गरिसकेका छौं ।’  बुटवल वडा नम्बर ३ मा जिर्ण अवस्थामा रहेको सार्वजनिक सौचालयलाई  पुन निर्माणको कार्य सुरु गरिएको भन्दै बरिष्ठ अधिृत लुईटेलले भने–‘केही समयमा नै त्यो सौचालय सञ्चालन हुन्छ अनि अन्य नयाँ आवश्यक भएको स्थानमा हामीले निर्माणको लागि पहल सुरु गछौं । 
उनले सार्वजनिक , निजी साझेदारी अन्र्तगत सार्वजनिक सौचालय सञ्चालन गर्न सकिनेगरी नगरपालिकाले योजना बनाएको अवको करिव डेढ बर्षमा यि सबै कार्य सम्पन्न भई बुटवल नगरपालिका खुला दिशा मुक्त नगरपालिका घोषाणा हुने बताए । 
तस्वीरः बुटवल ४ फुलबारीमा रहेको  घुम्ती सौचालय(दायाँ) र बुटवल ७ हाटबजारमा रहेको सार्वजनिक सौचालय(दायाँ) । तस्वीरःकृष्ण खनाल÷बुटवल टुडे ।  


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै