रुपन्देहीको कृषकलाई साढे ३ करोड अनुदान

कृष्ण खनाल 
बुटवल, ३० कार्तिक ।

 चालु आर्थिक बर्षमा जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको कुल बजेट ४ करोड ६६ लाख ४७ हजार ५ सय रुपैयाँ रहेको छ । जुन बजेट अघिल्लो आर्थिक बर्षको तुलनामा ७७ प्रतिशतले  बढि हो ।  
अघिल्लो आर्थिक बर्षमा जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको कार्यक्रम बजेट २ करोड ६३ लाख ५५ हजार रुर्पैयाँ थियो । चालु आर्थिक बर्षमा जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले विभिन्न ११ वटा  कार्यक्रमबाट सयौं कृषकहरुलाई अनुदान स्वरुप बजेट ३ करोड ३२ लाख ५४ हजार रुपैया प्रदान गर्ने भएको छ । 
जिल्ला कृषी विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषी विकास अधिकृत कृष्णभद्र अधिकारीका अनुसार चालु आर्थिक बर्षमा विभिन्न ११ वटा कार्यक्रमम मार्फत उक्त कृषकलाई अनुदानको रकम प्रदान गर्न लागिएको हो । अहिले पछिल्लो समयमा माछा पालन गर्ने किसान र च्याउ खेती गर्ने किसानलाई युवा लक्षीत कार्यक्रम अन्र्तगत फारम संकलन कार्य जारी रहेको छ । 
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले आईतबारे आर्थिक बर्ष २०७१÷०७२ मा कृर्षि विकास सम्बन्धीत अनुदान प्रदान गरिने कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो । 
जस अनुसार बाली संरक्षण राष्ट्रिय आई.पि.एम् कार्यक्रम अन्र्तगत किसानहरुले आई.पि.एम्. प्रर्वद्र्धन कार्यक्रम अन्र्तगत कृषक सहजकर्ता , कृषक पाठशाला सञ्चालनको लागि कृषकले अनुदान पाउनेछन् । प्रस्तावनको आधारमा अनुदानको रकम वितरण गरिने जिल्ला कृषि विकास कार्यलयले जनाएको छ । 
जस अन्र्तगत आई.पि.एम कार्यक्रम सञ्चालनको लागि ४ जना कृषकलाई  १ लाख रुपैया अनुदान प्रदान गरिने छ भने २ वटा कृषक सहजकर्ता कृषक पाठशाला सञ्चालनको लागि १ लाख ३४ हजार रुपैया अनुदानको रकम कृषकलाई प्रदान गरिने छ । 

त्यस्तै व्यवसायीक किट विकास कार्यक्रम बाट ४० जना कृषकलाई युवा लक्षित मौरी पालन व्यवसायको लागि ४० जना कृषकहरुलाई ७२ हजार रुपैयाँ नगद अनुदान दिईने छ भने युवा लक्षित कार्उक्रम अन्र्तगत च्याउ खेती तथा व्यवसाय सञ्चालनको लागि ४० जना कृषकलाई १ लाख ६० हजार रुपैया अनुदान स्वरुप प्रदान गरिने छ । 
त्यस्तै, बालीविकास कार्यक्रम अन्र्तगत मसिना तथा बासन्दार धान उत्पादन कार्यक्रमको लागि मसिना तथा ब ासनादार धानको उन्नत विउ  र स्रोत विउ को लागि ७५ प्रतिशत विउमा अनुदान र स्रोत विउमा ५० प्रतिशत अनुदान दिने कृर्षि कार्यालयले जनाएको छ । 
यय कार्यक्रमबाट ३० मेटिक टन उन्नत विउ उत्पदान हुने लक्ष्य कृषी विकास कार्यालले लिएको छ ।  त्यस्तै सोही कार्यक्रमको लागि विउ ढुवानीमा शत प्रतिशत अनुदान दिने र  कुल १२ लाख १० हजार अनुदान स्वरुप कृषकलाई प्रदान गरिने जनाइएको छ । 

त्यस्तै, अभियानमुखि तेलबाली उत्पादन आयोजना कार्यक्रम अन्र्तगत बिउ उत्पादको लागि ५० प्रतिशत अनुदान  अनुदान दिने छ । यसमा १ सय ५० किलो ग्राम विउ उत्पादन , सुपरग्रन ब्याग ८० वटा र त्रिपाल १० वटा ७२ हजार रुपैँया बराबरको सामान कृषकले पाउनेछन् । 
त्यस्तै अभियान मुखी मकै, भटमास उत्पादन कार्यक्रम अन्र्तगत उन्नत बीउ उत्पादनको लागि १३ लाख ५५ हजार रुपैयाँ कृषकले अनुदान स्वरुप पाउनेछन् । जसको लागि अयातित हाईब्र्रीडमा ३३ प्रतिशत र स्वदेशी हाईब्रिड र उन्न्त विउमा ५० प्रतिशत अनुदान पाउने जसबाट २०.५३ मेट्रिक टन विउ उत्पादन हुने अपेक्षा कृषी कार्यालयले लिएको छ । 

त्यस्तै, व्यवसायीक बिज वृद्धि सहयोग तथा सुदृष्ढिकरण कार्यक्रम अन्र्तगत बिज भण्डारण घर निर्माण, सुधार सहयोग , ब्रेसिङ्ग प्लोर निर्माणको लागि ३० लाख ३ हजार अनुदान स्वरुप प्रदान गरिने छ । जसबाट १  वटा बीज भण्डार निर्माण हुनेछ भने एउटा ब्रसिङ्ग फोलर समेत निर्माण हुनेछ । 
त्यस्तै बिउ, आलु आत्मनिर्भर कार्यक्रम अन्र्तगत टि.पि.एस. आलु विउ र बीउ कोष स्थापनाको लागि अनुदान दिने छ । विउमा  ५० प्रतिशत र विउ कोष स्थपानको लागि नगद अनुदानको व्यवस्था गरिएको छ । जसको लागि २ लाख २० हजार रुपैया कृषकले पाउनेछन् यसबाट विउ १ केजी र विउ कोष १ केजी कृषकले उत्पादन गर्नेछन् । 
युवा लक्षित व्यववसायीक तरकारी उत्पादन कार्यक्रम अन्र्तगत व्यवसायीक तरकारी उत्पादनको लागि प्रति युवा लाई ६० हजार रुपैयाका दरले ६० जना युवालाई अनुदान दिईनेछ । जसको लागि जिल्ला कृषि विकास कार्यालयले  ३६ लाख रुपैया विनियोजन गरेको छ । 
एकिकृत बाली तथा जल व्यवस्थापन कार्यक्रम अन्र्तगत मागको आधारमा १४ जना  युवालाई ६० हजार अनुदान स्वरुप उपलब्ध गराईने छ । जसको लागि कार्यालयले  १० लाख ७० हजार रुपैया विनियोजना गरेको छ । सोही कार्यक्रमममा पोखरी निर्माणको लागि १० वटा पोखरी निर्माणमा सहयोग गर्ने  छ । सुपर ग्रेन व्याग  २०० वटामा ५० प्रतिशत अनुदानमा उपलब्ध गराईनेछ । प्रशोसनकर्ता वा समुदायबाट माग भएको प्रशोसन मेसिनरी तथा ठुला मेसिनरी १ वटा लगानी सहयोगको लागि ५ लाख रुपैया,साना फार्म मेसीनरी १२ वटा म्याचिङ्ग ग्रान्टको आधारमा ९ लाख ६० हजार रुपैया कृषकले अनुदान पाउनेछन् । 

मतस्य विकास कार्यक्रम अन्र्तगत नय“ा पोखरी निमार्णको लागि १५ हेक्टर क्षेत्रफलमा १५ लाख ७५ हजार रुपैया अनुदान दिईनेछ भने १÷१ वटा पेलेटिङ्ग र एरिएटर मेसीन  खरिदकोलागि १ लाख ८० हजार कृषकले अनुदान स्वरुप पाउनेछन् । 
विशेष कृषी उत्पादन कार्यक्रम अन्र्तगत ५१ वटा कृषक समुह, सहकराीलाई कृषकस्तरमा प्राङ्गगारिक मल उत्पादनको लागि सहयोग स्वरु १३ लाख १० हजार रुपैया उपलब्ध गराईने जिल्ला कृषी विकास कार्यालयले जनाएको छ । 
सोही कार्यक्रम अन्र्तगत भकारो सुधार कार्यक्रमको लागि १०० वटा भकारो सुधारको लागि ५ लाख २० हजार रुपैया अनुदान स्वरुप  कृषकलाई उपलब्ध गराईने छ । यस्तै प्राविधिक सेवा टेवा तथा प्रविधि विस्तारको  लागि कृषी प्रसार कार्यक्रम अन्र्तगत १ करोड ४५ लाख ६० हजार गरी कुल ३ करोड ३२ लाख ५४ हजार रुपैया कृषी विकास कार्यालय रुपन्देहीले कृषकलाई उपलब्ध गराउने छ । 
जिल्ला कृषी विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषी अधिकृत कृष्णभद्र अधिकारीले मन्त्रालयबाट सबै जिल्लाका कृषी कार्यालयलाई अनुदानको रकम सार्वजनिक गर्र्नु भनेर निर्देशन आएकाले आफुले अनुदानको बजेट सार्वजनिक गरेको जानकारी दिए । 
उनले अहिलेसम्म रुपन्देही जिल्ला कर्यासम्पादनमा पहिलो जिल्ला भएकाले पनि आफुले  नेपालमै पहिलो पटक यसरी कृषकलाई प्रदान गरिने अनुदानको रकम सार्वजनिक गरिएको जानकारी दिए । 
उनले भने–‘हामी कृषकलाई कार्यक्रम हेरेर निर्देशन अनुसार, नगद वा केही प्रतिशत अनुदान दिने छौ, जसबाट कृषकहरुले अधिकतम् लाभ लिनुहुनेछ भन्ने अपेक्षा गरेका छौ ।’

राष्ट्रिय जनगणना २०६८ अनुसार कूल रुपन्देही जिल्लाको कुल  जनसंख्या   ८ लाख ८० हजार १ सय ९६ रहेको छ । जसमा पुरुषको संख्या४३ लाख २ हजार १ सय ९३  र महिलाको ४४ लाख ८ हजार ३  रहेको छ । 
१ लाख ६३ हजार ९ सय १६ घरधुरी रहेको छ भने  जनघनत्व  प्रति बर्ग किलोमिटरमा ५ हजार २ सय १२ जना रहेका छन् । जिल्लामा धकधई, पर्राेहा, भगवानपुर, मझगाँवाका ४ स्थानमा कृषी सेवा केन्द्र रहेको छ भने देवदह, करहिया, सुर्यपुरा, रायपुर, गजेडी,बसन्तपुर, मानपकडी गाविसमा कृषी सम्पर्क केन्द्रहरु रहेका छन् । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै