रुपन्देहीको कृषिमा साढे चार करोड लगानी, गत बर्ष भन्दा ७७ प्रतिशतले वृद्धि

कृष्ण खनाल
बुटवल, १९ कार्तिक ।
 खाद्यान्न उत्पादनमा प्रमुख जिल्लाको रुपमा रहेको रुपन्देहीमा सरकारी स्तरबाट समेत बजेट यथेष्ठ मात्राम बजेट विनियोजना हुने गरेको छ । गत आर्थिक बर्षमा जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको बार्षिक कार्यक्रम बजेट २ करोड ६३ लाख ५५ हजार रुपैयाँ रहेकोमा यस आर्थिक बर्ष ७७ प्रतिशतले वृद्धि भएर ४ करोड ६६ लाख ४७ हजार ५ सय  रुपैया पुगेको जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका प्रमुख तथा बरिष्ठ कृषि विकास अधिकृत कृष्ण भद्र अधिकारीले जानकारी दिए । 
यस बर्ष जिल्ला कृषि विकास कार्यालयले फराकिलो, समाबेशीमूलक कृषि कार्यक्रम संचालन गरी दिगो कृषि उत्पादन तथा उत्पादकत्व अभिबृद्घिको माध्यमले गरिबी निवारण र रोजगारी बृद्घिमा सहयोग पु¥याउने लक्ष्यका साथ मौषमी तथा बेमौषमी तरकारी खोती, खाद्यान्नबाली वीउ उत्पादन, मत्स्य पालन, च्याउ खेती,मौरीपालन, फलफूल खेती (केरा, आप, लिची) खेतीलाई प्रहिलो प्रथमिकतामा राखेको छ ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख तथा बरिष्ठ कृषी अधिकृत कृष्ण भद्रअधिकारीले भने–‘ जिल्ला कृषि बिकास कार्यालय हामीले नियमन सेवा, कृषि प्रसार सेवा, सहयोगात्मक सेवा प्रदान गर्दैै आएका  छौ, जुन यस बर्ष पनि निरन्तता  दिनेछौं  ।’
यस आर्थिक बर्षमा जिल्ला कृषि विकास कार्यालयले निक्षेपित कार्यक्रम अन्र्तगत कृषि प्रसार कार्यक्रम राखेको छ भने केन्द्र स्तरका कार्यक्रम अन्र्तगत सहकारी खेति, साना सिंचाइ तथा मल वीउ ढुवानी कार्यक्रम, सहकारी खेति, साना सिंचाइ तथा मल वीउ ढुवानी कार्यक्रम अगाडी सारेको छ । 
त्यस्तै अभियानमुखि मकै भटमास उत्पादन कार्यक्रम, अभियानमुखि मकै भटमास उत्पादन कार्यक्रम, अभियानमुखि मत्स्य विकास कार्यक्रम, अभियानमुखि मत्स्य विकास कार्यक्रम, अभियानमुखि तेलहनबाली उत्पादन आयोजना, युवा लक्षित व्यवसायिक मौरी तथा च्याउ उत्पादन कार्यक्रम, बाली संरक्षण (राष्ट्रिय आई.पि.एम.) कार्यक्रम, बीउ आलु आत्मनिर्भर कार्यक्रम, मसिना तथा बासनादार धान उत्पादन प्रबद्र्धन कार्यक्रम व्यवसायिक बजिबृद्धि सहयोग तथा सुदृढिकरण आयोजना , कृषि उपज बजार पूर्वाधार तथा बजार सूचना कार्यक्रम समेत सम्पन्न गर्ने लक्ष्य लिएको छ । 
कृषि प्रसार कार्यक्रम  अन्र्तगत १४ लाख ५६ हजार, साना सिचाई तथा सहकारी खेतीमा आधारित साना सिचाई कार्यक्रम  अन्र्तगत ६० लाख २४ हजार , युवा लक्षित ब्यवसायिक तरकारी उत्पादन कार्यक्रम ३८ लाख ४५ हजार, बाली बिकास कार्यक्रम (अभियानमुखी मकै÷भटमास उत्पादन प्रवद्र्धन कार्यक्रम) १५ लाख ४४ हजार रुपैया खर्च हुने भएको छ । 
त्यस्तै मत्स्य बिकास कार्यक्रम अन्र्तगत २० लाख १४ हजार, एकीकृत बाली तथा जल ब्यवस्थापन ३७ लाख ६० हजार रुपैया, बिशेष कृषि उत्पादन कार्यक्रम १८ लाख ४० हजार, बाली संरक्षण कार्यक्रम (राष्ट्रिय आईपीएम कार्यक्रम) अन्र्तगत २ लाख ४३ हजार, बाली विकास कार्यक्रम (मसिना तथा बासनदार धान उत्पादन प्रर्वद्धन कार्यक्रम) अन्र्तगत २३ लाख ३० हजार रुपैया खर्च हुने भएको छ । 
त्यस्तै व्यवसायिक कीट विकास कार्यक्रम (च्याउ, मौरी) ९२ हजार, अभियान तेलहन बाली उत्पादन आयोजना को लागि २लाख  ५१ हजार रुपैयाँ, व्यवसायिक बीजबृद्धि सहयोेग तथा सुदृढिकरण आयोजनाको लागि ३ लाख ३ सय रुपैयाँ, कृषि उपज बजार पूर्वाधार तथा बजार सूचना को लागि २ लाख ४६ हजार २५ रुपैयाँ, बीउ आलु आत्मनिर्भर कार्यक्रम अन्र्तग तगत ३ लाख ६८ हजार रुपैयाँ विनियोजना भएको जिल्ला कृषी विकास कार्यलय रुपन्देहीका प्रमुख  बरिष्ठ कृषि अधिकृत कृष्ण भद्र अधिकारीले जानकारी दिए । 
रुपन्देही जिल्लामा ४ वटा कृषि सेवा केन्द्र रहेका छन् । धकधई, पर्राेहा, भगवानपुर, मझगाँवामा कृषि सेवा रहेका छन् भने ७ वटा कृषि सम्पर्क केन्द्र रहेका छन् । जिल्लाका देवदह, करहिया, सुर्यपुरा, रायपुर, गजेडी, बसन्तपुर, मानपकडी गाविसमा कृषि सम्पर्क केन्द्र रहेका छन् । जिल्लामा  खेति योग्य जमिन ८२ हजार ६ सय २२ हेक्टर क्षेत्रफलरहेको छ भने ८२ हजार ६ सय २२ हेक्टर क्षेत्रफलमा खेती गरिने गरेको छ । 
यस बर्ष कृÈि विकास मन्त्रालयको कूल वजेट रु. २३ अरव २८ करोड ३१ लाख ७८ हजार बजेट विनियोजना गरेको थियो । कूल राष्ट्रिय वजेटमा कृÈि Ôेत्रको हिस्सा ३.७८ प्रतिशत रहेको छ ।  गत आर्थिक बर्षको तुलनामा कूल राष्ट्रि वजेटमा १९.५ प्रतिशतले वृद्धि भएको छ । भने अघिल्लो आर्थिक बर्षको  तुलनामा कृÈि विकास मन्त्रालयको वजे ८.८ ५ प्रतिशतले वृद्धि भएको छ । 
तस्वीरः जिल्लामा उत्पादन भएको उत्पादन केही नमुना खेती ।

तस्वीर सौजन्यः जिल्ला कृषि विकास कार्यालय । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै