च्याउ खेती गर्ने र मौरी पाल्ने युवालाई अनुदान

कृष्ण खनाल
बुटवल, २५ कार्तिक । 

तपाई बेरोजगार वा अर्ध वेरोजगार हुनुहुन्छ  र कृषि क्षेत्रमा नमुना काम गरेर देखाउने आँट छ भने तपाईको लागि  एउटा सुनौलो अवसर रहको छ । 
जिल्ला कृषी विकास कार्यालय रुपन्देहीले अर्ध वेरोजगार र वेरोजगार युवा युवतीहरुको लागि आर्थिक बर्ष २०७१÷०७२को  वार्षिक स्वीकृत कार्यक्रम अनुसार च्याउ खेती र मौरीपालन कार्यक्रमको माध्यमबाट स्वरोजगार प्रवद्र्धन गर्ने कार्यक्रम  अगाडी सारेको छ । १८ देखि ५० वर्ष ननाघेका व्याक्तिहरुबाट आवेदन दिन सकिने जिल्ला कृषी विकास कार्यालय रुपन्देहीका प्रमुख तथा बरिष्ठ कृषी विकास अधिकृत कृष्णभद्र अधिकारीले जानकारी दिए । 

उनका नअुसार अर्ध वेरोजगार, वेरोजगार युवा–युवतीहरुको लागि च्याउ खेती र मौरीपालन गरिने स्थल प्राविधिक, भौगोलिक तथा आर्थिक दृष्टिकोणले उपयुक्त हुनुपर्नेछ । प्रवधान रहेको छ । त्यस्तै ब्यवसाय संचालन गर्ने युवा जुनसुकै जिल्लाको भएता पनि यसै जिल्लामा नै पकेट क्षेत्रको (क्लष्टर) रुपमा च्याउ खेती र मौरीपालन गर्ने गरि प्रस्ताव गरेको हुनुपर्ने छ । 

जिल्ला कृर्षि विकाउ कार्यालयका अनुसार मौरीपालनमा २० जनाले एकैस्थानमा (पकेट क्षेत्र) कम्तीमा ४०० मौरी गोलासहितको घार राख्ने ब्यवस्था गर्नुपर्ने छ र च्याउ खेतीको लागि एकै स्थानमा (पकेट क्षेत्र) कम्तीमा २० जनाले ८० वटा प्लाष्टिक घर निर्माण गरिएको क्षेत्र हुनु पर्नेछ । 
त्यस्तै कूल स्किम लागतको १० प्रतिशत रकम श्रमदान÷जिन्सी वा तीनै थरीलाई लगानीको रुपमा स्वयं युवाले ब्यहोर्नु पर्नेछ  ।  दलित, मुक्त कमैया, सामाजिक रुपमा पिछडिएका तथा बिपन्न युवावर्गको हितलाई बिशेष प्राथमिकता दिने जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ ।  
जिल्ला कृर्षी विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषी विकास अधिकृत कृष्ण भद्र अधिकारीले भने–‘प्रतिकूल वातावरणीय असर न्यून पार्ने किसिमका स्किमहरुलाई प्रोत्साहित गरिनेछ ।’
उक्त अनुदानको लागि  जिल्ला कृषि विकास कार्यालय तथा अन्य सरकारी तथा गैह्र सरकारी निकायका अन्य कार्यक्रमबाट उल्लेख्य सहयोग नलिएको क्लष्टर छनौट गरिनेछ  प्रवधान रहेको छ । 

उपयुक्त प्रवधानमा रहि कार्यक्रमको प्रस्ताव सहितको निवेदन  युवा कृषकले जिल्ला कृषि विकास कार्यालय वा कृर्षी सेवा केन्द्रमा मा आवेदन  दिन सक्छन् । 
निदेदन दिने कृषकहरुले नगरपालिका  वा गाउविकास  समिति र  सम्बन्धित कृषि सेवा केन्द्रबाट विदेशबाट फर्केको वा बेरोजगार भएको खुलाएर सिफारिस ल्याउनु  पर्ने छ । 

जिल्ला कृषी विकास कार्यालयका अनुसार  युवा लक्षित कार्यक्रम अन्र्तगत  मौरी बिकास कार्यक्रमको लागि ६० जना कृषकहरुको लागि १ लाख ८० हजार रुपैया अनुदान स्वरुप प्रदान गरिने छ  भने  युवा लक्षित कार्यक्रम अन्र्तगत च्याउ उत्पादन कार्यक्रममा ४० जना कृषकहरुको लागि ४० हजार रुपैया अनुदान स्वरुप उपलब्ध गराईने छ । 

उक्त अनुदानको लागि कृषकहरुले आवेदन फाराम, संक्षिप्त कार्य योजना ,  नेपाली नागरिकताको प्रतिलिपी  र  अन्य प्रमाण पत्रहरु (तालिम, शैक्षिक योग्यता) को प्रतिलिपी पेश गर्नु पर्दछ । 
जिल्ला कृषी विकास कार्यालयले यस  चालु आर्थिक बर्षको ४ करोड ६६ लाख ४७ हजार ५ सय  रुपैया रकम विनियोजन गरेको छ ।   गत आर्थिक  कार्यालयको बार्षिक बजेट २ करोड ६३ लाख ५५ हजार रुपैयाँ रहेकोमा यस आर्थिक बर्ष ७७ प्रतिशतले वृद्धि भएको हो । 




Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै