विश्व खाद्य दिवसमा उत्कृष्ठ कृषक सम्मानित

बुटवल, १८ कार्तिक । 
‘पारिवारीक खेती, सबैलाई खुवाऔं पृथ्वीलाई
जोगाऔं’ भन्ने मुल नाराका साथ  ३४ औं विश्व खाद्य दिवस रुपन्देहीमा विविध कार्यक्रम गरि मनाईएको छ । जिल्ला कृषि विकास कार्यालयले भैरहवामा विशेष कार्यक्रमको आयोजना गरी विश्व खाद्य दिवस मनाएको हो । जिल्ला विकास  समिति रुपन्देहीका स्थानिय विकास अधिकारी विश्व प्रकाश अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख  बरिष्ठ कृषि अधिकृत कृष्ण भद्र अधिकारीको अध्यक्षता  रहेको थियो । 
कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयले उत्कृष्ठ ३ जना कृषकहरुलाई राष्टपति कृषक सम्मान २०७१ बाट नगद सहित सम्मान गरेको छ । मानमटेरियाका कृषक रमेशचन्द्र मिश्र, मानटरियाकै नारदमुनी यादव, सैनामैना नगरपालिकाका शेर बहादुर क्षेत्रीलाई नगद १०÷१० हजार रुपैया सहित सम्मान गरिएको हो । 
त्यस्तै सोही कार्याक्रममा ‘पारिवारीक खेती, सबैलाई खुवाऔं पृथ्वीलाई जोगाऔं’ विषयमा भएको जिल्ला स्तरिय निवन्ध प्रतियोगीतामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान प्रप्त गर्ने विद्यार्थीहरुलाई  नगद तथा प्रमाण पत्र सहित पुरस्कृत गरिएको छ । 
महात्मा बुद्ध उच्च माविकी गंगा कुँवर   थापा प्रथम,  पक्लिहवा माविकी सरस्वती कुँवर द्धितिय, लिलाराम उच्च माविका राजन केसी तृतिय र भैरहवा उच्च माविकी दिक्षा कुँवरले सान्तव्ना स्थान प्राप्त गरेका थिए । उनीहरुलाई क्रमसः २ हजार, १५ सय, १ हजार र ५ सय नगद सहित  जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका  प्रमुख तथा बरिष्ठ कृर्षि अधिकृत कृष्ण भद्रअधिकारीले सम्मान गरेका थिए । 
कार्यक्रममा स्थानिय विकास अधिकारी विश्व प्रकास अर्याल, सद्भावना पार्टीका  जिल्ला अध्यक्ष आन्द प्रसाद गुप्ता, नेकपा एमालेका जिल्ला कमिटि सदस्य यज्ञ पोखरेल, जिल्ला स्तरिय कृषिक सञ्जालका कोषाध्यक्ष जगन्नाथ कुर्मी लगायतले मन्तव्य रोखका थिए । भ ने कार्यक्रमको सञ्चालन कमला खनालले गरेकी थिईन् । 

Popular posts from this blog

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

प्रभावकारी हुन सकेन अनलाईन कम्पनी दर्ता