फुलवारीमा दैनिक ५ हजार पर्यटक

कृष्ण खनाल
बुटवल, १६ कार्तिक 
यस क्षेत्रको प्रमुख  आन्तरिक पर्यटक आउने स्थान, मणिमुकुन्द सेन उद्यान ‘फुलवारी’ मा पर्यटक आउने क्रम बढेको छ । पर्यटकहरु आउने सिजनको रुपमा समेत र

हेको यो मौसममा दैनिक ४ देखि ५ हजार सम्म पर्यटकहरु आउने गरेको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका व्यवस्थापक विक्रम बस्यालले जानकारी दिए । उनका अनुसार अव फुलबारीमा आउने पर्यटकको संख्या विस्तारै बढ्नेछ ।
  दसैं तिहार पछिको समय आन्तरिक पर्यटक बढि मात्रामा आउने गर्दछन् । तिहारको पिकनिको लागि पनि आन्तरिक पर्यटकहरु फुलवारी आउने गर्दछन् ।  व्यवस्थापक बस्यालले भने–‘यो सिजन भनेको आन्तरिक पर्यटक बढि मात्रामा आउने सिजन हो, अवको केही महिना यहा भिडभाड हुन्छ ।’
खासगरी विद्यालय विदाको  समय पारेर छिमेकी मुलक भारतबाट समेत पर्यटकहरु आउने गर्दैछन् । आईतबार भारतको युपि, गुजरात तथा महराष्ट्रका करिव १ दर्जन विद्यालयका विद्यार्थीहरु समेत उद्यानमा आएका थिए । त्यस्तै पुर्वको हेटौैडा देखि लिएर पश्चिमको नेपालगञ्ज सम्मका उच्च माविका विद्यार्थीहरु समेत उद्यानमा आएका थिए । 
पछिल्लो समयमा उद्यानमा ‘फ्री वाईफाई’को व्यवस्था गरिएको कारणले पनि थप आकर्षकको केन्द्र बनेको उद्यान संरक्षण समितिको भनाई रहेको छ । यसको अलवा उद्यान भित्र राखिएका विभिन्न जनावारहरु, हरिण, चितुवा, अजिंगर, चाईनिज मुसा, मयुर, लगायतका  चराचुरुङ्गी तथा जनावारले थप आकर्षण थप्ने गरेको छ । 
फुलबारीमा वि.स. १५७५ मा निमिर्त सेनवंशीय राजाको दरबारको भग्नावशेÈ समेत रहेको छ । अंग्रेजलाई परास्त उजिरसिंहको दरवारको भग्नावसेस  समेत यहा रहेकाले यहा आन्तारिक र बाह्य पर्यटकहरुको भिड लाग्दै आएको छ । 
वि.स. २०६५ सालमा यस उद्यानको संरÔण समिति स्वायत्त भएपछि उद्यानले  गुरुयोजना बनाई बढेको छ । यसलाई बृहत बाल उद्यानको निर्माण तथा पशुपंÔी संरÔणलयलाई पश्चिमाञ्चल Ôत्रीय स्तरको चिडियाखानामा स्तरोन्नती गर्ने समेत बताइएको छ ।
हाल सञ्चालमा आएको उद्यानलाई थप प्रभावकारी र व्यवस्थित बनाएर मुलुकै नमुना बनाउने संरÔण समितिले जनाएको छ । फुलबारीमा बाल उद्यानलाई हरियाली एवं व्यवस्थित गर्ने, चिडियाखाना घर निर्माण गर्ने, नमूना गार्डेन निर्माण गर्ने, रामापिथेकस पार्क निमार्ण गरिने संरक्षण समितिले जानएको छ । 
यस्तै फुलबारी Ôेत्र अन्र्तगत्का पानीको मुहानलाई संरÔण गर्ने समेत बताइएको छ । फुलबारीमा मनमोहन आश्रीत बाटिका, झरना, बाल उद्यान , बनभोज पिकनिक सेडहरु, विवह मण्डप एवं शिवालय तथा अन्य मन्दिर, बुद्ध बाटिका, फोहोरा, मयुरथान मन्दिर, दृश्य अवलोकनको  लागि भ्यू टावर ले थप आर्कण थपेको छ । 
तस्वीरः आईतबार मणिमुकुन्द सेन उद्यान फुलबरीमा आएका भारतिय पर्यटक  । तस्वीरःकृष्ण खनाल÷बुटवल टुडे । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै