अनाथ आश्रमबाट ईन्जीनियरिङ्गको पढाई
कृष्ण खनाल
बुटवल, १३ मंसिर ।
यति मात्र होईन् सोही आश्रमबाट अहिले उनी लुम्बिनी ईन्जीनियरिङ्ग क्याम्पस भलवारी रुपन्देहीमा ईलेक्टीकल ईन्जीनियरिङ्ग विषय डिप्लोमा तेस्रो बर्षमा पढ्दै आएका छन् ।
क्याम्पसले पूर्ण छात्रावृत्ति दिएको छ । उनको एउटै ईच्छा छ भविश्यमा आफुजस्तै अनाथ बालबालिकाहरुलाई आफुले पाएको भन्दा पनि धेरै सेवा सुविधा दिएर आश्रमा खोल्ने योजना रहेको छ । शनिवार आश्रम परिसरमा भेटिएका भण्डारी भन्दै थिए–‘हामीलाई त दैवले ठग्यो, यस्तै अनाथ बालबालिकहरुको लागि भविश्यमा आश्रम खोल्ने ईच्छा छ ।’ उनले ईलेक्टीकल ईन्जीनियरिङ्गमा विषय राम्रो भएको भन्दै अवको केही बर्षमा पढाई पुरा हुने र त्यसपछि राम्रो जागिर खोजेर आफुले जिविको पार्जन गर्ने ईच्छा रहेको बताए ।
उनी जस्तै पाल्पा जिल्लाको रामपुर गाविस वर्डा नम्बर–५ विजयपुर (हाल नगरपालिका) मा जन्मीएका सुन्दर न्यौपानेले पनि आफ्नो आमा र बाबाको मायाँ कस्तो हुन्छ भनेर अनुभव गर्न समेत पाएनन् । अहिले उनलाई पारिवारीक वातावरण आत्मशान्ती अनाथ आश्रमले दिएको छ । १९ बर्षीय सुन्दर न्यौपाने, विजय पोखरेल जस्तै ईन्जीनियरिङ्गका विद्यार्थी हुन । कक्षा १० सम्म रुपन्देही तिलोत्तमा नगरपालिका मणिग्राममा रहेको शान्ती नमुना उच्च माविमा अध्यायन गरेका उनी अहिले बुटवल–६ क्याम्पसरोडमा रहेका बुटवल टेक्नीकल ईन्स्च्युटमा ईलेक्ट्रोनिक्स ईन्जीनयर अध्ययन गर्दै आएका छन् । बाबा आमाको निधन बारे उनलाई केही जानकारी छैन । एक जना शिक्षकको साहारामा आश्रममा आएको उनी बताउछँन् । बुटवल टेक्निकल ईन्च्युटमा पुर्ण छात्रावृत्तीमा अध्यायन गरिरहेका अहिले दोस्रो ईलेक्ट्रीकल ईन्जीनियरिङ्ग दोस्रो बर्षमा अध्ययन गरिरहेका छन् ।
रोचक कुरा त के छ भने भने एका विहान उनी साईकलमा मणिग्रामबाट बुटवल–६ मा रहेको ईन्च्युटमा आउछन् । यसरी उनी साईकलमा नै आउने र जाने गरेको करिव १७ महिना भईसक्यो । उनी भन्छन्–‘करिव आधा घण्टा भन्दा बढि समय लाग्छ जानको लागि र आउनको लागि पनि त्यतिनै ।’ माईक्रोमा चढेर जाँदा बढि खर्च लाग्ने गरेको कारण उनी साईकलमा जाने र आउने गरेको बताए । २९ महिनामा सम्म उनी यसरी नै साईकला आउने जाने गर्नेछन् ।
उता, अनाथ तथा असाहाय महिला कल्लयाण समाज, आत्म शान्ती अनाथ आश्रमकी प्रुमख संरक्षक तथा अध्यक्ष मैनादेवी भाण्डारीका अनुसार २०५३ सालमा स्थापना भएको हो । भने २०६३ सालबाट बालबालिकाहरु राख्न थालिएको हो । अहिले सम्म २३ जना बालबालिहरुले आश्रय लिईरसकेका छन् । भने अहिले ११ जना बालबालिकाहरु अहिले आश्रममा आश्रीत रहे
का छन् । यु केजी देखि ईन्जीनियरिङ्ग तह सम्म अध्ययन गर्नै बालबालिकालहरु रहेका छन् । अध्यक्ष भण्डारी भन्छीन–‘भवनको अभावको कारणले गर्दा धेरै
अहिले आश्रममा ५ हजार भन्दा बढि दान दिने दानविरहरुको रकम बैंकमा राखेर सोही व्याजबाट आएको रकमबाट आश्रम सञ्चालन हुदै आएको छ ।
तस्वीर विवरणःआश्रममा रहेर ईन्जीनियरिङ्ग पढ्दै गरेका विद्यार्थी विजय भण्डारी र सुन्दर न्यौपाने ।
