९० बर्ष पुरानो मन्दिर ओझेलमा

कृष्ण खनाल
बुटवल, ११ मंसिर ।
बुटवल–५ पुलचोकमा वि.स.१९८० सालमा स्थापना भएको लक्ष्मीनारायाण मन्दिर आझेलमा परेको छ । यस क्षेत्रमा पुरानो मन्दिरको रुपमा रहेको लक्ष्मी नारायण मन्दिर अहिले आझेलमा परेको भन्दै स्थानियहरुले संरक्षणमा चासो देखाएका छन् । केही बर्ष पहिला सम्म संरक्षणको अभाव झेलेको मन्दिरले अहिले स्थानिय नारायण युवा क्लवको साथ पाएको  छ । पछिल्लो सयमममा  नारायण युवा क्लवले मन्दिरको परिसरमा सरसफाई लगायत  मन्दिरको स्तरउन्नती तथा थप मन्दिर स्थापना गर्ने लक्ष्यलिएर अगाडी बढिरहेको नारायण  युवा क्लवका अध्यक्ष राजु पौडेल ले जानकारी दिए । 
मन्दिरमा जाने बाटो(निकासा) सानो हुनुहको साथै मन्दिर परिसरमा स्थापना भएका पुर्वाधारहरु जिर्ण बनेको कारण मानिसहरुको आवातजावत कम हुने गरेको क्लवका सचिव सैलेस थापा बताउछन् । निकट भविश्यमा किरिया पुत्री भवन समेत निर्माण गर्नेयोजना रहेको भन्दै सचिव थापाले भने–‘यस मन्दिरको जिर्णद्धार गरी केही समयमा नै आन्तरिक पर्यटक तथा धार्मिक पर्यटक आउने बातावरण मिलाउन लागेका छौ ।’
वि.स.२०३० साल देखि मन्दिरमा पुजारीको रुपमा बस्दै आएकी ७१ बर्षिय विष्णुमाया उपाध्ययका अनुसार  केही दशक पहिला मन्दिरमा राखिएको सिला  र मुर्तीबाट पसिना आउने गरेको दैवी शक्ति भएको भन्दै  स्थानियले संरक्षण गरेका थिए । उनी भन्छीन्–‘यहा आउने बाटो सानो छ, मानिसहरुलाई यहा मन्दिर छ भन्ने पनि थाहा नभएकाले कमै मात्रामा आउचन ।’
स्थानिय क्ललव सामुदायिक जिम हाउस सञ्चालन  गरि अहिले मन्दिरको आन्तरिक खर्च र पुजेरा लाई मासिक १ हजार रुपैया दिने गरेको छ । मासिक २ सय ५० रुपैया तिरेर जिम

 हाउसमा प्रत्येक दिन जिम गर्न पाईन्छ । जसबाट आउने रकमबाट मन्दिर व्यवस्थापनको लागि खर्च गरिएको अध्यक्ष राजु पौडेल बताउछन् । उनी भन्छन्–‘हामी अत्यान्तै न्युन शुल्क लिएर सामुदायिक जिम हाउस सञ्चालन गरेका छौ, जसबाट आउने पैसाबाट मन्दिरको मर्मत सम्हार तथा जिर्णेद्धारको लागि खर्च गछौ ।’
उनका अनुसार अहिले सम्म मन्दिरको संरक्षणको लागि कुनै समुदायबाट रकम उठाउने गरिएको छैन भने सरकारी निकायबाट  समेत कुनै पनि सहयोग भएको छैन ।  ७ कठ्ठा क्षेफल रहेको मन्दिर परिसरमा केही बर्षमै किरिया पुत्री बस्ने घर र स्थानिय पर्यटक आर्कषकको लागि स्थान निर्माण गरिने योजना रहेको छ । उक्त मन्दिर भन्दा पछि स्थापना भएको दुर्गामन्दिर लगायतका मन्दिरहरुमा निकासको लागि उचित भएको  तर लक्ष्मि नारायण मन्दिरमा निकासको लागि फराकिलो बाटो र केही पछि तिनाउ नदिको किनारामा भएको कारण ओझेलमा परेको स्थानिय भनाई रहेको छ ।
 उक्त मन्दिरमा कृष्ण जन्मअष्ठमीको दिन विशेष प्रकारको मेला लाग्ने गर्दछ । जसको लागि स्थानियहरुले केही आर्थिक संकलन गरि उक्त मेला व्यवस्थापन गर्ने गरेको पाईन्छ ।  ५ जनाको कार्यसमिति रहेको क्लवले अहिले मन्दिरको संरक्षण गरेको छ भने पुजारीलाई मासिक १ हजार रुपैया भत्ताको व्यवस्था गरिएको छ । 
तस्वीर ः बुटवल–५ गोलपार्क पुलचोकमा रहेको लक्षमीनारायण मन्दिर । तस्वीरःबुटवल 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै