स्रोत र साधानको उच्चतम प्रयोग गरे नयाँ नमुना बन्छ नयाँ नगरपलिका

कृष्ण खनाल
बुटवल, ४ मंसिर ।

सरकारले केही महिना अगाडी मात्र घोषणा गरेका नयाँ नगरपालिकाहरुले त्यहा उपलब्ध सो्रत र साधानको उच्चतम प्रयोग गरि देशकै नमुना नगरपालिका बन्न सक्ने सरोकारवालाहरुले बताएका छन् । भौतिका पुर्वाधार, जनशक्ति व्यवस्थापनको अभावको बाबजुत स्रोत साधानको उच्चतम प्रयोग गरि नयाँ नगरपालिकाहरु देशकै नमुना नगरपालिका बन्न सक्नेमा सरोकारवालाहरुको जोड रहेको छ । बुटवल पब्लिकेशन प्रा.लिद्वारा प्रकाशित बुटवल टुडे दैनिकको दोस्रो बार्षिक उत्सवको अवसरमा विहिवार बुटवलमा आयोजना गरिएको‘नवगठित नगरपालिकाका अवसर र चुनौती’ विषयक अन्र्तरक्रिया कार्यक्रमा सहभागी विभिन्न नयाँ तथा पुराना नगरपालिकाका कार्यकारी अधिकृतहरुले कुनै पनि नगरपालिका विकासीत नगरपािलका  हुनको लागि निश्चित योजना हुनुपर्ने भन्दै भौतिक पुर्र्वाधारको अभाव,  जनशक्तिको अभाव र आर्थिक स्रोत परिचालनको अभावलाई विस्तारै सुल्झाई नमुना नगरपालिका बन्न सुझाव दिएका हुन ।
बुटवल पब्लिेशन प्रा.लिका अध्यक्ष हरीप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बुटवल नगरपालिकाका कार्यकारी अधिकृत धुव्र व खड्काले नयाँ नगरमा समस्यै समस्या छन, जनप्रनिििध छैन, जसले भद्रगोल छ समस्य समस्या छ भन्ने  मानसिकता त्याग्नु पर्दछ । उनले भने –‘ हामीले सोचेको जस्तो समस्या छैन नया भएको कारले केही  समसया होलान् तर आज हामी हतारिएर नमुना नगर बन्ने  कुरा होईन, निश्चित कोर्ष पुरा गर्न पर्छ  नगर आफै नमुना बन्छ  ।’
उनले बुटवल नगरपालिकामा जनसहभागीताको  कुरा  नमुनाको रुपमा रहेको भन्दै यसको लागि नया नगरपालिकाहरुले पनि जनसहभागीतालाई बढि प्रथमिकताको रुपमा अगाडी बढाउन अग्रह गरे ।  स्वार्थ भन्दा अलि माथि रहेर जनताको काम गर्नको लागि नया नगरका अधिकृतहरलाई सल्लाह दिदै उनले टोल विकास संस्था लाई सक्रिय बनाउनदै सझेदारी र मध्यस्तरबाट काम अगाडी बढाउनको लागि आग्रह गरे  ।
विकासको लागि बुटवल नगरपालिकामा सहमती र निरन्तता रहे्को  भन्दै उनले सहकार्य मैत्री  धारणा विकास गर्नु आवश्यक रहेको छ ।  सापेक्षरुपमा नगर उत्कृष्ठ भएको भन्दै नगरपािलकालाई निश्चित युक्त बनाउनको  लागि अफ्नो पहल रहेको बताए ।
सिद्धार्थ नगरनगरपालिकाका कार्यकारी अधिकृत विष्णुदत्त गौतम ले नयाँ नगरपालिकाहरुले उत्कृष्ठ कर्मचारीहरु राख्नु पर्ने भन्दै उनले उर्जावान जनशक्ति भएमा भोलिका दिनमा फाईदा  हुने बताए ।
 नयाँ  नगरपालिकाहरुले राजश्व बढाउनको लागि आर्थिक नछुटाउने गरेको भन्दै उनले बढि भन्दा बढि राजश्व संकलन गर्न सकिन्छ भन्ने विषयमा  नयाँ नगरपालिकाका अधिकृतहरुलाई  कार्ययोजना बनाउनको लागि आग्रह गरे ।  उनले भने–‘आर्थिक आम्दानीका बाटोहरु केलाएर राजश्व वृद्धीमा लागियो भने राम्रो हुन्छ ।’ दर्घकालिन योजना सुरुदेखि नै लैजानु पर्नेमा उनको जोड  थियो ।
कार्यक्रममा बोल्दै बुटवल नगरपालिका पुर्व उप मेयर विमलराज शाक्यले नयाँ थपिएका नगरपालिकाहरुको प्रमुख समस्याको रुपमा जग्गा व्यस्थापन  नरहेको भन्दै नयाँ नगरपालिकामा जग्गाको  बढि मात्रामा भएको नायाँ नगरपालिकाहरुले  बढि र्फादा लिन सक्ने बताए ।
यसको लािग नया नगरपालिकाहरुले छिटो भन्दा छिटो जग्गाको स्वामित्व लिनु पर्न बताए । उनले भने–‘ नगरपालिकाले स्रोत र साधनालाई उच्चतम रुपमा उपयोग गरि उचित प्रतिफल पाउन सकिन्छ ।’
कार्यक्रममा  बोल्दै बुटवल नगरपािलकाका बरिष्ठ अधिकृत भुवाप्रसाद लुईटलले जनप्रतिनिधिको अभावले नगरपालिकाको अवस्ता विग्रीएको  भन्दै नगरपालिकाभित्र विभिन्न भौतिक पुर्वाधारहरुको विकास हुन आवश्यक रहेको बताए । उनले भने–‘अहिले घोषणा भएका नगरपालिकामा भवन निर्माण अचारसिंहिता लगायतका विषय लागू गर्नु पर्दछ ।’ उनले थपे–‘ नयाँ नगरपालिकामा लक्षित समुदायको समस्या समेट्नको लागि पनि चुनौतीको विषय बनेको छ ।’
कार्यक्रममा सन्धीखर्क नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटा नयाँ नगरपालिकामा जनशक्तिको अभाव भएको हुँदा  नगरपलिकालाई प्रभावकारी सञ्चालनमा र सेवा प्रवाहमा कठिनाई भएको बताए । उनले फोहर मैला व्यवस्थापनमा पनि ध्यान दिई फोहरबाट कसरी आम्दानी गर्न सकिन्छ भन्ने जनाकारी हुनु पर्ने बताए ।
त्यस्तै देवदह नगरपालिका कार्यकारी प्रमुख.गणेस घिमिरे ले नगरपालिकामा बसोबास गर्ने ६० प्रतिशत जनता पुर्जा विहिन रहेको जानकारी दिदै अहिले नगरपालिका उक्त जग्गाको साछि बनेर बसेको बताए । उनले ६÷८ वटा नगरपालिका मिली कार्मचारी व्यवस्थापनको लागि लोक सेवा आगोग मार्फत र्गको लागि सुझाए । उनले फोहर व्यवस्थतापनको लागि खासै समसया नभएको भन्दै कुहिने र नकुहिने बस्तु छुटएर त्यकसको व्यवस्थापन गर्न सकिने बर्ता । उनले भने–‘ अहिले खासै समस्या  छैन तर ढुंगा गिट्टी रोकिएको छ च्रे क्षेत्र कति हो त्यो पनि निर्धारण नहुदा खोला गाउ तिर पस्ने संभावना छ , यसमा ध्यान जानु जरुरी रहेको छ ।
त्यस्तै सुनवल नगरपािलकाका कार्यकारी अधिकृत  दिपेन्द्र रेग्मीले नया नगरपालिकाको लागि भवन व्यस्थापनको कुरा तत्काल समस्या रहेको बताउदै  भवन निर्माणको लागि पनि स्थान विशोस गाविस फरक सोत र फरक विचार अगाडी बढाउने भन्ने विषयमा अफ्ठारो पारिरहेको बताए ।
उनले साविकको सुनवल गाविसले थालेको सुनवल नगरपालिकालाई पहिलो नेपालको बालमैत्री नगरपालिका बनाउने अभियानमा लागेको बताए ।
त्यस्तै सैनामैना नगरपालिका कार्यकारी अधिकृत सोमनाथ न्यौपानेले अहिले पनि नगरवासीहरुमा अपनत्व नभएकोले केही समस्या रहेको बताए ।  सडक खनोपानीको कुरामा संमन्वय नभएको कारले गर्दा थप समसया रहेको उनको भनाई रहेको थियो । आगामी दिनमा सडक, खानेपानी र विद्युत संग संमन्वय गरेर अगाडी बढ्ने बताएका थिए ।
त्यस्तै बर्दघाट नगरपालिका कार्यकारी प्रमुख .गौरव पन्थी गृह मन्त्रालय बाट सामान्य प्रसासनमा आएको केही अफ्ठारो रहेको भु–माफियाको कारण जग्गा संरक्षणमा चुनौती थपिएको बताए । उनले भने–‘एती प्रेसर छ कि जसले गर्दा संरक्षण गर्न जटिल रहेको छ ।’ उनले अहिले कार्यालयमा  काम गर्ने विषयमा ३ जना सहयाक स्तरको कर्मचारी मात्र रहेको र जसले  दैनिक ३ सय भन्दा बढि स्थानियको  समसया हेर्नु  पर्दा थप समस्या रहेको बताए ।
त्यस्तै तिलोत्तमा नगरपालिकाका शाखा अधिकृत मुक्ति प्रसाद पाण्डेले  फोहरमैला व्यवस्थापनामा आफ्नो नगरपालिकाले नमुना काम गरेको भन्दै जुन कामबाट हामीलाई थप कार्य गर्न थप प्रोत्सहान मिलेको ब ताए । उनले भने–‘ गाविसमा हामी अस्थायी रुपमा डम्पीङ्ग साईड निर्माणको अभियानको रुपमा लागेका छौं ।’
बुटवल पब्लिकेशन प्रालिका सञ्चालक तथा बुटवल टुडेका प्रधान सम्पादक सुर्य रानाको स्वागतमन्तव्य रहेको कार्यक्रममा  बुटवल उद्योग बाणिज्य संघका महासचिव हरी प्रसाद अर्याल, तिलोत्तमा व्यापार संघका अध्यक्ष  जेपी कडेल, देवदह व्यापार संघ अध्यक्ष क्या.केस ब गुरुङ्ग, रुपन्देही व्यापार संघका महासचिव डिल्ली भण्डारी  देवदह उद्योग बाणिज्य संघकी मिना श्रेष्ठ, पत्रकार दामोदर खनाल, कृष्ण मल्ल लगायतले  बोलेका थिए ।  कार्यक्रमको सञ्चालन बुटवल टुडे कर्मी तथा कार्यक्रम संयोजक स्वस्तिक श्रेष्ठले गरेका थिए भने धन्यावाद ज्ञापन बुटवल टुडेका प्रबन्ध संञ्चालक नवराज कुँवरले गरेका थिए ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै