दाताहरुको भरमा पाल्पाको दृष्टिविहिन विद्यालय


कृष्ण खनाल  
मदनपोखरा, बैशाख । 
पाल्पा जिल्लाको मदनपोखरा गाविस वार्ड नम्बर–६ मा रहेको दमकडा  उच्च माध्यामिक विद्यालयमा शिक्षकहरुले अध्यापन गराउने शैली भिन्दै रहेको छ । जब शिक्षक विद्यालयको कक्षा कोठामा प्रवेश गर्छन् र जे जे कुरा ब्ल्याकबोर्ड(व्हाईट बोर्ड) लेख्छन् ति सबै कुरा नछुटाईकन ठुलो स्वरमा उच्चरण समेत समेत बोल्दछन । 
 कुनैपनि विषय अध्यापन गराउ“दा शिक्षकहरुले ब्ल्याकवोर्डमा  कोरेको चित्र होस या कुनै पनि हिसाब  अनिवार्य रुपमा उच्चारण र व्याख्या समेत गर्दछन् । जुन विद्यालयको नियम हो । यो नियम विद्यार्थीहरुमा लोकप्रीय हुनको लागि वा विद्यार्थीहरुले बढि‘टयालेन्ट’ बनाउनको लागि विद्यालयले यस्तो विधि अपनाएका भने अवश्य होईन्न । कारण हो विद्यालयमा अध्यान गर्ने दृष्टिविहिन विद्याथीहरुलाई अन्य विद्यार्थीहरु संगै अध्यायन गर्ने गरेको कारण यसरी शिक्षक÷शिक्षीकाहरुले कुनैपनि शब्द, चित्र वा चार्ट उच्चारण गरेर अध्यापन गराउने गरेका हुन । 
पाल्पा सदरमुका देखि केही कोष टाढा रहेको दमकडा उमाविमा यसरी अध्यापन गराउदै आएको करिव १८ बर्ष भन्दा बढि भईसक्यो । ग्रामिण ईलाकामा रहेको उक्त विद्यालयमा दृष्टिविहिन विद्यार्थीहरुको लागि विद्यालयमै बसोवास गर्ने व्यवस्था गरेर अध्यापन गराउदै आएको छ । विद्यालयमा अहिले २६ जना विद्यार्थीहरुले अध्यायन गर्दै आएका छन । 
नेपाल सरकारले त्यस्तो दृष्टिविहीनहरुको लागि भनेर छुट्टै बजेटको व्यवस्था नगरेको भएपनि विद्यालयले वि.स.२०५२ सालबाट यता जेनतेत विद्यार्थीहरुलाई अध्यापन गराउदै आएको दृष्टिविहिन विद्यार्थी संयोजक शिक्षक कृष्ण प्रसाद पराजुलीले जानकारी दिए । आफैमा दृष्टिविहिन रहेका शिक्षक पराजुलीले सरकारी निकायबाट विद्यायको लागि छुट्टै कुनै पिन व्यवस्था नगरेको कारण स्थानिय जनता र दाताको भरबाट  दृष्टिविहिन विद्यार्थीहरुको लागि अध्यानको व्यवस्था गरिएको जानकारी दिए ।   विद्यालयमा दृष्टिविहिन कक्षा सञ्चालन गर्नको लागि विद्यालयले उदाहरणीय कार्य समेत गरेको छ ।
 वि.स. २०६२  सालमा महायज्ञ लगाएर आएको आर्थिक सहयोगले विद्यालयमा रहेका दृष्टिविहिन विद्यार्थीहरुको लागि अध्यायन र आवासको लागि व्यवस्था गर्दै आएको छ । शिक्षक पराजुलीका अनुसार महायज्ञबाट करिव २२ लाख रुपैया संकलन भएको थियो । त्यसबाट खर्च कटाएर १७ लाख  रुपैया बचेको थियो । त्यहीबाट विद्यार्थीहरुको लागि चाहिने आवश्यक शैक्षिक सामाग्रीहरु खरिद गर्नुको साथै दृष्टिविहिन विद्यार्थीहरुकै हितको लागि उक्त रकम खर्च गरिएको छ । 
अहिले विद्यालयमा ११ वटा आमा समुहहरुले नियमित रुपमा विद्यार्थीहरुको लागि सहयोग गर्दै आएका छन । उदाहरणीय कुरा के छ भने उक्त विद्यालयको वरीपरिको क्षेत्रमा कुनै पनि पूजापाठ, विवाह तथा अन्य कुनैपनि सामाजिक काम भएमा त्यहाको स्थानिय समुदायले दृष्टिविहिन विद्यार्थीहरुको लागि खान खुवाउनुको साथै विभिन्न सहयोग समेत गर्दै आएका छन् । अहिले  सम्म उक्त विद्यालयबाट ३० जना विद्यार्थीहरुले माध्यमिक तह(एसएलसी) उत्र्तीण गरेका छन भने यस बर्ष ४ जना विद्यार्थी सम्मिलित भएका छन ।  अहिले सम्म परिक्षामा सहभागी भएका विद्यार्थीहरु सबै प्रथम श्रेणीमा उत्र्तीण भएको विद्यालयलले जनाएको छ । 
वि.स.२०५४ सालमा नेदरल्याण्डको एक गैरसरकारी संस्थाले सहयोग गर्ने भनेर सम्झौता गरेको भएपनि उक्त संस्थाले पनि हात झिकेपछि वि.स.२०६५ सालबाट विद्यायलले नै विद्यार्थीहरुको अध्यायनको जिम्मेवारी लिदै आएको छ । विद्यायमा पाल्पा जिल्लको अतिरिक्त  स्याङ्जा, अर्घाखा“ची, नवलपरासी, गुल्मीबाट समेत विद्यार्थीहरुले आएर अध्यान गरिरहेका छन् । 
विद्यालयमा अहिले अध्यायनरत विद्यार्थीहरुको लागि एक जना विद्यार्थी बरावर ३२ रुपैया दैनिक रुपमा स्टेशनरीको लागि मात्र खर्च हुने गरेको विद्यालयको भनाईछ । विद्यार्थीहरुको लागि लेख्नको लागि प्रयोग गरिने ब्रेल बोर्ड (खोपेर लेख्ने अनि छामेर पढ्ने)को लागि चाहिने बाक्लो कागचको लागि महङ्गो पर्ने गरेको छ । 
विद्यालयमा भेटिएकि  दृष्टिविहिन विद्यार्थी सन्ध्या मैनालीले  दृष्टिविहिन विद्यार्थीहरुको  अध्ययनको लागि  सहज वातावरण निर्माण गरेर विद्यालयले अनुकरणीय काम गरेको जानकारी दिईन । उनले अन्य (साधारण) विद्यार्थीहरु र आफुहरुलाई संगै राखेर अध्ययन गराउदै आएकोमा कुनै पनि अफ्ठ्यारो नभएको समेत  बताईन । उनले भनिन्–‘सरले  देखेको कुरा बोलेर स्ष्ट पार्नु हुन्छ त्यती ग्राहे हुदैन ।’ सामान्य विद्यार्थीहरु जस्तौ  सामन्य कागजमा लेख्दा अफ्ठारो हुने भन्दै उनले परिक्षाको समयमा अलि गह््रो हुने समेत जानकारी दिईन । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै