बुटवलमा खानेपानीको समस्या एक दिन विराएर पानी


कृष्ण खनाल
बुटवल, १ वैशाख ।
गर्मी यामको सुरुवात सैगै बुटवलमा खानेपानीको समस्या सुरु भएको  छ । खासगरी बुटवलको सुख्खनगर, दिपनगर लगायत विभिन्न स्थानहरुमा नियमित पानी आउन छाडेको छ भने थारै समय र कम परिमाणमा पानी आउनेगरेको गुनासो उपभोक्ताहरुले गर्न थालेका छन । बुटवल–१० सुख्खनगरको दशरथपथका चिरनजीवी गौतमले  पानी नियमित मात्रामा आउन छाडेको र आएपनि थारै मात्रामा पानी आउने गरेको बताए ।
उनले भने–‘कहिले पानी नै आउदैन आयो भने पनि सानो आउछ उतिखेरै बन्द हुन्छ ।’  उनी उदाहरणमात्र हुन पछिल्लो समयमा बुटवल नगरपालिका भित्र अधिकांस स्थानिय वासिन्दाहहरुले खानेपानीको समस्या झेल्नुपरेको छ । जसको लागि उपभोक्तहरु  लामो लाईनमा बसेर बुटवलका सरकारी धाराहरुमा धाउन बाध्य छन । यसरी बुटवल वासीहरुलाई खानेपानीको आपुर्ती गर्न नसकेपछि नेपाल खानेपानी संस्थान शाखा बुटवलले नय“ा जुक्ति निकालेको छ ।
बुटववको राजमार्ग चौरहा र रामनगरको क्षेत्रमा एक दिन विराएर खानेपानीको आपुर्ती गर्ने खानेपानी संस्थानको नया जुक्ती हो । अन्य बैकल्पीक खानेपानीको व्यवस्था गर्नुपर्नेमा उसले एक दिन विराएर उपभोक्ताहरुलाई खानेपानी वितरण गर्न थालेको नेपाल खानेपानी संस्थान साखा कार्यालय बुटवलका सहायक प्रमुख अजय कुमार शाहले खानेपानीकोको समस्या सृजना भएपछि बुटवलको राजमार्ग चौराह र रामनगरको क्षेत्रहरुमान एक दिन विराएर खानेपानी  दिन थालेको  बताए । उनले भने–‘खानीपानीको विस्तारै समस्या सृजना भएपछि एक दिन विराएर खानेपानी दिन थालेका हौ ।’ उनले तर सबै क्षेत्रहरुमा भने यस्तो नभएको जनाकारी दिए ।
वि.स. २०५३ सालमा सुरु गरिएको ४ करोड रुपैया“ लागतको ‘सिस्ने खोला खानेपानी योजना’ अलपत्र परेपछि  ‘बुटवल खानेपानी तथा सुदृढीकरण’ नाम दिएर काम सुरु गरिएको  अर्को ‘झुम्सा खोला खानेपानी योजना’ पनि अहिले अलपत्रमा परेको छ जसको क्षेत्रमा खानेपानीको समस्या समाधानको  तत्काल समाधान हुने कुनैपनि विकल्प देखिएको छैन ।  सिस्नेखोला खानेपानी योजना  खानेपानी योजना अलपत्र परेपछि १९ करोड ५६ लाख रुपैया“ लागत रहेको सो आयोजना २०६८ सालको असारभीत्र सक्ने लक्ष्य लिईएको उक्त योजना २०७०  साल  लाग्दा समेत पुरा भएन ।
नेपाल सरकार र संस्थानको आन्तरिक स्रोतबाट १९ करोड ५६ लाखको लागतमा सुरु भएको खानेपानी योजना सुरु गरिएको थियो ।  बुटवलमा दैनिक ८० लाखदेखि एक करोड लिटर पानी ल्याउन सकिने भनेर सुरु गरिएको यो योजनाको अधुरो रहेको छ ।
खानेपानी संस्थान बुटवलका अनुसार अहिले बुटवलमा झण्डै दुई करोड लिटर खानेपानीको माग रहेको छ । बुटवलमा तिनाउ नदीबाट दैनिक  ७० लाख लिटर र १२ वटा ट्युबवेल(बोरिङ्ग)बाट ८० लाख लिटर गरी १ करोड ५० लाख लिटर खानेपानी मात्र आपूति र्भएको छ तर बुटवल नगरपालिका तथा खानेपानी संस्थान केन्द्रय  कार्यालयका अनुसार झण्डै २ लाख ५०  हजार जनसंख्या रहेको बुटवलमा अहिले दैनिक ३ करोड लिटर खानेपानीको माग छ । जसमा १ करोड ५० लाख लिटर पानी मात्र संस्थानले उपलब्ध गराएको छ भने १ करोड  ५० लाख लिटर पानी अपुग रहेको छ ।  करिब १३ हजार धाराबाट दैनिक झण्डै १ लाख ४० रुपैया“ महसुल संकलन हुने बुटवल नगरपालिकामा १ सय ३ सार्वजनिक धारा वितरण  गरिएको भए पनि खानेपानीको समस्या भने गर्मीयाम सुरु भएलगत्तै बढ्ने गरेको छ ।
एकातर्फ पहिला स्वीकृत भएको सिस्नेखोला खानेपानीको काम अगाडी बढेको भएपछि पछिल्लो समयमा आएर ‘झुम्सा खोला खानेपानी योजना’ खानेपानीले बुटवल बासिन्दाको खानेपानीकोलागि माग नधान्नेभएको कारण झुम्साखोला खानेपानी योजना सुरुगरिएको  नेपाल खानेपानी संस्थान साखा कार्यालय बुटवलकोभनाई छ ।
 पहिला एउटा योजनाको लागि आएको रकम तथा स्टीमेटपछि अर्को योजनाको लागि प्रयोग गर्ने निर्णय भएको कारण काममा ढिलाभएको खानेपानी कार्यालयको भनाई छ । खानेपानी समस्यालाई जमिनमुनिको पानीबाट वैकल्पिक रुपमा पूरा गर्न भन्दै बुटवलमा १२ वटा ट्युबवेल(बोरिङ्ग) सञ्चालनमा ल्याइएको छ । तर यसले पनि बुटवलको खानेपानीको समस्या सामाधान हुने संकेत देखिएको छैन ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै