होमस्टेले बदल्यो मदनपोखराका महिलाको अवस्था


कृष्ण खनाल 
मदनपोखरा(पाल्पा), जेठ । 
पाल्पा जिल्लाको मदपोखरा गाविस वार्ड नम्बर–७ शन्ती टोलकी सिता भट्राईको दैनिक आज भन्दा केही बर्ष पहिला नितान्त भिन्दै थियो । विहान उठ्यो घरधन्दा ग¥यो अनि खेतवारीको काम यो उनको दैनिकी जस्तै थियो । गत १० बर्ष यता उनको  दैनिकीमा भने परिर्वतन आएको छ । विहान उठ्यो घरधन्दाको काम कसेपछि उनी तयार हुन्छीन सहु संगै हातमा अवरी र फुल लिएर पाहुनाको  स्वागत गर्न  । यो कार्यमा  उनी मात्र होईन उनकै उमेरका विभिन्न १० जना सहपाठीहरु पनि यसै गरी अतिथीहरुको स्वागत सत्कार जुट्ने गरेका छन ।
गाउमा आएका अतिथीहरुलाई गाउको वारेमा जानकारी दिनको लागि तथा गाउमा भएका महत्पुर्ण विषयबस्तुहरु देखाउनको लागि नेतृत्व समेत लिने गरेका छन त्यहाका महिलाहरुले
अतिथीहरु नआएको दिनमा भने उनीहरुको समय आ–आफ््नो खेतवारीमा लागाइएको विभिन्न तरकारीहरुको हेरचाहमा वित्ने गरेको छ । कतै किरा लाग्यो की ? अथवा  कुनै  कारणले फल लागेको छैन की ? यसमा उनीहरुको ध्यान केन्द्रीत हुने गरेको छ यसको अलवा सिंचाही गर्नु खेतवारीमा  गोडमेल गर्नु तयार भएका तरकारीहरु विक्रिको लागि नजिकैको सहकारी भवन सम्म लैजानु पनि महिलाहरुको भागमा   पर्ने गरेको छन ।
सीता भट्राई मात्र होईन अहिले उक्त शान्ती टोलका ११ जना महिलाहरुको दिनचर्यामा परिर्वतन आएको छ । कारण हो अहिले उनीहरु‘आधुनीक तरकारी खेती तथा खतिथी सत्कार महिला समुह’ गठन गरेर गाउमा होमस्टे मात्र सञ्चालन गरेका छैन्न् पाहुना तथा कृषकहरुलाई आधुनिक तरकारी खेती प्राणालीको बारेमा जनचेतना फैलाउदै आएका छन । वि.स.२०५९ सालमा समुह स्थापना गरी उक्त समुहले वि.स.२०६३ सालबाट होमस्टे पनि सञ्चालन गर्दैै आएको छ । समुहकी  सचिव समेत रहेकी सीता भट्राईले भनीन–‘पहिला अरुसंग बोल्दा समेत अफ्ठारो हुन्थ्यो तर अहिले निर्धक्क भएर बोल्न सिकेकी छु ।’
जिल्ला कृषी सेवा केन्द्रको सहयोगमा समुहले तरकारी खेती समेत गर्दै आएको छ भने यसको अलवा मासिकरुपमा निश्चित रुपैया संकलन गरी बचतसमेत गर्ने गरेको छ । बचत भएको रकम १८ प्रतिशत व्याजदरमा समुहभित्र ऋण आदान–प्रदान समेत गर्ने गरेका छन ।
होमस्टेबाट गाउको आर्थिक स्तरत माथि उठेको छ भने गाउमा उत्पादन भएको तरकारी पनि पहिला पहिला डोकोमा बोर तानेसन लानुपर्ने बाध्याता समेत हटेको छ । समुहकी अध्यक्ष सीता पुनका अनुसार पहिला समुहका आवद्ध नुह“दा डोकोमा बोकेर  तानसेन लैजानुपर्ने अवस्थाको पनि अन्त्य भएको छ । समुहबाट अतिथी सत्कारको लागि लाग्ने खर्चको व्यस्था गरिएको छ भने साझको समयमा समुहमा आवद्ध महिलाहरुलेनै अतिथीलाई आवासको लागि आ आफ्नो घरमा व्यवस्था गर्ने गरेका छन । उक्त समुहले  बार्षिक रुपमा ३ लाख भन्दा बढि आम्दानी गर्ने गरेको छ ।
अहिले मदनपोखरा गाविसमा वार्ड नम्बर ६, ७, ८ र तानसेननगरपालिकाको १४ नम्बर वडामा व्यवसायीक रुपमा तरकारी खेती हुदै आएको छ । मदनपोखरा कृषि सहकारी संस्थामार्फत कृषकले उत्पादन गरेका तरकारीहरुको विक्रि वितरण हुदै आएको छ । सहकारीका अध्यक्ष गणेश भण्डारीले बार्षिक रुपमा १ करोड ३७ लाख ३९ हजार ५ सय ५६ रुपैया बरावरको तरकारी विक्री गरेर कृषकलाई भुक्तानी दिएको छ । अहिले १ सय ९८ घर धुरी कृषि सहकारीमा आवद्ध भएर आम्दानी गरिहरहेका छन् । वि.स.२०५८ सालमा स्थापना भएको सहकारी मार्फत आफै सहकारीले कृषकको तरकारी खरिद गरेर विक्रि वितरणको व्यवस्थ ागर्ने गरेको छ , जसको लागि उत्पादन कर्ता कृषकहरु सहरसम्म तरकारी विक्रीको लागि  जानुपदैन । अहिले उक्त गाविसको ९ सय ७३ रोपनी  क्षेत्रफलमा तरकारी मात्र खेती हुने गरेको छ । साधारण खाद्यान्न बाट भन्द कयौ  गुण बढि आम्दानी हुने भएको कारण कृषकहरुले तरकारी खेती गर्ने गरेको कृषी सहकारीका सचिव पदमराज पौडलले जानकारी दिए । उनले भने–‘गहु मकै लगाएर एक रोपनीमा ४ मुरी फल्ला तर त्यही जमिनमा तरकारी लगाउदा कृषकले ६० हजार भन्दा बढिको अम्दानी गर्न सक्दछन । ’ ३४ जना कृषकहरुबाट सुरु भएको सहकरीमा हहिले करिव २ सय जना कृषकहरु आवद्ध भएका छन भने बार्षिक रुपमा नाफा मात्रै १२ देखि १५ लाख रुपैया गर्न सक्दछन ।  सहकारीले अहिले गाउमा नभएका मानिसहरुको जमिनमपनि तरकारी खेती गर्दै आएको छ । अवको केही बर्षमा सामुहिक रुपमा तरकारी खेती गर्ने सोच समेत कृषी सहकारीले गराएको छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै