७८ लाखको लगानीमा व्यवसायीक पशुपालन कृर्षी रिर्साेट बनाउने उदेश्य


कृष्ण खनाल

रुपन्देही(मुर्गिया), १५ असार । 
रुपन्देहीको दुधराक्ष गाविस वार्ड नम्बर–५ बा“सगढीमा निकट भविस्यमै ‘कृर्षी रिर्साट’ स्थापना गर्नको लागि व्यवसायीक रुपमा पशुपालन सुरु गरिएको छ । विभिन्न पेशा तथा व्यवसायमा आवद्ध २७ जना व्याक्तिहरुले सामुहिकरुपमा प्रारुम्भीक व्यवसायीक पशुपालन अन्र्तगतरुपमा ‘पाडा पालन’ सुरु गरेका हुन । वि.स२०६९ फागुन ४ गते संस्था दर्ता गरी ‘कृर्षि पशुपाल तथा अनुसन्धान केन्द्र(पराग नेपाल)’ नामक संस्था स्थापनागरेर व्यवसायीरुपमापाडा पालनसुरु गरिएको संस्थाका अध्यक्ष गोपाल काफ्लेले जानकारी दिए ।.

निकट भविस्यमै कृर्षि तथा पशुपालन शिक्षलयको रुपमा विकसीत गर्नको लागि उक्त व्यवसाय सुरु गरिएको  पराग नेपालले जनाएका छ । 
व्यवसायीक रुपमा रुपन्देही जिल्लाको पश्चिम  क्षेत्रमा पहिलो पटक पाडा पालन सुरु गरिएको उक्त अनुसन्धान केन्द्रमा अहिले ९६ वटा पाडा पालन गरिएको छ । 

यस क्षेत्रमा माग हुने मासुको आपूर्ती गर्नुको साथै रुपन्देही जिल्लालाई मासुमा आत्मनिर्भर बनाउनको लागि पाडा पालन सुरु गरिएको अध्यक्ष काफ्ले बताउदछन । अहिले करिव एक सयको हाराहरीमा रहेको पडाहरुको संख्या छिटैनै करिव ५ सय पु¥याउने र यसको अलवा बाख्रा, खसी, बोकाहरु समेत पाल्ने अध्यक्ष काफ्ले जानकारी दिए । 
शनिवार कृर्षि पशुपाल तथा अनुसन्धान केन्द्र परिषरमा भेटिएका अध्यक्ष काफ्लेले उक्त स्थानलाई भविस्यमा ‘कृषी रिर्सोट’को रुपमा स्थापना गर्ने प्रमुख उदेश्य रहेको जानकारी गराएका थिए ।
उनले भने–‘हामीले पशु संरक्षण संगै रुपन्देही जिल्लामा पहिलो पटक कर्षि रिर्सोट स्थापना समेत गर्ने उदेश्य लिएका छौ ।’ केन्द्रका उपाध्यक्ष गोपाल भण्डारीले अहिले स्थानिय विद्यालयको जग्गा भाडामा लिएर  पशुपालन गरिएकोमा दुधराक्ष गाविस–४ मा २३ कठ्ठा जमिन समेत खरिद गरिएको जानकारी दिए ।  उनले भने–‘अहिले १८ कठ्ठा क्षेत्रफल मा रहेको  पशुपाललाई विस्तार गरी २३ कठ्ठामा पु¥याएका छौ ।’ अहिले व्यवसायी फर्मको रुपमा रहेको केन्द्रलाई  कृषि अनुसन्धान केन्द्र तथा   प्राविधिक शिक्षा समेत प्रदान गर्ने उदेश्य रहेको उपाध्यक्ष भण्डारीले जानकारी गराए । 

२७ जना विभिन्न पेशा अंगालेका मानिसहरुले उक्त व्यवसाय सुरु गरेका हुन् । जसमध्ये ६ जना महिलासमेत रहेका छन् । केन्द्रका कोषाध्यक्ष दामोदर पाण्डेका अनुसार विभिन्न पेशामा  लागेका व्याक्तिहरुले नया  व्यवसाय गर्ने साेंचका साथ पशुपालन गरिएको जानकारी गराए । केन्द्रका सञ्चालक केशवराज ज्ञवालीले अहिले प्रत्यक्षमा रुपमा उक्त केन्द्र्रबाट ४ जना र अप्रत्यक्ष रुपमा १० जना मानिसहरुले रोजगार पाएको जानकारी गराए । उक्त पशुपालन व्यवसायमा १०  जना स्नाकोत्तर गरेका व्याक्तिहरु संलग्न रहेका छन् ।  अन्य क्षेत्र भन्दा पशुपालन क्षेत्रमै लगानी गर्नुको कारणवारे संस्थाका अध्यक्ष काफ्लेले नेपालीहरु वेरोजगार भएर विभिन्न खाडी मुलुकहरुमा भौतारीनु भन्दा स्वदेशमै लगानी गरेमा राम्रो आम्दानी गर्न सक्ने भएको कारण पशुपालन क्षेत्रमा लगानी गरेको जानकारी दिए । उनले भने–‘अहिलेको लगानी बढाएर ६ करोड रुपैया पु¥याउने हाम्रो लक्ष्य रहेको छ ।’
 पछिल्लो समयमा  भैसी पालन गरेका मानिसहरुले भैसीले पाडा पाडी जन्माएपछि माउबाट हटाउने गरेकोमा उक्त केन्द्रले पशुअधिकारलाई समेत मध्यानजगर गरेर उक्त केन्द्र सञ्चालनमा ल्याएको छ । 
कपिलबस्तु जिल्लाको बहादुरगञ्ज, रुपन्देहीको हरैया र स्थानिय रुपमा खरिद गरेर पाडा ल्याएको छ । केही बाख्राहरु  समेत पालन गरिएको केन्द्रमा यस क्षेत्रको अलवा पोखरा, काठमाण्डौ लगायतका स्थानहरुबाट आउने माशुको माग समेत पुर्ति गर्न सकिने केन्द्रले जनाएको छ । सरकारी  क्षेत्रबाट कृषिजन्य सामग्री तथा पशु विमाको व्यवस्था उचित ढंगले हुन सकेका पशुपालन व्यवसाय राम्रोसंग अगाडी बढाउन सकिने कृर्षि पशुपाल तथा अनुसन्धान केन्द्र(पराग नेपाल) का सचिव दिनेश पन्थीले जानकारी दिए । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै