नतिजा खस्केको भन्दै सिद्देश्वर उमाविमा सरोकारवालाकद्वारा ताला प्रवेशिकामा ६९ जना सहभागीमा ९ जना मात्र उत्र्तीण


कृष्ण खनाल 
बुटवल, १४ असार । 
शुक्रवार सिद्देश्वर लाल कुमारी उच्च मावि बुटवल–९ दिपनगरमा भुपु विद्यार्थीहरु, अभिभावक तथा सरोकारवालाहरुका सर्वपक्षीय भेला तथा अन्र्तरक्रिया कार्यक्रम आवहन गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव सुवेदी र प्राचार्य ऋषिराम खड्का र शिक्षक अभिभावक संघका अध्यक्ष  युवराज अम्गाई लाई  निमन्त्रण गरिएको थियो । 
भुपु विद्याथी, अभिभावक तथा सरोकारवाला निकायहरु पटक÷पटक  उपस्थिती हुनको  लागि आग्रहगरेपनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव सुवेदी र शिक्ष अभिभावक समितिका अध्यक्ष युवराज अम्गाई उपस्थिती भएनन् । 
एका तर्फ विद्यालय नतिजा खस्कदै जानु र अर्को तर्फ बोलाईका जिम्मेवार व्याक्तिहरु समेत उपस्थिती नभएपछि अभिभावक, भुपु विद्याथी र सरोकारवाल करिव ८० जनाको समुहले विद्यालय व्यवसथापन समिति र प्राचार्यको कार्यकक्षामा अनिश्चित कालिन तालाबन्दी गरिदिएका छन् । 
विद्यालयका प्रार्चाय ऋषिराम न्यौपाने उपस्थिती भएपनि गैरजिम्मेवार ढंगले पेश भएको आरोप लगाउदै प्राचार्य र विद्यालय व्यवस्थापन समिमितीको कार्यालय रहेको  अनिश्चित कालिन तालाबन्दी गरिदिएका छन । 

 शुक्रवार विद्यालयमा हालै सार्वजानिक भएको प्रवेशिका परिक्षाको नतिजाको वारेमा समिक्षा गर्नकोलागि भनेर आयोजना गरिएको अन्र्तरक्रियामा विद्यालय  व्यस्थापन समितिका अध्यक्ष, शिक्षक अभिवाक संघका अध्यक्ष लगायतको अनुपस्थिती भएपछि सरोकारवाला तथा भुपू विद्यार्थीहरुले ताला लगाएको  भुुपु अभिभावक संघका अध्यक्ष तथा सिद्देश्वर टोल  समितिका अध्यक्ष शशिधर घिमिरेले जानकारी दिए । 

प्राचार्यको कार्यकक्षामा ताला लगाउनुको कारवणवारे पुर्व शिक्षक अभिभावक संघका अध्यक्षले भने–‘विद्यालयका प्राचार्य, विद्यालय व्यस्थापन समितिका अध्यक्ष गैर जिम्मेवारी भएको कारण ताला लगाइएको हो ।’ विगतका बर्षहरुमा प्रवेशिका परिक्षामा ५० प्रतिशत सम्म विद्यार्थीहरु उत्र्तिण हुने गरेकोमा वि.स.२०६९ सालको प्रवेशिका परिक्षामा कुल ६९ जना विद्यार्थीहरु सहभागीभएकोमा जम्मा ९ जना मात्र विद्यार्थीहरु उत्र्तिण भएका छन् ।  जुन विद्यालयको अहिले सम्मकै न्युन नतिजा हो । प्राचार्यको कार्यकक्षमा ताला लगाउनुपुर्व गरिएको निर्णय पुस्तीकामा पटक पटक सम्पर्क गर्दा पनि विद्याललय व्यवस्थापन समितिका अध्यक्ष, अभिभाव संघका अध्यक्षको अनुपस्थित भई गैरजिम्मेवार भएको र आयोजना गरिएको अन्र्तक्रियामा प्रार्चायले प्रवेशिकामा कम विद्यार्थी उत्तिर्ण हुनुको जिम्मेवारी नलिई गैर जिम्मेवारी पुर्ण ढंगले प्रस्तुत भएकोमा ताला बन्दी गरिएको  उल्लेख गरिएको छ । 

उता, विद्यालयका प्राचार्य ऋषिराम खड्काले विगत ४ बर्ष देखि  प्राचार्य भएको जानकारी गराउदै यस पटक  एसएलसीको नतिजा खस्कनुमा राजनीतिककरण र शिक्षकहरुको गैरजिम्मेवारी ढंगले प्रस्तुत भएको आरोप लगाएका छन् । उनले विद्यालय व्यवस्थापन समितिकोपनि भुमिका महत्पुर्ण नभएको कारण विद्यालयको शैक्षिक गुणस्तर खस्कदै गएको बताउदै नतिजा नराम्रो हुनुमा आफु पनि जिम्मेवार भएको स्वीकारे । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘विद्यालयको नतिजा राम्रो नहुनुमा विद्यालय व्यवस्थापन समिति र स्वयम प्राचार्य र शिक्षकहरुले भुमिका रहेको छ ।’ प्राचार्य खड्काले आफुले शिक्षकहरुलाई  विद्यालयको शैक्षिक स्थीति विग्रएकोमा कडाई गर्दा उल्टै आफुलाई नै नटेरेको समेत बताएका छन् । उनले भने–‘मैले शिक्षकहरुलाई नतिजा राम्रो बनाउनको लागि अग्रह गर्दा पनि उहाहरुले नै टेर्नु भएन् शिक्षकहरु नेता भएको कारण बढि राजनितीकरण भयो जसले गर्दा विद्यार्थी पास हुन सकेन्न ।’
छलफल र संवादबाट समस्याको छलफल गरी अगाडी बढ्नको लागि आग्रह गर्दा पनि  हतार गरेर ताला बन्दी  गरिएको उनको भनाई रहेको छ । असार मसान्तको समयमा विद्यालयमा विभिन्न आर्थिक क्रियाकलापहरु हुने भएको कारण विद्यालयमा असर पर्ने समेत  प्राचार्यले बताएका छन् । 
उता,
शिक्षक अभिभाव संघका अध्यक्ष युवराज अम्गाईले सर्वपक्षिय रुपमा आयोजना गरिएको  अन्र्तक्रियामा  सहभागी हुनको लागि आग्रह गरिएको भएपनि आफ्नो बुटवल नगरपालिकामा काम परेको कारण  उपस्थिती हुनको लागि नसकेको  बुटवल टुडेलाई जानकारी गराएका छन् । उनले विद्यालयमा प्राचार्यको कार्यकक्षमा लागाउनु प्रवेशिका परिक्षामा कम विद्यार्थी उत्र्तिण भएको आफुलाई जानकारी आएको भन्दै  सर्वपक्षीय रुपमा छलफल हुनुपर्ने जानकारी दिए । 
 शिक्षक अभिभाव संघका अध्यक्ष अम्गाई पनि गैर अभिभावक भएको पुष्टी भएको छ । विद्यालय व्यस्थापन समितिको गठन हुदा राजनितिक भागबण्डाको आधारमा  अध्यक्ष भएका उनको छोराले केही समय अगाडी सिद्धेश्वर लाल कुमारी उच्च माविमा अध्यायन गर्ने भएको भएपनि अहिले बुटवल पब्लीक एलेवल कलेजमा अध्यान गर्दै आएका छन । तपाईको छोरा छोरी कस्ले विद्यालयमा अध्यानन गर्दछ भन्ने  प्रश्नमा अध्यक्ष अम्गाईले भने–‘केही समय पहिला छोराले पढ्थ्यो तर यहा पढाई राम्रो नभएको कारण बुटवल पब्लीकमा भर्ना गरिदिएको छु ।’ जुन कुरा स्यम् अध्यक्ष पनि स्वीकार्छन् । 

उता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव सुवेदीसंग सम्पर्क गर्दा मोवाईल बन्द गरिएको पाईको छ । पटक÷पटक उनी संग सम्पर्कको प्रयास गर्दा सम्पर्क हुन सकेन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदी  नेकपा एमाले  रुपन्देही जिल्ला उपाध्यक्ष समेत हुन् । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै