अस्पतालको बेडबाट डाक्टरले भने–‘अझै दुर्गममा सेवा गर्नेछु ।’

कृष्ण खनाल  
 बुटवल, ८ असार

विगत एक बर्षदेख क्यान्सरबाट पिडीत भई भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराईरहेका डा. चित्र प्रसाद शर्मा वाग्ले बा“चेर नेपाल फर्किएमा अर्घाखा“ची भन्दा पनि अझ दुर्गम जिल्लाहरुमा गएर सेवा गर्ने ईच्छा रहेको बताएका छन् ।  विगत १२ बर्ष सम्म अर्घाखा“ची जिल्लाको सदरमुकाम सन्धीखर्कमाको ‘जिल्ला अस्पतालमा’ कार्यरत रहेका डाक्टर चित्र प्रसाद शर्मा वाग्ले अहिले अहिले  भारतको राजविगान्धी क्यान्सर अस्पतालमा आफ्नो उपचार गराईरहेका छन । अर्घाखा“ची वासीहरुको मात्र नभई छिमिकी जिल्लाहरुका विरामीहरुको माझमा लोकप्रीय बनेका डाक्टर अहिले क्यान्सबाट पिडीत भई भारतको राजिव  गान्धी क्यान्सर अस्पतालको वेडमा जीवनमा संघर्ष गरिरहेका छन् ।

शनिवार  बुटवल टुडे कर्मी संगको टेलिफोन कुराकानीमा उनले भने–‘भगवानको भरोसा यदि बा“चेर नेपाल फर्किए भने अर्घाखा“ची मात्र होईन दुर्गम जिल्लाहरुमा गएर पनि सेवा गर्ने छु ।’ उनको अहिले प्रतिमहिना ५ लाख भारतिय रुपैया खर्चमा भैरहेकोछ । अहिले डा.वाग्लेको आन्द्रा र कलेजोमा एपेन्डीस क्यान्सले आक्रमण गरेको छ ।

नेपाल सरकारबाट अहिले सम्म सरकारी कर्मचारी भएको नाताले जम्मा ५ लाख रुपैया मात्र उपचार खर्च पाएका छन् । जुन रकम उनको उपचारको लागि अत्यान्तै कम हो । उनको उपचारको लागिअहिले सम्म ५० लाख रुपैया भन्दा बढि खर्च भईसकेको छ भने अझै करिव २० लाख भारतीय रुप“ैया लाग्न सक्न अनुमान गरिएको छ ।  बुटवल टुडे संगको कुराकानीमा उनले सरकार प्रती आफ्नो गुनासो रहेका बताए । ‘एउटा नेताको कार्यक्रमको लागि सरकारले करोडौ खर्च गर्दछ तर जिवनमरणको दोसाधमा रहेको सरकारी कर्मचारी जिल्ला अस्पतालको प्रमुख डाक्टरको उपचारको लागि चासो नै दिदैन मलाई यस प्रति  गुनासो छ ।’ उनले भने–‘अहिले सम्म विभिन्न सामाजिक संघ संस्था र ईष्ट मित्रहरुको सहयोगबाट बा“चेको छु हेरौ ईश्वले दायाले के हुन्छ ।’ अहिले उनको उपचारको क्रममा आन्दा बाहिर निकालीएको छ भने कलेजोको केही भाग पनि स्थानबाट सरेको डा. वाग्ले टेलिफोनकुराकानीमा बताए । ‘एउटा अपरेशन सफल भयो अव अर्को फेरी अपरेशन गर्नुपर्दछ जसको लागि अझै ४ देखि ५ महिना सम्म यहा नै बस्नुपर्ने हुन्छ ।’ उनले भने । शनिवार आफ्नो फेसबुकमा स्टाटस बाड्दै उपचारको लागि सहयोग प्रदान गर्ने सबैलाई धन्यावाद समेत  दिएका छन ।  वि.स.२०५७ सालमा जिल्ला अर्घाखा“ची अस्पतालमा सेवा सुरु गरेका वाग्ले  रुपन्देहीको पर्रोहाका हुन् । वि.स.२०२४ साल माघमा जन्मीका उनी रुपन्देहीको  पर्रोहा माध्यमिक विद्यालयबाट  प्रथम श्रेणीमा एस एलसी उत्तीर्ण गरेका थिए । डा. वाग्ले  वि.स.२०५७ सालमा अर्घाखा“ची पुग्दा जिल्ला अस्पताल नाम मात्रको थियो । विस्तारै उनले अस्पतालप्रतिको विश्वास बढाए । सेवाको स्तर सुधारि“दै लगे अस्पतालमा पनि बिरामीको संख्या बढ्दै गयो । १२ वर्Èको बसाईमा उनले अस्पताललाई ३५ बेडमा पु¥याएका थिए ।

यतिमात्र होइन भुईमा बिरामी राखेर उपचार गर्नुपर्ने अवस्थामा अस्पताल पुग्यो । अर्घाखा“ची मात्रै होइन गुल्मी र प्युठानका विरामीको भरोसा पनि अर्घाखाची जिल्ला अस्पताल बनेको थियो । उनले विगत सम्झदै भने–‘दशैंमा अष्टमीका दिन घर पुगेको थिए तर पोष्टमार्टमका अस्पातलमा फर्किएर तिहार पनि अस्पतालमै मनाए । ’उनले शनिवार फेसबुक मार्फत वाडेको स्टासस यस्तो थियो । ‘मेरो औÈधीउपचारको क्रममा मलाई मनसिक्, भौतिक तथा अर्थिक रुपमा सहयोग गर्ने देश, बिदेशका डाक्टर साथीहरु, शुभचिन्न्तकसाथीहरु, संघ, संगठनहरुलाई धेरै धेरै धन्यवाद दिनचाहन्छु, हजुहरुको शुभकामना र सहयोगले आजसम्म बचे“को छु यस्तै माय“ा ,ममता र सहयोगको आसा राख्दछ ु। नेपाल फर्केपछी सबै बिस्तारमा सहयोग गर्नेको शुभनाम र सहयोग बारे लेख्ने छु ।’–चित्र प्रसाद शर्मा वाग्ले राजिवगान्धी क्यान्सर हस्पीटलको दिल्ली को बेड्बाट ।’


तस्वीरः फेसबुक मार्फत सहयोगको लागि धन्यावाद दिदै बाडेका स्टाटस ।


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै