आत्मनिर्भरबनाउदै साझेदारी वन


कृष्ण खनाल 
बुटवल, २ जेठ । 
रुपन्देहीको पश्चिम क्षेत्रमा रहेको  वनलाई बैज्ञानिक ढंगले ‘साझोदारी वन कार्यक्रम’ अन्र्तगत वनको दिगो व्यवस्थापन गर्न दिर्घकालिन योजना प्रस्तुत गरिएको छ । 
१ हजार १ सय १८ हेक्टर क्षेत्रफलमा रहेका सालझण्डी र रुद्रपुर गाविसमा रहेको ‘लुम्बिनी साझोदारी वन कार्यक्रम’ मार्फत स्थानिय उपभोक्ता र सरकारले साझेदारीरुपमा स्वीकृत व्यवस्थापन योजना अनुसार अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यकासाथ  दिर्घकालिन योजना प्रस्तुत गरिएको हो । 
त्यस क्षेत्रका १८ वटा गाउविकास समितका  २१ हजार ८ सय ८४ घर धुरीका उपभोक्ताहरुलाई मध्यानजरमा राख्दै वन क्षेत्रमा भएका पुराना, थोत्रा भएका र अनावश्यक रुखहरु हटाए त्यसको सट्टामा नया“ उम्रीएका विरुवाहरुलाई संरक्षण गर्ने र विरुवा नभएको स्थानमा नया“ बृक्षरोपण गरी वनको दिगो व्यवस्थापन गरी राज्य पक्ष र स्थानिय उपभोक्ताहरुले आम्दानी गर्न गरी गरिवी न्युनिकरण र स्थानिय स्तरको आर्थिक विकासमा टेवा पु¥याउन सकिने योजना प्रस्तुत गरिएको हो । उक्त  योजनाबाट वनलाई चार खण्डमा र ८ आवधिक खण्डमा विभाजन गरी वनको बैज्ञानिक ढंगले व्यवस्थापन गर्न लागिएको ईलाका वन कार्यालय बुटवलका प्रमुख बसन्त बाबु श्रेष्ठ जानकारी दिए ।  उनका अनुसार उक्त वनको ३३ प्रतिशत र संरक्षीत क्षेत्र १ सय १३ हेक्टर वाहेकको सम्पुर्ण क्षेत्रमा  साझेदारी वन कार्यक्रम लागू गरिएको छ । अहिले उक्त वनमा साल, असन, बा“झि, कर्मा र जामुन जातका बनस्पती र बाघ, चित्तल, दुम्सी, खरायो, बा“देल, र बन विरालो लगायतका बन्यजन्तुहरु पाईन्छ । 
वनमा अहिले ६ हजार २ सय ६६ वटा प्रतिहेक्टर विरुवाको संख्या रहेको छन् भने औसत लाथ्रा संख्या ४ सय ३६ प्रतिहेक्टर रहेका छन्  । आगामी १० बर्ष आर्थिक बर्ष २०६६÷०६७ देखि २०७५÷७६ सम्ममा उक्त योजना पुरा हुनेछ ।  उक्त वनको १ लाख ७१ हजार २ सय ५ जना उपभोक्ताहरु रहेका छन । 
लुम्बिनी साझोदारी वन व्यवस्थापन समितिका अध्यक्ष जेविउल्लाह खा“ले वनमा रहेका अनावश्यक रुखहरुलाई हटाएर त्यस क्षेत्रमा रहेका नय“ा पालुवा विरुवाहरुलाई हुकाई हराभरा वन बनाउने योजनामामा लागिएको छ । अहिले वनलाई १० किलोमिटरको फरकमा फायरलाईन(अग्नीरेखा) निर्माण गरी आगलागीबाट वनलाई बचाउने योजनामा रहेको छ । जुन अहि आर्थिक बर्षमा पुरा हुने उपभोक्ता समितिका अध्यक्ष खा“ले बताए । उनले भने–“अहिले वनमा अनावश्यक रहेका रुखहरुलाई हटाउनको लागि नम्बरिङ्ग गर्ने काम सम्पन्न भएको छ ।’ यहि आर्थिक मसान्त सम्ममा काम सक्नको लागि टेण्डर प्रक्रिया समेत अगाडी बढेको उनको भनाई छ । करिव ५६ देखि ६० प्रतिशत सम्म सालको मात्र रुख रहेको उक्त वनबाट कटान गरी निकालिएको काठको ६० प्रतिशत उपभोक्ता र ४० प्रतिशत खरिद अधिकार रहेको हुन्छ ।  वनबाट निकालिएका काठ उपभोक्ता समिति भित्रका कुनै पनि सदस्यलाई काठ आवश्यक परेमा बनमा रकम बुझाएपछि उपभोक्ताहरुले काठ लैजान  पाउने व्यवस्था रहेको छ । अन्य सामुदायिक बनको आम्दानी तथा बन संरक्षण गर्ने अधिकार स्थानिय उपभोक्ता र उपभोक्ता समितिमा रहने भएपनि साझेदारी वनको ४० प्रतिशत राजश्व सरकारले उठाउने व्यस्था रहेको ईलका बन कार्यालय बुटवल प्रमुख बसन्त बाबु श्रेष्ठले जानकारी दिए । 
उता जिल्ला बन कार्यालय रुपन्देहीका अधिृकत दिपक ज्ञवालीले  रुपन्देही जिल्लामा २० प्रतिशत  वन रहेको भन्दै सामुदायमा हस्तानान्तरण भएपनि यसको उपभोगक्ताहरुको क्रियाशिलता कम भएकोले सरकार र उपभोक्ता  समुहको  सहकार्यमा साझेदारी बन को अवधारणा सुरु गरिएको जानकारी दिए । त्यस्तै खाली विरुवाहरु नभएको करिव ५ दशमलभ ४ हेक्टर क्षेत्रफलमा नया वृक्ष रोपण गर्ने समेत योजना अगाडी ल्याइएको हो । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै