ठेला व्यवसायी भन्छन–‘बैकल्पीक स्थान देउ’


कृष्ण खनाल
बुटवल, ५ असार 
विगत १० बर्ष यता ठेलामा विभिन्न व्यवासाय गर्दै आएका शिवलाल गहत्राको मन जहिलेपनि त्राशमै हुन्छ । कतिखेर ट्राफिक प्रहरीको नजर ठेलामा पर्ने हो र ट्राफिक प्रहरीको गाडी आएर बेच्नको लागि राखिएको ठेलाको सबै समान उउठाएर लैजाने हो भन्ने मा उनी जहिले पनि मन ढुक ढुक बनाएर व्यापार गर्न वाध्य छन् । 
बुटवल–१३ देविनगरको सुकुम्वासी बस्तीमा बस्ने गहत्राका केही समय अगाडी दुईवटा ठेला थिए  र  ठेला राख्ने  स्थान पनि निश्चित थियो । तर बुटवलको प्रमुख राजमार्ग खाली बनाउने अभियानमा लागेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले  व्यस्त र मुख्य राजमार्गमा ठेलामा सामानहरु राखेर विक्रि वितरणमा रोक लगाएपछी उनले अहिले एउटा मात्र ठेला चलाउने गर्दछन् । एउटा ठेला श्रीमती र एउटा आफुले चलाउने गरेका उनी अहिले एउटा मात्र ठेला चलाउदछन् आफुले ग्राहकलाई समान बेच्ने बेलामा  श्रीमतीले  ट्राफिक प्रहरी कतिखेर आउने हो भनेर हेर्ने गर्दछिन भने  श्रीमतीले ग्राहकलाई समान बेच्दा आफुले ट्राफिक प्रहरी कतिखेर आउछन् भनेर हेर्ने गर्दछन । 
ट्राफिक प्रहरी आएको एक अर्कोले संकेत गरेपछी उनीहरु ठेला दौडाएर भाग्नेगर्नछन । बुधवार बुटवलको पुष्पलाल पार्कमा  ठेलामा आ“पको व्यापार गर्र्दै  गर्दा भेटिएका शिवलाल गहत्राले भने–‘ट्राफिक प्रहरीले कतिखेर आउछ भनेर कुर्दछौ र आएको थाहा पाएपछी दौडाउछौं ।’
उनले अहिले सम्म ट्राफिक प्रहरीले चार वटा ५ किलोको दुईवटा, २ किलोको ४ वटा, एक किलोको ४ वटा र आधा किलोको २ वटा ढक र तराजु समेत लगिसकेको जानकारी दिए । ‘बेच्न लागेको सामान त कति पटक लगिदियो के गर्ने पेट पाल्नको लागि समेत  डरै डरले ठेलामा सामा बेच्न बाध्य छौ ।’ उनले थपे–‘त्यै भएर अहिले पुलीस हेर्नको लागि श्रीमतीलाई संगै ल्याउने गरेको छु ।’४८ बषीय गहत्राको परिवारमा अहिले एक छोरा र एक छोरी छन् । 
गहत्राको परिवार एउटा उदाहरण मात्र हो ।  यसरी बुटवलको ट्राफिक व्यवस्थामा सु–व्यवस्थीत बनाउनको लागि बुटवलमा नया  एसपी विभुतीराज पाण्डे आएपछी‘सडक खाली गराउने अभियानको सुरुवात गरेका थिए । जसको कारण सडकको छेउछाउमा व्यापार गर्ने सडक व्यवापारी तथा ठेलामा व्यवसाय गर्ने व्यापारीहरु विस्तापित भएका थिए । सडक किनारा तथा ठेलामा व्यवापार गर्ने व्यवापारीहरुको संगठन नेपाल स्वरोजगार व्यापार श्रमीक संगठन रुपन्देहीका  अध्यक्ष श्याम केसीले  सडक किनारामा व्यापार गर्नमा बन्देज लगाएपछी अहिले बुटवल –१३ देविनगरमा पसल सुरु गरेको जानकारी दिए । उनले यसरी हटाईका व्यवसायीहरुलाई छुट्टै व्यववस्थीत स्थानमा व्यवस्था  गर्नुपर्ने भन्दै यसको लागि सबैको सहकार्य जरुरी रहेको बताए । उनले भने–‘हामीलाई पनि गरीखाने वातावरण पाउनुप¥यो ।’
पछिल्लो समयमा रुपन्देही ठेला व्यवसायी संघ गठन गरेर मुख्य राजमार्गहरुमा ठेला गुडाउनु पाउनुपर्ने र ट्राफिक प्रहरीले ठेला व्यवासयीहरुलाई गर्ने व्यवहारलाई सुर्धान दबावको लगि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएको छ । रुपन्देही ठेला व्यवासायी संघका अध्यक्ष मोतिलाल कण्डेलले ट्राफिक प्रहरीले ठेला व्यवासायी माथि गर्ने व्यवहार सुधारको लागि दाव दिनको लागि पश्चिम क्षेत्रीय ट्राफिक कार्यालयमा धर्ना कार्यक्रम समेत गरेको जानकारी दिदै आगमी दिनमा आफुहरुको माग पुरा नभएर चरणवद्वरुपमा संघर्षका कार्यक्रमगर्ने जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने, इलाका प्रंशासन कार्यलमा धर्ना दिने तथा बुटवल नगरपालिकामा धर्ना दिने सम्मका कार्यक्रमहरु गर्ने जानकारी दिए । यसको अलवा बुटवलको कृषि उपजबाट कुनैपनि फलफुल तथा तरकारी विक्री वितरणमा रोक लागउनुको सथैसम्पुर्ण ठेलाहरु ट्राफिक  प्रहरीलाई बुझाउने सम्मका कार्यक्रमहरु तय गरिएको अध्यक्ष कण्डेलले जानकारी दिए । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै