१७ पढाएका शिक्षकलाई ३ लाख उपदान


कृष्ण खनाल 
बुटवल, ७ असार  । 
 डेढ दशक भन्दा बढि  समय नीजि विद्यालयमा अध्यापन गराएर विदा ह“ुदा एउटा शिक्षकले के पाउछ ? सवैको उत्तर हुनेछ सेवा गरेवापत विद्यालले दिने सानो धन्यावद सहितको सानो प्रमाण पत्र ।  तर रुपन्देहीको एक नीजि विद्यालयमा अध्यायन गराएका एक नेपाली विषयका शिक्षक भने शुक्रवार गलाभरी माला, अविर, माया“को चिनो प्रमाण पत्र सहित ३ लाख ५ हजा रुपैयाको उपदान स्वरुप चेक समेत पाएका छन् । 
विगत १७ बर्षसम्म बुटवलको सिद्धी चिल्डे«न बोर्डिङ्गमा अध्ययापन गराएका चतुर्भुज आत्रेयले रुपन्देहीमै पहिलो पटक ३ लाख भन्दा बढि रकम उपदान सहित विद्यालयबाट विदाई भएका हुन । 

बुटवल–१० श्रवण पथमा रहेको सिद्धीचिल्डे«न एकेडमी बुटवलले  उनलाई शुक्रवार  एक कार्यक्रमको आयोजना गरी उनलाई विद्यार्थी, अभिवाक, शिक्षक शिक्षीका र संस्थापक प्राचार्य र प्राचार्यर्ल  गलाभरी माला,अविर लगाएर सम्मान गरेका हुन् । सुस्त श्रवण समेत रहेका उनी ५८ बर्षमा लागेका छन् । 

विद्यालयका संस्थापक प्रीन्सीपल राजु गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा  एनप्यावसन रुपन्देहीका अध्यक्ष कृष्ण पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । विद्यायकी प्राचार्य ईन्द्रा गुरुङ्गको स्वागत मन्तव्य रहेको कार्यक्रममा बोल्दै  सम्मानित शिक्षक चर्तुभुज आत्रेयले विद्यालयले आफुलाई उपदान सहित सम्मान गर्दा गौरवान्वीत भएको बताएका थिए ।  ५८ बर्षमा लागेका आत्रेयले आफु विद्यालयबाट विदा भएर  गएपनि सधैभरी विद्यालयको अभिभावकरुपमा रहने बताएका थिए ।
 उनले भने–‘मेरो मिहिनेतको कदर गर्नुभएकोमा आभारी छु ।’ उनले आफुले अन्य आयआर्जनको बाटो समेत गर्न नसक्ने अवस्थमा विद्यालयले एउटा अनुकरणीय कार्य गरेको समेत बताएका थिए । एनप्याव्सन रुपन्देहीका अध्यक्ष तथा प्रमुख अतिथी कृष्ण पौडेलले रुपन्देहीमा नीजि विद्यालयले विद्यालयमा सेवा गरेका शिक्षकलाई ठुलो रासीको उपदान सहित सम्मान गर्ने विद्यालय पहिलो भएको भन्दै यस्तो कार्यको अनुशरण अन्य विद्यालयहरुले पनि गर्नुपर्ने बताएका थिए । कार्यक्रममा विद्यालयका शिक्षक त्रिभुवन पराजुली, कमल गीरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै