मानवअधिकार उलंग्घनका घटना घटेपनि उजुरी नपर्नै खुलासा


कृष्ण खनाल
बुटवल, जेठ । 
पछिल्लो समयमा मानवअधिकार उलंघन र यौनजन्य अपराधका घटनाहरु बढ्दैगएपनि विभिन्न मानवअधिकारवादी संघ–संस्थाहरु तथा प्रहरी प्रशासनमा कम मात्रामा उजुरी पर्ने गरेको पाईको छ । 
मानवअधिकारको क्षेत्रमा काम भनेर स्थापना भएका विभिन्न मानवअधिकारवादी संघ संस्थाहरुले पीडितले आफ्नो समाजमा बेईज्यतीहुने तथा पिडकबाट थप पिडा पाउने भयको कारण सम्बन्धीत न्यायिक निकायमा उजुरीदिनको लागि डराउने गरेको राष्ट्रिय मानवअधिकार आयोग उप–क्षेत्रीय कार्यालय बुटवलका प्रमुख दीपकजंग ध्वजकार्कीले जानकारी दिए ।
उनले पछिल्लो समयमा युद्धजन्य मानवअधिकार उलंघनका घटनाहरु भन्दा महिला हिंसा र यौनजन्य हिंसाका घटनाहरु बढेको उनको भनाई छ । पछिल्लो समयमा यौनजन्य हिंसा रोक्नको लागि कानुनको अभाव रहेको उनको धारणा छ । उनले भने–‘कानुनको समेत अभाव छ हामले अध्यायन अनुसन्धान गर्दैछौ तर कारवाही पक्रियामा जा“दा ढिला हुन्छ ।’
 विगत १३ बर्षयता मानव अधिकारको क्षेत्रमा वकालत गर्दै आएको राष्ट्रिय मानवअधिकार आयोगमा अहिलेसम्म नेपालभरबाट लगभग ११ हजार उजुरी परेपनि अहिलेसम्म ६५० सिफारीसहरु गरिएको छ भने करिव ४ हजार उजुरीहरुको फछ्यौट समेत भएको छ । तर यो संख्या कम हो । गा“उ–गाउ“मा हुने कुनैपनि मानवअधिकार उलंघनको घटनाहरु उजुरी गर्ने सम्बन्धीत निकायमा पहु“च नहुनुको कारण पनि घटनाका उजुरी कमै मात्रामा  पर्ने गरेको पाईन्छ । 
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक(डिएस्पी) राजकुमार वैदावारले पछिल्लो समयमा अपराध गर्ने‘टे«न’(तरीका) बदलिएको बताउद“छन । बढ्दो सहरीकरण र प्रविधीमा आएको विकास र विस्तारको कारण त्यसको गलत प्रयोग गरी विभिन्न प्रकारका घटनाहरु घटाउने गरेको उनको भनाई छ । ‘पछिल्लो समयमा ईन्टरनेटको  ‘मिसयुज’ गरेर विभिन्न घटनाहरु घटाउने गरेको पाइएकोछ ।’ उनले भने–‘जसको कारण आपराधीक क्रियाकलाप र मानअधिकारका उलंघनका घटनाहरु पनि बढेका छन् ।’ उनले यस क्षेत्रमा हुने कुनैपनि मानवअधिकार उलंगनका घटनाहरुको वारेमा आफुले निस्पक्षरुपमा कानुन बमोजेम छानविन र कारवाही गर्ने जानकारी दिदै बैदावारले यस क्षेत्रमा ‘कुनैपनि डनको राज’ हुन नदिने समेत बताए । उनले भने–‘ यो देश डनको राज्य होईन कानुन राज्य हो ।’  उनले मानवअधिकार उलंघनका घटनाहरुको बारेमा शसक्त ढंगले काम गर्ने समेत बताएका थिए । त्यस्तै शसस्त्र प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) खेमनारायण अधिकारले पनि कुनैपनि मानव अधिकार उलंघनको घटनाहरु भएको जानकारी आफ्नो मातहातमा आएमा त्यसको लगि जस्तो सुकै सहयोग गर्न बताए । 
उता, मानवअधिकार तथा शान्ती समाजका केन्द्रीय सदस्य तथा रुपन्देही पुर्व अध्यक्ष  गोविन्द खनालले पछिल्लो समयमा दण्डहिनता मौलाउदै गएको कारण महिला हिंसाका घटनाहरुमा वृद्धि भएको भन्दै यसकोलागि सशक्त कडा भन्दा कडा कारवाहीहुने ऐन ल्याउनुपर्ने बताउ“दछन् । पछिल्लो समयमा यस क्षेत्रमा आरोपीत व्याक्ति वा अभियुक्तलाई अपराध प्रमाणित नभए पनि अभियुक्त भन्दै प्रहरीले सार्वजानिक गर्ने घटनाहरुमा वृद्धि भएको भन्दै कुनैपनि अपराधी प्रमाणित नभएसम्म उसको व्याक्तिगत अवस्था वाहिर ल्याउन नपाउने नियम भएको बताए । 
राष्ट्रिय मानअधिकार आयोग उप–क्षेत्रीय कार्यालय बुटवलमा अहिलेसम्म ४ सय ६४ वटा मात्र उजुरी दर्ता भएका छन । विगतका बर्षहरुमा भन्दा उजुरी दर्ता हुने क्रम सयबर्ष घटेको संस्थाको तथ्याङ्कले देखाएको छ । गत बर्षमा २६ वटा उजुरीहरु दर्ता भएकोमा यस बर्ष जम्मा १५ वटा मात्र उजुरीहरु दर्ताभएका छन । दर्ता भएका उजुरीहरुमा हत्या, वेपत्ता पारिएको, धम्की, बलात्कार लगायतका उजुरीहरु परेका छन् । अहिलेसम्म संस्थामा  महिला अधिकारको सम्बन्धमा जम्मा १६ वटा मात्र उजुरी  दर्ता भएका छन भने यस बर्षमा ३ वटा मात्र उजुरी परेको जनाइएको छ । 
तराई मधेस अधिकार सञ्जालको एक तथ्याङ्क अनुसार  चालु आर्थिक बर्षको १० महिना चैत सम्ममा नेपालभरमा १९ वटा जवरजस्ती करणीका घटनाहरु भएका छन भने ९ वटा जवजस्ती करणी उद्योगका घटनाहरु भएका छन । त्यस्तै चैत्र महिनामा मात्र नेपाल भरमा ४१ वटा जवजस्ती करणी र उद्योगका घटनाहरु भएका छन । 




Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै