म्यालमा ग्राफ्टङ्गी गरी हजारौको आम्दानी

कृष्ण खनाल
मदनपोखरा, (पाल्पा) बैशाख २४ ।
करिव   २३ बर्ष पहिला  पाल्पा जिल्लाको मदनपोखरा गा“उ विकास समिति वार्ड नम्बर ७ को बराङ्गदीकोल सामुदायिक वन बगरको रुपमा थियो ।
त्यतिबेला कसैले पनि सोचका पनि थिएन्न की उक्त वन हरियाली होला र त्यही  वनबाट नै आम्दानी गर्न सकिएला भनेर । कल्पना समेतगर्न नसक्ने अहिलेको त्यो  ठाउ“का जनताहरु त्यही वनबाट राम्रो आम्दानी मात्र गरेका छैन्न सम्पुर्ण वननै ‘हरित वन’को  रुपमा परिरण भएको छ ।
वि.स.२०४७  सालमा बगर रहेको ठाउ“लाई स्थानिय बासिन्दाहरुको पहलमा अहिले हराभरा बनाइएको छ । बगर रहेको स्थानमा वि.स. २०५०  सालबाट विस्तारै म्याल(नासपाती प्रजातीको जंगली फल)का बोटहरु उम्रीएका थिए । त्यतिबेला जंगलमा पहिला जस्तो बगर त रहेन तर अधिकांस क्षेत्रमा का“डा भएको म्याल उम्रीएपछि स्थानिय वासिन्दामा थप समस्यामा परे र कसरी उक्त क्षेत्रलाई आम्दानीको स्रोत बनाउने भन्न तर्फ लागे । ९. ५ हेक्टर क्षेत्रफल रहेको उक्त क्षेत्रमा नया“ जुक्ती निकाले स्थानियबासिन्दाहरुले । उक्त जुक्ति थियो म्यालको बोटमा नास्पाती को ग्राफिफ्टीङ्ग (कलमी)गर्ने  र आर्थिक आर्जन गर्ने । सोही अनुसार अहिले उक्त बराङ्गकोल  सामुदायिक बनमा ३.५० हेक्टरमा  ग्राफ्टीङ्ग गरिएको छ ।  ४ हजार म्यालको बोट रहेकोमा ति सबैमा ग्राफ्टीङ्ग गरिएको छ  ।
जिल्ला कृषी विकास कार्यालय को कृषि सेवा केन्द्रबाट सहयोगमा प्राविधिक सहयोगमा २०५२ ÷०५३  सालबाट ग्राफ्टीङ्ग गरेको  थियो । ग्राफ्टीङ्ग गरिएको ३÷४ बर्ष पछि उत्पादन दिन सुरु गरेको  म्यालको बोट बार्षिक रुपमा १५ देखि २० हजार रुपैया नाफा गर्दै आएको छ  ।  एक सिजनमा अलि बढि र एक सिजनमा अलि कम उत्पादन हुने नास्पाती प्रतिबोरा  बोराको ३ देखि  ५ सय रुपैया सम्ममा विक्रि गर्दै आएको सामुदायिक बनका उपाध्यक्ष कमला केसीले जानकारी दिईन । उनले भनिन्–‘ यहाका उपभोक्ताहरु आफैले नै बुटवल सम्म बेच्नको लागि लान्छौ ।’ उक्त सामुदायिक बनमा फुस्रे, लाम्चो खैरो  प्रकारको स्थानिय  जातको नासपातीहरु उत्पादन हुदै आएको छ । सुरुमा म्यालमा ग्राफ्टीङ्ग गर्नको लागि त्यहाका उपभोक्ताहरुलेनै आफै घर घर बाट नासपातीको हांगा ल्याएर  गरेका थिए ।
दुई प्रकारले (बोट गोलो गरी काटेर) र टप्स(छड्के गरी काटेर) ग्राफ्टीङ्ग गर्दै आएको टङ्ग  गरिन्छ । यो खासगरी पुस र माघ महिनामा गरिने गरेको छ । जसको लागि प्राविधिक सहयोग  कृषी सेवा  केन्द्रले गर्ने गरेको छ ।  उक्त सामुदायिक बनमा सुरुमा १६ वटा उपभोक्ताबाट सुरु भएको थियो भने अहिले १२० घर धुरी रहेका छन । खुल्ला जंगलमा नासपाती रहेपनि कसैले पनि नझार्ने तथा नोक्सान नगर्ने गरेको उपभोक्ता समितिले जनाएको छ । यदि अनुमती विना नोक्सा गरेको वा वन भित्र प्रवेश गरेमा ५ सय रुपैया जरिमाना तिर्ने नियम भएपनि कसैले पनि नोक्सान  गर्ने गरेका छैन्न । मदनपोखरा गाविसमा ११ वटा  सामुदायिक वन रहेपनि बराङ्गदीकोल सामुदायिक बन नमुना बनको रुपमा विकसीत भएको छ । वनको वारेमा अवलोकन गर्नको लागि बार्षिक रुपमा १ सय ५० वटा सम्म अनुगमन टोली आउने गरेका छन । स्वदेशबाट यस प्रविधीको वारेमा जानकारी लिनको लागि विभिन्न  सामुदायिक वन प्रतिनिधी  तथा कृषकहरु आउने गरेका छन भने विभिन्न विदेशी राष्ट्रहरु  जर्मन, श्रीलंकाबाट  समेत  अवलोकनमो लागि आउे गरेको जनाईएको छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै