तालिम पाएपछि आत्मनिर्भर बन्ने आशा



कृष्ण खनाल 
बुटवल, 
 रुपन्देहीको सालझण्डी गाविस वार्ड नम्बर–८ तालि की स्वतिका खनाल बुधवार प्रफुल्ल मुद्रामा भेटिन् ।  बाया“ खुट्टा पोलियोशंकमणको कारण अपाङ्गता बनेकी उनी यसरी फुरुङ्ग हुनुको एउटै कारण थियो अव समाजले उनलाई एउटा अपाङ्गता भएको व्याक्तिको रुपमा नहेरी व्यसायीको रुपमा समेत हेर्नेछ ।
रुपन्देही अपाङ्ग पुर्नस्थापना केन्द्र दुधराक्ष–२ कलौनी रुपन्देहीको आयोजनामा अपाङ्गता भएका व्याक्ति र तिनका अभिभावहरुको लागि अचार बनाउने तालिमको समापन कार्यक्रममा सिकेको सीप प्रयोग गरेर समुहमा बनाएको  अचार प्रमुख अतिथीबाट ग्रहरण गर्दै गर्दा उनले भनिन्–‘ मैले सिकेको सिप व्यवहारमा लागू गर्ने छु त्यतिकै खेरा जान दिने छैन आफ्नै व्यसाय सुरु गर्नेैछु ।’
कक्षा १० सम्मको अध्यायन पुरा गरेकी उनले  गाउमा अचार निर्माण गरी पहिला आफ्नो परिवार र छरछिमेकमा विक्रि वितरण गर्ने योजना समेत सुनाईन् । उनले भनीन्–‘आफुसंग भएको केही रुपैयाबाट पहिला अचार बनाउने सामन किन्छु अनी अचार बनाएर पहिला त घर परिवारलाई नै खुवाउछु अनि आफन्त र छर छिमेकीलाई पनि ।’
करिव १ घण्टाको बाटो पैदल हिडेरै तालिममा सहभागीहुन आउने गरेको बताउने उनले घरपरिवारबाट पुर्णतया सहयोग पाउने समेत आशा  व्याक्त गरिन् । ‘अहिले सम्म राम्रै साथ पाएकी छु आशा छ यो व्यसायमापनि घरमा आमाबुबाले साथ दिनुहुनेछ ।’
गाउ“मा पहिला सिलाईकटाई सम्बन्धी तालिम लिएर केही भएपनि सक्षम हुनको लागि सहयोग पुगेको बताउनु उनले थप अचार बनाउने तालिम प्राप्त गरेपछि अmझ बढि आत्मबल बढेको प्रतिक्रिया दिईन् । उनीमात्र  रुपन्देही अपाङ्ग पुर्नस्थापना केन्द्रले  अचार बनाउने तालिम प्रदान गरेका १३ जना सहभागीहरुले पनि परिवारको सहयोगपाएमा सीपलाई व्यवहारमा लागूगरी आत्मनिर्भर बन्ने बताएका थिए ।
जिल्ला विकास  समितिका सामाजिक विकास अधिकृत दुर्गाप्रसाद श्रेष्ठले आपाङ्गता भएका व्याक्तिहरु अन्य व्याक्तिहरु भन्दा कुनै कम नभएको भन्दै आफुले सिकेको सिपलाई व्यवहारमा लागू गर्ने पर्ने बताएका थिए । ‘सिकेको सिपको प्रमाण पत्र सिरानीमुनी राख्ने होईन यसलाई व्यवहाराम लागु गर्नुुस् आत्मनिर्भर बन्नुको साथै आर्थिक उपार्जनमा समेत सहयोग पु¥याउनेछ ।’
उनले चालु आर्थिक बर्षमा अपाङ्ग विकास कोषको रकमबाट विभिन्न आयमुलक, चेतनामुलक र सिपमुलक कार्यक्रमहरु आयोजना गरिएको जानकारी गराउदै अपाङ्गगता भएका व्याक्तिहरुले उच्च मनोवल राखेर आफुले सिकेको सिप व्यवाहारमा लागुगरेरै छाड्नुपर्नेमाजोड दिएका थिए । उनले थपे–‘सिकेको सिपलाई व्यवहारमा लागूगर्नुस् समाजले तपाईहरुलाई घृणा होईन सम्मान गर्नेछ ।’ संस्थाका अध्यक्ष सालिकराम पौडेलले तालिम प्रदान गरेका सहभागीहरुबाट निर्माण भएको अचार संस्थालेनै खरिद गर्ने र विक्रिबाट आएको रुपैया स्वयम् अपाङ्गता भएका व्याक्तिहरुलाई दिने योजना संस्थाले बनाएको  जानकारी दिए ।
केन्द्रका कोषाध्यक्ष शंकर रेग्मीको सञ्चाल तथा अध्यक्ष सालिकराम पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । गत बैशाख ५ गते देखि जेठ ८ गते सम्म सञ्चालन भएको तालिममा करिव१३ जना अपाङ्गता भएका व्याक्तिहरु र तिनका अभिभावकहरुको सहभागीता रहेको थियो । समाापन कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष देवि वहादुर पोखरेल, दुधराक्ष  गाविस सचिव  खडानन्द सापकोटा र संस्थाकी सदस्य तथा नेपाल अपाङ्ग महासंघ पश्चिमाञ्चल उपाध्यक्ष कल्पना ढकाल लगायतले सिकेको सीप व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिविस रुपन्देहीका तालिमको प्रशिक्षक सुमी गुरुङ्ग  रहेकी थईन् भने  रुपन्देहीका दुधराक्ष गाविस र सालझण्डी गाविसबाट सहभागीता रहेको थियो ।
------
अपाङ्गता भएका व्यक्तिहरुलाई अचार बनाउने तालिम
बुटवल,  जेठ ।
रुपन्देही अपाङ्ग पुर्नस्थापना केन्द्र दुधराक्ष–२ कलौनी रुपन्देहीको आयोजनामा सञ्चालित अपाङ्गता भएका व्याक्ति र तिनका अभिभावहरुको लागि अचार बनाउने तालिम सम्पन्न भएको छ । बुधवार रुपन्देहीको दुधराक्ष गाविसको सभाहलमा आयोजना गरिएको समापन कार्यक्रममा जिल्ला विकाश समितिका सामाजिक विकास अधिकृत दुर्गा प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । केन्द्रका कोषाध्यक्ष शंकर रेग्मीको सञ्चाल तथा अध्यक्ष सालिकरामदास पौडेलको अध्यक्षतामा भएको थियो । गत बैशाख ५ गते देखि जेठ ८ गते सम्म सञ्चालन भएको तालिममा करिव१३ जना अपाङ्गता भएका व्याक्तिहरु र तिनका अभिभावकहरुको सहभागीता रहेको थियो । समाापन कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष देवि वहादुर पोखरेल, दुधराक्ष  गाविस सचिव  खडानन्द सापकोटा र संस्थाकी सदस्य तथा नेपाल अपाङ्ग महासंघ पश्चिमाञ्चल उपाध्यक्ष कल्पना ढकाल लगायतले सिकेको सीप व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिविस रुपन्देहीका सामाजिक विकास अधिकृत  दुर्गाप्रसाद श्रेष्ठले चालु आर्थिक बर्षमा अपाङ्ग विकास कोषको रकमबाट विभिन्न आयमुलक, चेतनामुलक र सिपमुलक कार्यक्रमहरु आयोजना गरिएको जानकारी गराउदै अपाङ्गगता भएका व्याक्तिहरुले मनोवललाई उच्च राखेर आफुले सिकेको सिप व्यवाहारमा लागूगर्नुपर्नेमा जोड दिएका थिए । उनले भने–‘सिकेको सिपलाई यतिकै थन्काएर नराख्नुहोस् व्यवहारमा लागू गर्नुस् सामजले तपाईको सम्मान गर्नेछ ।’ तालिमको प्रशिक्षक सुमी गुरुङ्ग  रहेकी थईन् भने  रुपन्देहीका दुधराक्ष गाविस र सालझण्डी गाविसबाट सहभागीता रहेको थियो ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै