‘कवाड संकलनकर्तालाई अनिवार्य पोशाक’

कृष्ण खनाल 
बुटवल, २९ जेठ । 
‘बेच्नुस् फलाम प्लास्टीक सिसी बोतल कापी–किताब’ भन्दै तपाईंको टोल–टोलमा कवाड संकलनकर्ताहरु आउ“दा अब ख्याल गुर्नहोला ।’ किनभने कवाड संकलनको गर्ने व्याक्तिको भेषमा पछिल्लो सयममा विभिन्न व्याक्तिहरुले अपराधिक कृयाकलाप तथा चोरी डकैटीमासमेत  संलग्न हुने गरेको पाइएको छ ।
यसरी केही समयको लागि मात्र विभिन्न  क्षेत्रमा आएर साईकल भाडामा लिई केही टोल टोलमा डुली त्यहाको बस्तु स्थीति बुझेर चोरी गर्ने गरी विभिन्न व्याक्तिहरु फरार हुने गरेको प्रहरीको तथ्याङ्कमा देखाएको छ ।
यसरी कवाड संकलनको नाममा चोरी गर्ने गरेको तथ्यलाई मध्यनजर गर्दै विहिवारबाट नेपालमै पहिलो पटक नमुनाको रुपमा कवाड संकलनकर्ताको स्पष्ट पहिचान खुल्ने अनिवार्य पोसाकको व्यवस्था गरिएको छ ।
यसरी पोसाक नलगाई आउने कवाड संकलनकर्ताहरुलाई आए भने कवाडका सामाग्रीहरु नबेच्नुहोला । किनभने उनीहरु पोसाक विना आएका छन  भने उनीहरुको उदेश्य नै चोरी गर्ने या त्यहाको चोरी गर्नको लागि विशेष सुराकी गर्नको लागि यसरी डुल्ने गरेको प्रहरीले जनाएको छ ।
यसरी टोल टोलमा आउने कवाड संकलनकर्ताहरुले अनिवार्यरुपमा हल्का खैरो रङ्गको ‘नेपाल पुन प्रयोग बस्तु व्यवसायी संघ रुपन्देही, शंकलन कर्ता व्याज नम्बर’ भनेर उल्लेख गरीएको पोसाक लगाउने व्यवस्था गरिएको छ । प्रहरी प्रशासनको  सहयोगमा नेपाल पुन  प्रयोग  बस्तु व्यवासायी संघले यस्तो व्यवस्था नेपालमै पहिलो पटक रुपन्देहीमा  स्पष्ट पहिचान खुल्ने पोसाकको व्यवस्था सुरु गरेको हो ।
अव जुन टोल टोलमा आउने कवाड संकलनर्ताहरुले यस्तो प्रकारको पोसाक नलगाएको व्याक्तिहरुलाई कवाजका सामाग्रीहरु नबेच्नको  लागि समेत प्रहरीले  आग्रह गरेको छ । बुधवार बुटवलमा एक कार्यक्रमको अयोजना करिव ५ सय जना  पुन प्रयोग बस्तु संकलनतकर्ताहरुलाई उक्त पोसाक वितरण गरिएको हो ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार बैदवारले कवाड संकलनकर्ताको नाममा विभिन्न चोरी तथा डकैटीमा समेत गर्ने गरेको कारण रुपन्देही जिल्लाबाट पहिलोपटक नमुना अभियानको सुरुवात गरिएको जानकारी दिए । उनले भने–‘हामीले कवाड संकलनको नाममा हिड्ने व्याक्तिहरुले ग्रील फोरेर पसलमा चोरी गरी फरार भएको समेत प्रमाण फेला पारेका छौ उनीहरुको पहिचानको लागि समेत यो अभियानको सुरुवात गरिएको हो ।’
यसरी अव कवाड संकलन कर्ताहरुको भेषमा आउने कवाड संकलनकर्ताहरुले अव अनिर्वाय रुपमा पहिचान स्पष्ट खुल्ले गरी व्याज नम्बर सहितको पोसाक लगाउनुपर्नेछ । उता, नेपाल पुन प्रयोग वस्तु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष जमिरलाल प्रसाद जयसवालले कवाड संकलन व्यसायीको व्यवस्थापनको लागि नेपालमै पहिलोपटक पोसाकको व्यवस्था गरिएको जानकारी दिए । उनले मनिसहरुले फोहर गर्नको लागि न हिचकिचाउने तर फोहर संकलन कर्ताहरुलाईभने नराम्रो व्यवहार गर्ने गरेको गुनासो गर्दै बुटवलको क्षेत्रमा नया कवाड संकलन तथा बेचविखनको लागि कवाड ग्रामको आवश्कयता रहेको समेत बताए । उनले भने–‘चोरी गर्नेहरुले कवाड संकलन कर्ताको नाममा आएर चोरी गर्ने गरेको कारण हाम्रो वदनाम समेत हुने गरेको छ ।’ उनले करिव ५ दिन सम्म कवाड संकलन गर्ने व्याक्तिहरुले कवाड संकलन नगर्ने हो भने सहरनै पुरै दुगन्धीत हुने बताउदै सरकारी क्षेत्रबाटै यसको व्यवस्थापन हुनुपर्ने समेत बताए ।
उता, कवाड संकलनबाटै विभिन्न कृर्षिजन्य औजारहरु उत्पादन गर्दै आएको विश्वकर्मा कृर्षि औजार उद्योगका सञ्चालक प्रेम लोहनीले खेरा गएका विभिन्न सामग्रीहरुबाट निर्माण गरिएको औजारहरुलाई सरकारी क्षेत्रबाटै पोत्साहन गर्नुपर्ने बताए । उनले भने–‘स्वदेशमै खेरा गईरहेको विभिन्न वस्तुहरुबाट निर्माण गरिएका बस्तुहरुबाट निर्माण गरेका कृर्षिजन्य निर्माण सामाग्रीहरुको लागि सरकारले हामीलाई प्रत्साहन गर्नुपर्दछ ।’
अहिले रुपन्देहीमा करिव ५ सय जना पुन प्रयोग वस्तु संकलन कर्ताहरु रहेका छन भने करिव ७० वटा कवा संकलन केन्द्रहरु रहेका छन ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै