अविरल बर्षाकोकारण देशभरको जनजिवन प्रभावित भारी बर्षा अझै केही दिनःमौसमविद्



कृष्ण खनाल 
बुटवल, ४ असार  । 
शुक्रवारबाट सक्रिय रहेको मनसुनको प्रभावले अविरल बर्षा हुदा देशभरको जनजीवन प्रभावीत भएको छ । भारतको पुवीय क्षेत्रबाट नेपालमा प्रवेश गरेको मनुसनी वायुले  आईतबार र सोमवार  पुर्ण सक्रियाता देखाउदा देशभरको  वाढि, पहिरोको  कारण सर्वसाधारणहरुले सास्ती खेपेका छन् । भारी बर्षाभएपछी आएको बाढि, पहिरोको कारण कायौ स्थानहरुमा घरहरु बगाउनुको साथै मनिसहरुको समेत मृत्यू भएको छ ।
तर जल तथा मौसम विज्ञान पुर्वानुमान महासाखाले मंगलबारबाट मौसममा सुधार आउने बताएको छ । सामान्य रुपमा पानी पर्ने क्रम जारी रहेपनि अविरल र भारी बर्षा भने रोकीने अनुमान गरेको छ । जल तथा मौसम विज्ञान पुर्वामानुमान महाशाखा काठमाण्डौका बरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले शुक्रवारबाट नेपालमा मनसुनीवायु प्रवेश गरेको भएपपनि यसले शनिवार सा“झबाट मात्रै पुर्णरुपमा सक्रिय भएको हो । 
बुटवल टुडेसंगको टेलिफोन कुराकानीमा बरिष्ट मौसमविद् श्रेष्ठले भने–‘अहिले मनसुनी वायु पुर्णरुपमा सक्रिय रहेको छ यसको प्रभाव अmझै केही दिन रहने हाम्रो अनुमान छ ।’  नेपालमा मनसुन १० जुन (जेठको अन्तीम हप्ता) देखि २३ सेप्टेम्बर (अशोजको पहिलो हप्ता) सम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ ।  जुन समयमा बर्षा हुने गर्दछ । 
मौसमविद् श्रेष्ठले करिव मंगलबारबाट नेपालको पुर्वी र मध्य क्षेत्रको मौसममा  सुधार आउने जानकरी दिए । उनले अहिले पुर्णरुपमा सक्रिय रहेको मनसुनी वायु एक दिन जती रहेने छ भने त्यसपछीका दिनहरुमा भारी बर्षा कम हुनेछ । मौसमविद् श्रेष्ठले अहिले सम्म नेपालको पुर्व भागमा यो मन्सुनी वायुले केही कम प्रभाव देखाएको भएपनि नेपालको मध्य र पश्चिमी क्षेत्रहरुमा भने पुर्णरुपमा सक्रिय रहेको छ । 
जल तथा मौमस विज्ञान पुर्वानुमान महासाखाका अनुसार भैरहवामा आईतबार यसबर्षकै सबैभन्दा बढि बर्षा भएको छ ।  गौतम बुद्ध विमानस्थल मौसम साखाका अनुुसार उक्त क्षेत्रमा १ सय ४४ दशमल ६ मिलिमिटर बर्षा भएको थियो । आईतबार भैरहवामा १ सय ४४ दशमलब ६ मिलिमिटर पानी परेकोमा सोमवारर भने केही कम पानी परेको छ । जल तथा मौसम विज्ञान पुर्वानुमान महासाखाका वेभसाईटमाउल्लेख गरिए अनुसार आईतबार डडेल्धुरामा १ सय ४ दशमलब ४ पानी परेकोमा  सोमवार भने २५.३ मिलीमिटर बर्षा भएको छ । त्यस्तै  दिपायलमा आईतबार ६७ दशमलव ८ मिलिमिटर र सोमवार ११.३ मिलिमिटर बर्षा भएको छ । धनगढीमा आईतबार ९२ दशमलब ६ र सोमवार ४.९ बर्षा भएको छ । सुर्खेतमा आईतबार ६० दशमलब १  र सोमवार ४.९ मिलिमिटर बर्षा भएको पाईएको छ । नेपालगञ्जमा आईतबार ७१ दशमलब ४ बर्षा भएको थियो ।  जुम्लामा आईतबार  १० दशमलब ५ र सोमवार २.७ मिलिमिटर र दाङमा  आईतबार ७७ मिलिमिटर पानी परेको छ । सोमवार पोखरामा सबैभन्दा बढि ४८ मिलिमिटर बर्षा भएको जल तथा मौसम विज्ञान पुर्वानुमान महासाखाले जनाएको छ । त्यस्तै काठमाण्डौमा १९.७, धनकुटामा २८.३, जोमसोममा ५.५ मिलिमिटर बर्षा भएको छ । 
तीनाउले बगाएर एक जनाको मृत्यु
वाढीले बगाएर ल्याएको दाउरा संकलनको लागि  गएका एकजनाको  तीनाउ नदीले बगाएर ज्यान गएको छ ।  सोमवार विहान बाढीले बगाएर ल्याएका काठ देखेपछी टिप्नको लागि नदिमा प्रवेश गरेका बुटवल वार्ड नं. ७ का हकिज अन्सारी मुल्लाहको मृत्यु भएको हो । प्रहरीका अनुसार उनलाई बुटवलको पारी बुटवल जाने झोलुङगे पुल नजिकैबाट उनलाई बगाए थियो ।  उद्दार गर्न प्रयास गर्दा गर्दै उनको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन । 
बुटवल–पाल्पा सडक अवरुद्व
बर्षाको कारण पहिरो झरेपछी  सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल–पाल्पा सडकको तल्लो सिद्धबाबा सोमवार विहानबाटै उक्त सडक अवरुद्वभएको थियो । सोमबार विहानैबाट अवरुद्वभएको सडक करिव ६ घण्टा पछी दिउसोबाट अवरोध खुलाएपछी सवारीसाधन सुचारु भएको थियो । पहिरोको कारण कुनै मानविय क्षेती नभएपछि उक्त क्षेत्रमा पटक÷पटक सडक अवरोध हुने गरेको छ ।  
घर घरमा बाढी
बुटवलमा निर्माणाधिन फोरलेन सडकको कारण यस आसपासका घर तथा पसलहरुमा वाढी पस्दा लाखौको क्षेती भएको छ । सडक निर्माण गर्ने क्रममा उचीत ढल निकासको प्रबन्धनै नगरी लथालिङ्ग छोडीएको कारण वाडी घर तथा पसलहरुमा पसेको हो । बुटवलको कालिकानगर, ट्राफिक चोक, राजमार्ग चौराह लगायतका पसलहरुमा वाढी पस्दा करिव एक करोड बराबरको क्षती भएको स्थानियहरुले बताएका छन । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै