घरवेटीको ज्यादती ६ महिनादेखि पानी, विजुली र ट्वाईलेट प्रयोगमा रोक


कृष्ण खनाल 
बुटवल, १५ जेठ । 
६ महिना देखि पसलमा विजुली छैन, तिर्खा लाग्यो भने पीउनेपानीको लागिपनि साथीहरुको भर पर्नुेपर्ने मात्र होईन सौच(दिशा पीसाब) गर्नको लागि शौचालय प्रयोगमा समेत बन्देज लगाइएको छ । घरवेटीले भाडामा बस्दै आएका व्याक्तिको कोठा र पसलमा आउने विद्युत काटिदिएका मात्र छैन्न सौचालयमा ताला लगाई सटर समेत बन्द गरिदिएका छन् । 
यस्तो अवस्था बुटवल अमरपथको हो । बुटवल–७ अमरपथमा रहेको पञ्चरत्न फेन्सीका प्रोपाईटर प्रदिप प्रधान र आकाश फेन्सीका प्रोपाईटर आकाश श्रेष्ठलाई घरवेटीले यसरत्न बाज्राचार्यले यसरी अमानबीय कार्य गरेका हुन । 
घरवेटीले नै निर्धारण गरेको मासिक घरभाडा तिर्दै आएका श्रेष्ठ र प्रधानलाई घरबेटी बाज्राचार्यले प्रत्येक महिनाको ३० गते नै  भाडा उठाउने गरेको भएपनि खानेपानी, बिजुली र ट्वालेट उपयोग गर्न दिएका छैन ।

 २०६९ साल मंसिर १ गते घरवेटी बाज्राचार्य, पिडीत प्रधान र श्रेष्ठ, घरवाहाल सरोकार संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, नेपाल राष्ट्रिय व्यापार संघगठन, रुपन्देही उद्योग संघ र सरोकारवाला निकायको  ईलाका प्रहरी कार्यालय बुटवलमा बसेको संयुक्त बैठकबाट खानेपानी, विजुली र ट्वाईलेट प्रयाग गर्न पाउनुपर्ने र मिति २०७१ साल साउन महिना भित्र घर खाली गर्नुपर्ने सहमती भएपनि  घरवेटीले ‘आफ्नो घर हो जतीबेला पनि खाली गराउन सक्छु भन्दै’ खानेपानी, विजुली र ट्वाईलेट प्रयोगमा रोक लगाएको पिडीतले बताएका छन । 
सुरेन्द्र श्रेष्ठको संयोजकत्वमा गठन गरिएको समस्या समाधान समितिले ७१ साल साउन १ गते सम्म सोही स्थानमा पिडीत प्रधान र  श्रेष्ठले  बस्न पाउनुपर्ने र पानी, विजुली र ट्वाईलेट उपभोग गर्न पाउने सहमती भएर घरवेटी र सरोकारवालाले हस्ताक्षर गरेको भएपनि घरवेटी आफैले सहमती  उलंघन गरेका हुन । 

२० बर्ष देखि उक्त घरमा वाहालमा बस्दै आएका पञ्रत्न फेन्सीका प्रापाईटर प्रदिप प्रधानले केही बर्ष पहिला अर्केको घर भएपनि पछिल्लो समयमा  यसरत्न बाज्राचार्यले खरिद गरेपछि पटक÷पटक भाडा बढाएर अहिले २५ हजार लिदै आएको गुनासो गरे । उनले केहीसमय साविककै स्थानमा व्यवसाय गरेर अन्य स्थानमा व्यवस्था नभएसम्म बस्न आग्रह गरेको भएपनि घरवेटी जबजस्ती घर खाली गराउन वाध्य पारेको बताए । उनले भने–‘समयमै वाहाल तिर्दै आएका छौ केही समयको लागि यहानै व्यापार गर्न पाउ भन्दै आग्रह गरे तर मेरो कुरा  सुनेन् ।’
त्यस्तै सोही घरमा व्यापार गर्दै आएका आकाश फेन्सीका प्रापाईटर आकाश श्रेष्ठले पनि घरवेटीले एक÷पटक ७० प्रतिशत सम्म भाडा बढाएको भएपनि पानी विजुली र ट्वाईलेट प्रयोग गर्न रोक लगाएको बताए । पटक÷पटक विभिन्न सरोकारवाला निकायसंग छलफल गरेको भएपनि घरवेटीको जतिवेला पनि हटाउन सक्ने भन्दै पसलको बोर्ड समेत हटाईदिएको उनको भनाई छ । 

त्यही विषयलाई लिएर पडीत सरोकावाला निकाय र घरवेटीका विचमा जिल्ला प्रशासन कार्यालय, घरवाहाल सरोकार संघ, बुटवल नगरपालिका र ईलाका प्रहरी कार्यालयमा समेत छललफल भएर सम्झौता भएको भएपनि घरवेटीले आफ्नो हठ नछाडेको पिडीतको भनाई छ । अहिले उक्त घर यसरन्त बज्राचार्यको श्रीमती शोभा बज्राचार्यको नाममा रहेको छ । 
घरवेटीबाट अमानविय कार्य र ज्यादती हुदा समेत समस्या समाधानको लागि प्रशासन कुनैपनि चासो नदेखाएको घरवाहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष शंकर कोईरालाले बताउछन् । उनले भने–‘एउटा मानअधिकारको समेत उलघंन भएको छ तर प्रशासनले कुनैपनि चासो दिएको छैन जसको कारण वाहालमा बस्ने मानिसहरु जहिलेपनि घरवेटीको ज्यादती सहन बाध्य छन् ।’ मानवअधिकार र मानवियताको कारणले पनि वाहल तिर्दै आएपनि आधारभुत कुराहरु उपयोग गर्न नपाउनु एक प्रकारको शोषण भएको भन्दै यसको अन्त्य हुनुपर्ने अध्यक्ष कोईरालाको भनाई छ । 

उता मानवअधिकार तथा शान्ती समाजका केन्द्रीय संञ्चार संयोजक हरिष ढकालले मानवियताको ढंगबाट घरभाडा बस्दै आएका मानिसहरुले वाहाल तिर्दा तिर्दैपनि आधारभुत कुराहरु प्रयोग गर्न नपाउनु घरवेटीले एक प्रकारले अपराध गरेको बताए । मानव अधिकारको दृष्टिकोणबाट घरवेटी बाज्राचार्यल मानवअधिकारको उलंघन समेत गरेको ढकालको धारणा छ । 
उता, घरवेटी यसरत्न बजा्रचार्यले आफ्नो घर भएकोले घर खाली गराउनको लागि आफ्नो अधिकार भएको बताउदछन् । उनले समस्या समाधानको लागि बनेको समिति एकलौटी रुपमा बनाईको भन्दै एकतर्र्फीरुपमा बनाईको सम्झौता आफुले नमान्ने बताए । ‘मेरो घर हो मेरो अधिकारको कुरा हो मैले आफ्नो घरबाट हटाउन पनि नपाउने ?’ उनले बुटवल टुडेसंगको कुराकानीमा भने–‘ईलाका प्रहरी कार्यालयमा सहमती ह“ुदा एकतर्फी समिति बनाएकोमा मैले मान्दीन ।’ ६÷६ महिना सम्म पनि  प्रदिप प्रधानले वाहाल नदिएको र खाली चेक दिएको उनको  आरोप छ । ट्वाईलेट प्रयोग गर्न नदिएको  विषयमा उनले ट्वाईलेटमा ताला लगाएर पसलमा चापी राख्ने गरेको बताए ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै