बुटवलको खानेपानी बैकल्पीक व्यवस्था नहु“दा जहिले पनि समस्या


कृष्ण खनाल 
बुटवल, २३ जेठ । 
गत सोमवार बुटवल १३ देवीनगरमा रहेको खानेपानी सप्लाई
गर्ने बोरिङ्ग विग्रीयो । पानीको सतह घट्दै गएको कारण पानी कम आएपछि नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवलले केही मिटर गहिराईसम्म वोरिङ्गको मोटर पु¥याउने प्रयास गर्दा तार टुटेर करिव ३ दिन सम्म त्यहाका स्थानिय वासिन्दाहरुको घरमा खानेपानी आएन । जसको कारण स्थानियले खानेपानीको लागि घण्टौ सम्म लाईनमा बसेर मिलनचोक र देविनगरका विभिन्न वोरिङ्गहरुमा धाउन बाध्य भए । तिन दिनपछि उक्त समस्या समाधान भयो तर फेरी यो समस्या नदोहोरियाला भन्ने ढुक्क स्थीति छैन । 
पानीको सतह घटेको कारण  गहिराईसम्म मोटर पु¥याउने प्रयास गर्दातार टुटेको कारण मोटर नचल्दा खानेपानी वितरण(सप्लाइ)बन्द भएको थियो । गहिराईसम्म  पाईप पु¥याउनको लागि अर्को नया“ पम्प जडान गर्नुपरेको कारण खानेपानी बन्द भएको नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवले जनायो ।
घरमा पानी नआएपछि  उक्त क्षेत्रमा बसोवास गर्ने स्थानीयहरुले घण्टौ सम्म लाईनमा बसेर पानी भर्न बाध्य भएको गुनासो  गरेका थिए । यो समस्या अहिलेको मात्र होईन । बुटवलमा खानेपानीको समस्या समाधानको लागि भनेर विभिन्न स्थानमा १२ स्थानमा सरकारी क्षेत्रबाट बोरिङ्गहरु  गाडेको भएपनि कहिले मटर जल्ने त कहिले प्राविधिक त्रुटी आउने गरेको कारण पटक ÷पटक स्थानियहरुले खानेपानीको समस्या झेल्न बाध्य छन । यसरी कहिले खानेपानी सप्लाई गर्ने मोटर विग्रीयर त कहिले मोटरनै जलेर खानेपानी वितरणमा पटक÷पटक समस्या सृजना हुने गरेको छ । समस्या समाधानको लागि तत्काल कुनैपनि बैकल्पीक व्यवस्था हुन नसक्दा स्थानियहरुले लामो समय सम्म यसप्रकारको समस्या भोग्न बाध्य छन । 
बुटवल १३ देविनगरमा प्राविधिक कारणले खानेपानी वितरण बन्द भएको  बोरिङ्ग तिन दिनपछि विहिवारबाट सञ्चालनमा आएको छ । तर यस्तो समस्या पटक÷पटक नदोहोरिनको लागि नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवलले आर्थिक भार बढि पर्ने गरेको कारण बैकल्पीक पम्पको जगेडा(स्टक) गर्न नसक्ने जनाएको छ ।
 नेपाल खानेपानी संस्थान साखा कार्यालय बुटवलका प्रमुख गोविन्द गौचनले बुटवलआसस पासको क्षेत्रमा १२ वटा भुमिगत खानेपानी वितरण केन्द्र(वोरिङ्ग)हरु सञ्चालनमा आएको जानकारी दिदै यसको लागि बैकल्पीक स्टकको रुपमा पम्प राख्न बढि आर्थिक भार पर्ने जानकारी दिए । उनले कुनै कुनै वोरिङ्गहरुमा ५० एच्पी र कुनै मा ६० एच्पीको पम्प प्रयोग गरिएको कारण कतिखेर कुन विग्रन्छ भन्ने कुरा प्राविधिक कुरा भएको बताए ।  बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘हामीले सञ्चालन गरेका १२ वटा बोरिङ्गहरु छन् कुन कतिखेर विग्रन्छ भन्ने कुरा थाहै हुदैन अनि सबैको बैकल्पीक पम्प व्यस्था गर्ने कुुरा बजेटले भ्याउदैन ।’ उनले यसरी कुनैपनि कारणबाट विग्रीएका बोरिङ्गहरु सञ्चालनको लागि लामो समय नलम्बीने पनि दावि गरे ।उनले भने –‘हामीले लामो समय लम्बीन दिंदैनौ छिट्टै सञ्चालनमा ल्याउछौ ।’ 
यस क्षेत्रमा पम्पको उपलब्धता नभए काठमाण्डौबाट मगाएर भएपनि अबिलम्ब सञ्चालनमा ल्याउने उनको भनाई छ । यसरी प्राविधिक कारणबाट केही दिनको लागि खानेपानी बन्द हुदा स्थानिय बासीन्दाहरुलाई धैर्यरहन र बैकल्पीक पानीको व्यस्था गर्न समेत उनले सुझाए । ‘आफुलाई केही दिनको लागि पुग्ने गरी खानेपानीको स्टक राख्नुस् जसले गर्दा खानेपानीको लागि धेरै समस्या पर्दैन ।’–उनले भने । पछिल्लो समयमा भैरहेको अनियमित लोडसेडिङ्गको कारण पनि खानेपानी वितरणमा समस्या परेको र जसको कारण बोरिङ्गहरुमा पनि समस्या सृजना हुने गरेको पाईएको छ । 

उता, बुटवलको खानेपानी समाधानको दिगो समाधानको लागि भनेर वि.स. २०५३ सालमा सुरु गरिएको ४ करोड रुपैया“ लागतको ‘सिस्ने खोला खानेपानी योजना’ अलपत्र परेपछि  ‘बुटवल खानेपानी तथा सुदृढीकरण’ नाम दिएर काम सुरु गरिएको  अर्को ‘झुम्सा खोला खानेपानी योजना’ पनि अहिले अलपत्रमा परेको छ जसको क्षेत्रमा खानेपानीको समस्या समाधानको  तत्काल समाधान हुने कुनैपनि विकल्प देखिएको छैन । सिस्नेखोला खानेपानी योजना  खानेपानी योजना अलपत्र परेपछि १९ करोड ५६ लाख रुपैया“ लागत रहेको सो आयोजना २०६८ सालको असारभीत्र सक्ने लक्ष्य लिईएको उक्त योजना २०७०  साल  लाग्दा समेत पुरा भएको छैन । नेपाल सरकार र संस्थानको आन्तरिक स्रोतबाट १९ करोड ५६ लाखको लागतमा सुरु भएको खानेपानी योजना सुरु गरिएको थियो ।  बुटवलमा दैनिक ८० लाखदेखि एक करोड लिटर पानी ल्याउन सकिने भनेर सुरु गरिएको यो योजनाको अधुरो रहेको छ । 
खानेपानी संस्थान बुटवलका अनुसार अहिले बुटवलमा झण्डै दुई करोड लिटर खानेपानीको माग रहेको छ । बुटवलमा तिनाउ नदीबाट दैनिक  ७० लाख लिटर र १२ वटा ट्युबवेल(बोरिङ्ग)बाट ८० लाख लिटर गरी १ करोड ५० लाख लिटर खानेपानी मात्र आपूति र्भएको छ तर बुटवल नगरपालिका तथा खानेपानी संस्थान केन्द्रय  कार्यालयका अनुसार झण्डै २ लाख ५०  हजार जनसंख्या रहेको बुटवलमा अहिले दैनिक ३ करोड लिटर खानेपानीको माग छ । जसमा १ करोड ५० लाख लिटर पानी मात्र संस्थानले उपलब्ध गराएको छ भने १ करोड  ५० लाख लिटर पानी अपुग रहेको छ ।  करिब १३ हजार धाराबाट दैनिक झण्डै १ लाख ४० रुपैया“ महसुल संकलन हुने बुटवल नगरपालिकामा १ सय ३ सार्वजनिक धारा वितरण  गरिएको भए पनि खानेपानीको समस्या भने गर्मीयाम सुरु भएलगत्तै बढ्ने गरेको छ ।  
एकातर्फ पहिला स्वीकृत भएको सिस्नेखोला खानेपानीको काम अगाडी बढेको भएपछि पछिल्लो समयमा आएर ‘झुम्सा खोला खानेपानी योजना’ खानेपानीले बुटवल बासिन्दाको खानेपानीकोलागि माग नधान्नेभएको कारण झुम्साखोला खानेपानी योजना सुरुगरिएको  नेपाल खानेपानी संस्थान साखा कार्यालय बुटवलकोभनाई छ ।

पहिला एउटा योजनाको लागि आएको रकम तथा स्टीमेटपछि अर्को योजनाको लागि प्रयोग गर्ने निर्णय भएको कारण काममा ढिलाभएको खानेपानी कार्यालयको भनाई छ । खानेपानी समस्यालाई जमिनमुनिको पानीबाट वैकल्पिक रुपमा पूरा गर्न भन्दै बुटवलमा १२ वटा ट्युबवेल(बोरिङ्ग) सञ्चालनमा ल्याइएको छ । तर यसले पनि बुटवलको खानेपानीको समस्या सामाधान हुने संकेत देखिएको छैन ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै