उपभोक्ता माथि ठगी, सुनचादी पसलमा तालाबन्दी


कृष्ण खनाल 
बुटवल, १३ बैशाख । 
व्यापारआचरसंहिता विपरित सुन चादी व्यापारीहरुले लगनको
बेला सुन पसलहरुमा तालाबन्दी गरेका छन । अनिश्चकालिन भनिएको बन्दको कारण लगनको लागि सुनको जोरजाम गर्ने उपभोक्ता मर्कामा परेका छन । सस्तो मुल्यमा सुन बेच्नु परेको कारणउनीहरुले उपभोक्ताहरु अधिकार माथि ठाडो हस्तक्षेप गर्दै आफ्नो व्यवसाय ठप्प परेका हुन । विहिवार र शुक्रवार यस क्षेत्र लगायत लुम्बिनी अञ्चलका सम्पुर्ण सुन चादी पसलहरु बन्द गरिएको नेपाल सुन चादी व्यसायी संघका केन्द्रीय सदस्य पे्रम कुमार सेन्चुरीले जानकारी दिए । 
यसरी उपभोक्ताहरु माथि उपभोक्ता अधिकार माथि ठाडो हस्तक्षेप हुदा यसको सरोकारवाला निकाय, जिल्ला प्रशासन कार्यालय, बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही व्यापार संघ तथा रुपन्देही उद्योग संघ लागायतका विभिन्न संघसंस्थाहरुले बन्द सुन पसल खुलाउनको लागि कुनैपनि पहल गरेका छैन । 
सुन चादी व्यसायी संघका केन्द्रीय सदस्य प्रेम कुमार सेन्चुरीले सुनको मुल्य घटेपनि सुन व्यवसायीहरुबाट सुनचादी पसल गर्ने व्यवसायीहरुले घटेको मुल्य भन्दा पनि बढि रकम तिरेर सुन खरिद गर्नु परेको कारण आफुहरु मर्कामा परेकोले सरकारलाई कालो बजारी रोक्नको लािग दबाब स्वरुप सुनचादी पसलहरु बन्द गरिएको जानकारी गराए । उनले घटेको भाउमा आफुहरुले  सुन चादीको व्यापार गर्न स्वीकार भएको भएपनि सुनको कारोवार गर्ने विचैयाहरुबाट ३ हजार देखि ३ हजार ५ सय रुपैया सम्म बढि तिरेमा मात्र सुन पाउने बातावरण सृृजना भएको कारण  आफुहरुले बाध्य भएर पसलहरु बन्द गरिएको  उनको भनाई छ । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘हामीले घटेको दरमा  सुन बेच्नको लागि तयार  छौ तर बजारमा सुनको अत्याधिक माग भएको कारण पुरा गर्नको लागि आयात गर्दा हामीले बढि मुल्य तिर्नुपरेको कारण सरकारले पनि थाहा पाओस भनेर बन्द गरिएको हो ।’ उनले यसरी विचैयाहरुबाट सुनको कालोबजारी रोक्नको लागि सरकारले ध्यान दिनुपर्ने समेत बताए । उनले भने–‘हामीले चाहेर बन्द गरेका होईनौ यो हाम्रो बाध्याता हो ।’
उनले अहिलेलाई अनिश्चितकालिन बन्द गर्ने भनेर भनिएपनि  बन्द धेरै दिन नलम्बीने समेत जानकारी गराए । सुन पसल बन्द भएको कारण शुक्रवार कतिपय सर्वसाधारणहरुले पहिलानै अडर गरेको गरगहनाहरु नपाउदा विवाह समेत प्रभावित भएको थियो । 
उता बुटवल  उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ  लगनको बेला व्यापारनै ठप्प पार्नु जायज कुरा नभएको भन्दै बन्द खुलाउनको लागि उद्योग बाणिज्य संघबाट पहल भएको जानकारी गराए । उनले भने–‘यसरी लगनको बेला बन्द गर्नु ठिक होईन हामीले पहल गरिरहेका छौ   बन्द धेरै दिन लामो हुदैन ।’ उनले यसो भनेपनि विहिवार र शुक्रवार दुई दिन सम्म पुर्णतया सुनचादीको व्यापार पुर्णतया ठप्प गरिएको भएपनि कसैले कुनैपनि पहल गर्न सकेको छैन । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष श्रेष्ठले नेपालमा आई.सी(भारतीयरुपैया) अभावको कारण सुन खरिदको लागि बढि  पैसा तिरेर भारतबाट सुन खरिद गर्दा बजारमा सुनको अभाव भएको भन्दै नेपालमा भारतीय १ हजार र ५ सय दरका नोटहरुको प्रयोगमा फुकुवा गर्नुपर्ने धारणा राखे ।  उनले अहिले नेपालमा सुनको अत्याधिक माग भएको कारण भारतबाट सुन आयात गर्दा बढि मुल्य  तिर्नुपरेको कारण  बजारमा सुन अभाव देखिएको बताए । 
उता, नेपाल सुन चादी व्यवसायी संघ बुटवल शाखा अध्यक्ष दिपक विश्वकर्माले बजारमा भएको सुनको स्टक सकिएको कारण आयातमा महङ्गो परेकोले व्यापार घाटामा व्यवसाय सञ्चालन गर्नको लागि अफ्ठारो हुने भएकोले व्यवसाय बन्द गरिएको जानकारी गराए । उनले भने–‘महङ्गोमा खरिद गरेर सस्तोमा हामीले घाटा व्यापार गर्न त सक्दैनौ नि ? त्यही भएर बन्द गरिएको हो ।’ उनले केही दिनमै बन्द खोलीने र सरकारसंग सुनको आयातको लागि सहज  वातावरण सृजन ागर्न दबाब स्वरुप बन्द गरिएको बताए । 
लगनको बेलामा बन्द गर्नु उपभोक्ताहरु माथि अन्याय भएन ? भन्ने प्रश्नमा  उनले भने–‘हामी बन्द गर्न बाध्य छौ स्टक सकियो महङ्गोमा  किनेर सस्तोमा व्यापार गर्न सक्दैनौ ।’
रुपन्देही व्यापार संघका अध्यक्ष टक पोखरेलले लगनको बेला बन्द गर्नु जायज कुरा नभएको भन्दै यसको  लागिसबैको सहकार्य गरी तत्काल पसलहरु खोली उपभोक्तामा न्याय गर्नुपर्ने बताए । उता, उपोभक्ता हक हित संक्षरण मञ्च रुपन्देहीका कोषध्यक्ष तथा रुपन्देही उद्योग संघका अध्यक्ष तेजकुमार पाठकले कुनै नि जानकारी विना लगनको बेला सुनचादी व्यवसाय नै ठप्प पार्नु जायज नभएको प्रतिक्रिया दिए । उनले राज्यको नीति तथा दैजिक प्रकोपको कारण घाटामा व्यापार गर्नु पर्ने वातावरण  नहुने भन्दैमा व्यापार नै ठप्प पार्नु समस्या समाधानको कुनैपनि उचित पाटो नभएको बताए । उनले अहिले सम्म रुपन्देही उद्योग संघले यसको बारेमा कुनैपनि पहल नगरेको भन्दै यसको बारेमा कुनै पनि व्यवसायीहरु पहलको  लागि नआएको समेत बताए । 
त्यस्तै उपभोक्ता हक हित संरक्षण मञ्चका सदस्य ऋषि आजादले अहिले सुन चादी व्यवासायीहरुले बजारमा कृतिम अभाव सृजना गरी व्यवासाय बन्द गरेर सुनको कालोबजारी गर्ने तर्फ लागेको भन्दै यस्तो कार्य तुरुन्त रोक्नु पर्ने बताए । उनले  बजार महङ्गो वा सस्तो भयो भन्दैमा बन्द हुनुपर्ने कुनैपनि कारण नभएको भन्दै यो निरन्तर चल्ने प्रक्रिया भएको बताए ।  अहिले लगनको बेलामा झन सुन चादी व्यवसायीहरुले कालोबजारी गर्नको लागि अभाव सृजना गरी सुन चादी व्यवसाय ठप्प पारिएको आरोप समेत लगाए । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै