अभावले बनायो नमुना कृषक
कृष्ण खनाल
मदनपोखरा, पाल्पा २० बैशाख ।
पाल्पाको मदनपोखराका सकुदेव रिजालले आज भन्दा करिव १२ बर्ष पहिला घरमा पुजा लगाउदा १० लिटर दुध पाएनन् । पुजा(कुलायन)को लागि उनलाई १० लिटर दुध चाहिएको थियो । २०५८ साल बैशाख १४ गते को दिन अहिले पनि उनको मानसपटलमा कहिल्यै नमेटिन दिन बनेर रहेको छ । जुन दिन उनले आफ्नो घरमा आयोजना गरिएको पुजाको लागि १० लिटर दुधको लागि विभिन्न ठाउमा चार्हदा पनि पाएका थिएन्न । उनी उक्त दिन पाल्पाको बर्तुंग तथा तानसेनसम्म पुग्दा पनि पाएनन् ।
| सकुदेव रिजाल |
सोही दिन विशेष चाड समेत परेको थियो । उक्त दिनले उनलाई पाठ सिकायो । सोही दिननै उनले अठोट गरे अव मैले व्यवसायीक रुपमा गाई पालल गर्छु ।
४० हजार रुपैया लगानी गरेका उनको व्यवसायीक रिजाल गाई फाम अहिले ५४ लाख रुपैया बरावरको लगानी भईसकेको छ । एउटा गाईबाट सुरु भएको उनको फार्ममा अहिले दैनिक जसो सयौ कृषक तथा अन्य आन्तरिक तथा वाह्य पर्यटकहरु अवलोकनको लागि आउने गर्दछन ।
व्यसाय सुरु गर्दा उनलाई सजिलो भने थिएन । विहानै उठ्यो गाई दुहियो अनी त्यो दुध वेच्नको लागि गाउमा विक्रि हुने कुरै आएन । डोकोमा दुध वोकेर घर देखि करिव ५ किलोमिटर टाढा साक्षी भन्ने स्थानमा जान्थे । आफ्नो विगत सम्झदै उनले भने )विहानै उठ्यौ अनि गाईको स्यार सुसार गर्यो गाई दुहिएपछि बोकेर यहाबाट ३ घण्टाको वाटो लगाएर डोकोमा बोकेर लैजान्थे ।
अहिले उनको गाई फार्ममा ३५ वटा गाई छन भने ६ वटा भैसी छन । ति मध्ये १८ वटा गाई र भैसी अहिले दुहुनु छ ।
उमेरले ४० बर्ष नाघेका रिजालले अहिले दैनिक रुपमा १ सय ८० लिटर दुध विक्रि गर्दै आएका छन । आम्दानी र खर्च बरावर जस्तै रहेको बताउने उनले अहिले गाईको लागि १ रोपनी जग्गा लिज(भाडामा) लिएर घास खेती समेत गरेका छन । उनलाई अहिले दुध उत्पादन गरेर कहा लगेर विक्रि गर्ने भन्ने चिन्दा छैन। गाउमा नै आफ्नै डेरी संञ्चालन गरेका छन भने दुधको मुल्य तिर्नको लागि विभिन्न व्यापारीहरु नै उनको फार्ममा जाने गरेका छन ।
मिहिनेत गरेमा आम्दानको लागि विदेशै जानु पर्दछ भन्ने व्याक्तिहरुलाई चुनौति दिईरहेका रिजालले पछिल्लो समयमा माग अनुसार नै आपुर्ति गर्न नसकेको बताउदछन । अहिले उनले उत्पादन गरेको दुध पाल्पा जिल्लाको अतिरिक्त बुटवल सम्म जाने गरेको छ । पाल्पामा नुमना कृषकको रुपमा नाम कमाएका सुकदेव रिजालले मंसिर, पुस र माघ महिनामा दुध प्रसस्त्र मात्रामा हुने अन्य ६ देखि ७ महिनामा दुधको मात्र कमी हुने गरेको जानकारी दिए ।
यातायात व्यसाय छोडेर व्यवसायीक पसुपालनमा लागेका उनले सरकारबाट कृषकहरुलाई यथेष्ठ मात्रामा सहयोग नगरेको गुनासो समेत गरे । हामी कृषकले मिहिनेत गर्दछौ तर भैपरि आएको बेला हामीलाई सम्बन्धीत निकायले कुनै सहयोग गरेको छैन उनले भने ्् कृषकलाई हेर्ने दृष्टिकोणमा समेत परिर्वतन आउन सकेको छैन । गाउमा व्यवसायीक रुपमा पसुपालन गरी दुधको सप्लाई गर्दै आएका उनी जस्ता कृषकलाई सरकारी तवरबाट कुनै पनि प्रोत्साहनको काम नगर्दा किसान भने निशार छन जसको लागिसम्बन्धीत निकायले ध्यान दिनु जरुरी रहेको छ ।
अहिले पाल्पा जिल्लाको मदनपोखरा गाविसका अधिकासं कृषकहरुले गहु मकै जस्ता वालीहरु छाडेर व्यवसायीक रुपमा तरकारी खेतीमा लागेका छन ।
मदनपोखरा कृषि सहकारी संस्थाका अध्यक्ष गणेश भण्डारीले मदनपोखरा गाविसको ६, ७, ८ र तानसेन नगरपालिको १३ नम्बर वार्डका १ सय ९८ घरधुरीका कृषकहरुले तरकारी खेती गर्ने गरेको जानकारी थिए । संस्थका सचिव पदम राज पौडेलले बार्षिक रुपमा अहिले ७ सय १३ टन बरावको तरकारी उत्पादनबबाट १ करोड ३७ लाख ३९ हजार ५ सय ५७ रुपैया बरावरको आम्दानी गर्न सफल रहेको जानकारी दिए । अहिले सहकारीमा आवद्ध व्याक्तिहरु ५ सय ५० रोपनी क्षेत्रफलमा तरकारी खेती मात्र गरेका छन ।