असार १२ सम्म ७ प्रतिशत रोपाई मलको अभाव नहुने दाबि


कृष्ण खनाल 
बुटवल, १३ असार । 
 गतबर्ष रुपन्देहीका कृÈकहरुले ५० किलोको एक बोरा मलका लागि दिनभर टन्टलापुर घाममा लाईनबस्दा समेत रासानिक मल पाएन्न । लाइन बस्दाबस्दै वितरणका लागि ल्याइएको रासायनिक मल सकिएपछि कृÈकहरु रित्तो हात घर फर्किन बाध्य भएका थिए । तर  यस बर्षभने जिल्लामा रासायनिक मलको अभाव नहुने जिल्ला कृषिक विकास कार्यालयले दावि गरेको छ । 
जिल्लाको प्रमुख खेतीको रुपमा रहेको धान रोप्ने समय चलिरह“दा अनुदानको रासायनिक मलको लागि कृषकहरुले यस बर्ष कुनैपनि सास्ती खेप्न नपर्ने जिल्ला कृषि कार्यालय रुपन्देहीका प्रमुख कृष्णभद्र अधिकारीले जानकारी दिएका छन् उनले विगतको बर्षहरुमा भन्दा यसबर्षको कृषकहरुलाई आवश्यक पर्ने सम्पुर्ण रासायनिक मलको व्यवस्था गरिएको कारण मलको आभाव नहुनेमा ढुक्क हुनको लागि आग्रह  समेत गरे । 
विहिवार बुटवल टुडेसंगको कुराकानीमा नवआगन्तुक जिल्ला कृर्षि कायालय प्रमुख  अधिकारीले विगतगको बर्षहरुमा भन्दा यस बर्ष किसानहरुलाई मल विक्रि वितरण प्रक्रिया सहज बनाइएकोले कृषकले मलकै लागि लामो लाईन बस्नुपर्ने तथा मल नपाउने अवस्था नआउने बताएका हुन् । उनले भने–‘यस पटक  मल नपाएर कृषकहरु फकिर्ने अवास्था अआउने छैन, मल पाउनेमा कृषीकहरु ढुक्क भए हुन्छ ।’ 

उनले विगतका बर्षहरुमा कृषि सामग्री कम्पनी लिमिटेड बाट प्रत्यक्ष रुपमा कृषकहरुले मल खरिद गरेर लैजाने गरेकोमा अहिले भने गा“उ विकास समितिको सिफारिसबाट गा“उ÷ गाउ“मा सहकरी मार्फत कृषकहरुले मल खरिद गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनले भने–‘यस पटक गाविसकार्यालयको सिफारिसमा गाउ“÷गाउ“का सहकरी मार्फत कृषकहरुले मल खदि गर्न सक्ने व्यवस्था मिलाईको छ, जसले गर्दा विगतका बर्षहरु जस्तो सास्ती खेप्ने अवस्था आउने छैन ।’

गाउ“मा कति हेक्टर जमिन खेती योग्य ल छ र एक जना कृषकलाई कति परिमाणमा रासायनिक मल आवश्यक पर्नेहो सोकोे विवरण गाउ“ विकास समितिले त्यहाको सहकारीलाई सिफारिस गरेपछि कृषि सामग्री कम्पनी लिमिटेडबाट सहकारीहरुले मल लगेर कृषकहरुले विक्रि वितरण गर्ने प्रबन्ध मिलाईको हो । 
एउटा सहकरीले कति मात्रमा नाफा राखेर मल विक्रि वितरण गर्नु पर्ने भन्ने विषयमा जिल्ला कृषी विकास कार्यालयले भने अनविज्ञता  प्रकट ग¥यो ।‘ खै मलाई त्यसको वारेमा पुर्ण जानकारी भएन एक पटक कृषी सामग्रीमा सम्पर्क गर्नुस्’ जिल्ला कृषी कायाएलय प्रमुख अधिकराले भने । 

उता, कृषि  साम्रगी कम्पनी लिमिटेड रुपन्देही प्रमुख अजय कुमार श्रीवास्तवले पनि रुपन्देहीमा प्रायाप्त आयात गरिएकोले मलको कुनैपनि अभाव नहुने जानकारी दिए । उनले अहिले सामग्री लिमिटेडको गोदाममा डिएपी १२ सय ६३ मेट्रिक टन, युरिया २ देखि ३  हजार मेट्रिक टन र पोटास ६ सय ५५ का मेट्रिक टन रहेको जानकारी दिए । 
उनले भने–‘यस बर्ष कुनैपनि मल को अभाव हुनेछैन यसमा कृषकहरु ढुक्क भएहुन्छ हामी त्यसको पुर्णतया व्यवस्था गरिसकेका छौ ।’ यस क्षेत्रमा सरकरी अनुदानको रुपमा मल भारत, अफगानिस्थान, बंगलादेश र चीनिबाट समेत सरकरले खरिद गरेर ल्याउने गरेको छ ।   गाउ“÷गाउ“ मा सहकारीहरुले कृषकहरुलाई मल वितरण गर्दा लोड–अनलोड र ढुवानी खर्च जाडेर मात्र मल विक्रि गर्न पाउने व्यवस्था सरकारले गरेको छ । कृर्षि सम्रगी केन्द्र लिमिटेड रुपन्देहीका प्रमुख श्रीवास्तवले भने–‘लोड अनलोड र सामान्य ढुवानी भाडा बाहेर सहरकारीले  कुनैपनि  नाफा लिन पाउदैन ।’

रुपन्देहीमा असार  १५ आउन १ दिन बा“की रह“दा रुपन्देहीमा कुल खेती योग्य जमिनको ७ प्रतिशत  क्षेत्रफलमा  रोपाई भैईसकेको छ । 
जिल्ला कृषि विकास  कार्यालयका अनुसार रुपन्देहीमा कुल खेती योग्य जमिनको ७० हजार ५ सय हेक्टर  क्षेत्रफलमा खेती हुने गरेको छ  भने ८४ हजार हेक्टर खेतीयोग्य जमिन रहेको छ । कुल खेती योग्य जमिनको लािग साढे १३ हजार मेट्रिकटन रासायनिक मल आवश्यक पर्ने तथ्याङ्कमा पाईन्छ  । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै