लुम्बिनी अञ्चल अस्पताल मा पहिलोपटकॉमेथाडोन’उपचार पद्धती सुरु


कृष्ण खनाल 
बुटवल, २१ जेठ । 
लुम्बिनी अञ्चल अस्पतालको बुटवल . 

लागूऔषध सेवनकर्ताहरुको प्रयोगमा कमी ल्याई विभिन्न अपराधीक क्रियाकलापहरु नियन्त्रण गर्नको लागि यस क्षेत्रमा पहिलोपटक लागूऔषध प्रयोगकर्ताहरुको लागि मेथाडोन उपचार पद्धतीको सुरुवात गरिएको छ ।
लागूऔषको कारणबाट अपराधीक क्रियाकलाप बढ्दै गएको भन्दै विभिन्न सरोकारवाला निकायहरुबाट यस क्षेत्रमा पछिल्लो समयमा यस क्षेत्रलागूऔषध कारोवारको ट्रन्जीट प्वाईन्ट  बन्दै गएको वर्तमान परिपेक्ष्यमा लागुऔषध सेवनकर्ताहरुबाट विभिन्न अपराधीक क्रियाकहलापहरु नहोस भन्नको लागि नेपालमा छैठौ स्थान बुटवलमा उक्तउपचार पद्धतीको सुरुवात गरिएको हो ।
आफुले चाहेको समयमा लागूपदार्थ(ड्रग्स)सेवन गर्न नपाउ“दा कयौ युवा युवती तथा पौढहरुले जघन्य किसीमको अपराधमा संलग्न हुने गरेको पाईन्छ । लागुपदार्थ सेवन कर्ताहरुले चोरी, लुटपाट देखि हत्यासम्मका अपराधकम संलग्न हुने गरेको प्रहरी प्रशासन बताउदछ ।

नेपाल सरकार स्वाथ्य तथा जनसंख्या मन्त्रालय, एड्स तथा यौनरोग नियन्त्रण केन्द्र तथा गृह मन्त्रालययको सहकार्य र जर्मन सहयोगी निकाय जिईजेडको प्रविधिक सहयोगमा लुम्बिनी अस्पातालमा उक्त उपचार पद्धतीको सुरुवात गरिएको हो ।

आईतबाट लुम्बिनी अञ्चल अस्पाताल बुटवलमा सुरु गरिएको उक्त उपचार पद्धतीबाट लागूऔषध सेवनकर्ताहरुलाई उनीहरुले सेवन गर्दै आएको लागूऔषधको मात्रा भन्दाकम लागुऔषध(सिरिन्ज )दिईन्छ । सेवनकर्ताहरुलाई ड्रग्सको लत छुटाउनको लागि विस्तारै ड्रग्सको मात्र घटाउदै प्रयोगको लागि दिईने राष्ट्रिय एच् आई भी तथा यौन रोग नियन्त्रण शाखाका डा. भेषराज पोखरेलले जानकारी दिए ।  उनका अनुसार यो उपचार पद्धती डाक्टरहरुको प्रत्यक्ष निगरानीमा गरिने पद्धती हो ।

राष्ट्रिय एच् आई भी तथा यौन रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार नेपालमा अहिले ६० हजार मानिसहरु लागुपदार्थ सेवन गर्ने गर्दछन् । यी मध्येबाट करिव ३३ हजारले सुईको माध्यामबाट लागुऔषध लिने गरेको पाइएको छ । यसरी सुईको माध्यामबाट लागूऔषध सेवन गर्ने सेवनकर्ताहरुमा करिव ६८ प्रतिशत एच्आईभी तथा यौन रोगको जोखिम हुने गरेको डा. पोखरेलको भनाई छ । ‘यो हाम्रो अभियान भनेको लागुऔषध प्रयोगकर्ताहरुलाई शुन्यमा झर्ने हो।’ उनले थपे–‘यो पद्धती एकातर्फ लागूऔषध प्रयोग घटाउ“दछ भने विभिन्न यौनरोग नियन्त्रणमा समेत सहयोग पु¥याउदछ ।’

उता, नेपाल सरकार गृह मन्त्रालय लागूऔषध नियन्त्रण विभागका प्रतिनिधी चिरञ्जीवी नेपालले गृहमन्त्रालयको अभियान लागूऔषध नियन्त्रण गर्ने भएकोकारण अञ्चल अस्पताल बुटवलमा सुरु गरिएको यस उपचार पद्धतीले लागूऔषधको प्रयोगमा कमी आउनेमा आशा व्यक्त गरे । उनले भने–‘यसबाट विभिन्न अपराधीक क्रियाकलपा नियन्त्रणमा समेत कमी आउने आशा लिएका छौ ।’
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपनिरिक्षक राजकुमार वैदावारले आमा छोरी र बाबु छोरासमेत लागूऔषध सेवन गदै गर्दा प्रहरीको नियन्त्रणमा पर्ने गरेको भन्दै अहिलेपनि करिव ३० प्रतिशत अभिभावकहरुलाई आफ्नो छोरा वा छोरीले लागूऔषध सेवन गर्दछ भन्ने कुराको समेत जानकारी नभएको बताए । पछिल्लो समयमा बुटवल र यस आसपासको क्षेत्र लागूऔषध कारोवारको प्रमुख बाटो बन्दै गएको प्रति प्रहरी प्रमुख वैदावारले भने–‘यो क्षेत्र सम्बेदनशिल क्षेत्रको रुपमा हामीले लिएका छौ ।’ लुम्बिनी अञ्चल अस्पातलबाट सुरु गरिएको उपचार पद्धतीबाट सकारात्मक प्रभाव पर्नेमा आफु विश्वत भएको उनको भनाई छ ।

लुम्बिनी अञ्चल अस्पातल बुटवलका मेडिकल सुपरिटण्डेण्ट रामाशंकर ठाकुरले  सवैको सबैको सहकार्य भएमा यस प्रकारको उपचार सेवा नेपालका अन्य स्थानहरुमा समेत विस्तार गर्दै लैजानु पर्ने बताए । समुदायमा आधारित कार्यक्रम भएको कारण यस पद्धतीलाई औषधीको रुपमा लिनुपर्ने उनको धारणा छ । लुम्बिनी अञ्चल अस्पातलका अध्यक्ष राजेन्द्र गुप्ताले यो उपचारपद्धती चुनौतीको रुपमा रहेको भन्दै यसको लागि सबैको सहकार्य जरुरी रहेको बताए ।

रिकभरिङ्ग नेपालका आनन्द पुनले नेपालको ६३ वटा जिल्लामा लागूऔषध सेवनकर्ताहरु रहेकोमा रुपन्देही जोखिमको २२ औ स्थानमा पर्ने गरेको जानकारी दिए । उनका अनुसार यो अभियान लागुऔषध सेवनकर्ताहरुको जीवन बचाउने र रक्षा गर्नै अभियानकोरुपम  रहेको जानकारी दिए । लागूऔषधको क्षेत्रमा काम गर्दै आएको आस्था समुहका कोषाध्यक्ष राजन खड्काले पुर्वलागूऔषध प्रयोकर्ताहरुको संलग्नतामा यो अभियान सुरु भएकोलेले यसले मुर्तरुप पाउने उनको भनाई छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै