बुटवल नगरपालिका द्वारा ५५ प्रतिशत लक्ष्य हासिल

कृष्ण खनाल
बुटवल,जेठ । 
आर्थिक बर्ष समाप्त हुन एक महिना बा“की रहदा बुटवल नगरपालीकाले ५५ दशमलभ ६४ प्रतिशत राजश्व संकनल गर्न सफल भएको छ । आर्थिक बर्ष २०६९÷७० मा २९ करोड ८६ लाख १८ हजार ६ सय रुपैया अनुमान गरिएकोमा चालु आर्थिक बर्षको बैशाख मसान्त सम्म करिव १२ करोड रुपैया भन्दा बढि कम आन्तरिक तथा वाह्य आम्दानी स्रोतबाट १७ करोड २२ लाख ६९ हजार ८ सय ३५ रुपैया ७५ पैसा आम्दानी गरेको बुटवल नगरपालिकाका लेखापाल सितु प्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार नगरपालिकाले अन्तरिक आम्दानी तर्फ ७ करोड ३४ हजार ४ सय ५६ रुपैया ५७ पैसा आम्दानी गरेको छ । त्यस्तै वाह्य आम्दानीबाट १० करोड २१ लाख ८१ हजार ७९ रुपैया १० पैसा आम्दानी गरेको छ ।
आर्थिक बर्ष समाप्त हुन भन्दा करिव एक महिना बा“की रहदा ४५ प्रतिशत आम्दानीको लक्ष्य हासील गर्न सकेको छैन । जुन लक्ष्य हासिल नहुनेमा पक्का भएको छ ।
सोही अवधिमा संञ्चालन खर्चको उपभोग खर्च तर्फ ५ करोड ६१ लाख ४२ हजार १ सय २९ रुपैया २३ पैसा र सेवा खर्चमा १ करोड ११ लाख २८ हजार ९ सय ६९ रुपैया ६  पैसा खर्च गरेको छ । सञ्चालन खर्च अन्र्तगत उपभोग खर्च र सेवा खर्च गरी कुल ६ करोड ७२ लाख १ हजार ९८ रुपैया २९ पैसा खर्च गरिएको छ ।
त्यस्तै  पुर्वाधार विकास तथा सामाजिक परिचालन अन्र्तगत फिर्ता सम्पुक खर्चमा ४ करोड ९७ लाख २७ हजार ९ सय ३५ रुपैया ६० पैसा, विकास कार्यक्रम अन्र्तगत ८६ लाख ९७ हजार ४ सय २७ रुपैया, प्रवद्र्धनात्मक कार्यक्रम शिर्षकमा ४० लाख १ हजार ८ सय ८६ रुपैया, महिला लक्षीत कार्यक्रम अन्र्तगत २० लाख १६ हजार ६ सय १ रुपैया, वाल वालिका लक्षीत कार्यक्रम शिर्षक अन्र्तगत १९ लाख ८२ हजार ३  सय ३८ रुपैया खर्च भएको छ । त्यस्तै अन्य लक्षीत समुहमा २१ लाख ३८ हजार ३ सय ९९ रुपैया गरी पुर्वधार विकास तथा सामाजिक परिचालन शिर्षकमा ६ करोड ८५ लाख ६४ हजार ५ सय ७६ रुपैया ६० पैसा खर्च भएको छ ।  आर्थिक बर्ष समाप्त हुन एक महिना बा“की रहदा १३ करोड ५८ लाख ३५ हजार ६ सय ७४ रुपैया ८० पैसा रुपैया खर्च भएको छ ।
अघिल्लो आर्थिक बर्ष २०६८÷०६९ मा  स्थानिय कर  आम्दानी शिर्षकमा कुल २ करोड ७४  लाख ४७ हजार २ सय ४ रुपैया ६ पैसा पर्यटन सेवा शुल्कमा, सार्वजानिक  सुविधा उपभोग सेवा सुल्क, सार्वजानिक संरचना मर्मत सुधार सुल्क र अन्य सेवा शुल्क गरी कुल  १ करोड  २९ लाख ६ हजार २ सय  ७  रुपैया ६६ पैसा यथार्थ आम्दानी गरेको थियो । त्यस्तै दस्तुर शिर्षक अन्र्तगत २ लाख २५ हजार १ सय रुपैया, स्रोत परिचालन अन्र्तगत १२ लाख २६ हजार  ६ सय ९८ रुपैया, सावा व्याज लाभांस तथा बोनश अन्र्तगत ५ हजार ७ सय ८ रुपैया २५ पैसा, अन्य आय शिर्षक अन्र्तगत अन्य विविध आय, भाडा तथा बहालबाट आय बाट कुल १४ करोड २९ लाख ७ हजार ८ सय ५४ रुपैया ६६ पैसा आम्दानी गरेको थियो । उक्त आर्थिक बर्षमा आन्तरिक स्रोत तर्फको जम्मा ७ करोड ८२ लाख ६० हजार ४ सय ६७ रुपैया ६६ पैसा आम्दानी गरेको थियो ।
त्यस्तै बाह्य आम्दानी स्रोत शिर्षक अन्र्तगत नेपाल सरकारबाट अनुदान  ९ करोड ६९ लाख ७९ हजार १ सय ५४ रुपैया ५० पैसा, जिविस अनुदानबाट ५३ लाख ४६ हजार रुपैया आम्दानी प्रप्त गरेको थियो । अन्य अनुदान तथा ऋणि सहकयोगबाट ५ करोड ४७ लाख २७ हजार ३ सय ३६ रुपैया ६६ पैसा प्राप्त गरेको थियो ।  अघिल्लो आर्थिक बर्षमा  कुल आम्दानी २४ करोड  १० लाख ७६ हजार  ५ सय  ८९ रुपैया  यथार्थ आम्दानी गरेको थियो ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै