पाल्पामा पहिलोपटक दमकल


कृष्ण खनाल

तानसेन पाल्पा,१९ बैशाख । 

गएको चैत महिनाको अन्तीम  साता तानसेन नगरपालिका वार्ड नम्बर ८ सिनखानटोलको  मट्टिीतेल पम्प नजिकै घरमा आगो लाग्यो। लामो समयपछि प्रयास पछि स्थानिय वासिन्दा र प्रहरीले आगो नियन्त्रणमा लियो  । नजिकै मट्टितेलको पम्प रहेको भएपनि आगो नियन्त्रणमा आएपछि त्यसमा भने कुनै  क्षेती भएन । सर्वसाधारणहरुको लामो प्रयास पछि आयो ििनयन्त्रणमाआएको कारण मट्टीतेल  पम्पमा आगो लाग्न नपाएको त्यहाका एक सर्वसाधारण बताउदछन । उक्त आगो नियन्त्रणका लागि  दमकल नभएको कारण ट्यांकर बाट पानी मगाएर आगो निइत्रणमा लिइएको थियोभरी नै आगो लाग्ने र लाखौको क्षती हुने त्यहाका सर्वसाधारणहरुको विश्लेषण छ । भाग्यले साथ दियो भनौ की के भयो भन्न मट्टीतेल पम्पमा आगो लागेन । प्रत्यक्ष दर्शी एकजना सर्वसाधारण भने ।  । यदि मट्टीतेल पम्मा आगो लागेको भए सिलखाटोलमा लाखौको क्षतीको अनुमान प्रहरीले समेत गरेको थियो । 
यो उदाहरण मा हो तानसेन नजिकै को बनदेवि जंगलमा पनि नया बषैको पहिलो साता भिषण आगलागी भएको थियो  । आगलागीबाट  हजारौ हेक्टर जंगल नस्ट भयो । दमकल यो क्षेत्रमा नहुदा तानसेन  सिनखनटोल नजिकै घरमा लागेको आयो नियन्त्रणमा आउनमा ढिलाई भयो भने बनको आगो नियन्त्रणमा आएन बनै सखाप भईछाड्यो । तर अहिले आएर तानसेन नगरपालिकाको कान खुलेको छ । आगलागी भएर लाखौ को धनमाल नष्ट भएपछि नगरपालिकाले यहि आर्थिक बर्षको मसान्ती भित्र दमकल खरिद गर्नेयोजना बनाएको छ । तानसेन नगरपालिकका कार्यकारी अधिकृत निरन भट्टराईले यहि आर्थिक बर्षको अन्त्य सम्ममा दमकल खरिद गर्ने योजना बनाएको जानकारी दिए । उनले संघिय मालिा तथा संसदयि व्यवस्था मन्त्रालयबाट  करिव ७० लाखको बजेटको व्यवस्था भएको भन्दै पाल्पामा पहिलोपटक दमकल आउने बताए । उनले भने यस अघि दमकल नहुदा समस्या भएको थियो अब दमकल आएपछि समस्या समाधान हुनेछ । 
पाल्पा जिल्लामा पहिलोपटक दमकल आउने भएपछि यस क्षेत्रमा कुनैपनि आगालागी भएमा आगो नियन्त्रणमा आउनेछ भने बढि धनजनको क्षती नहुने विश्वास लिईएको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै