माछाका भुरा बेचर बार्षिक ७० लाख

कृष्ण खनाल 
बुटवल,  साउन ।
 कृषि क्षेत्रमा अन्य व्याक्तिहरुले भन्दा फरक कार्य गर्ने हो भन्ने स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् रामेश्वर मण्डल । वि.स.२०७० सालमा देशभरीका उत्कृष्ठ ह्याचरी किसानको रुपमा राष्ट्रपति पुरस्कार सम्मानबाट समेत पुरस्कृ
त भैसकेका मण्डलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ टिकुलीगढमा नमुना व्यवसायीक माछा ह्याचरी स्थापना गरेका छन् ।
बर्षमा उनले  करिव १२ करोड माछा ह्याचरी गर्दछन् भने करिव २५ देखि ३० लाख  वटा माछा फिङ्गरिङ्ग गर्ने गर्दछन् ।  उनको ह्याचरीमा उत्पादन भएका माछा नेपालको पुर्वमा बारा जिल्ला देखि पश्चिममा कञ्चनपुर सम्म जाने गर्दछ । वि.स. २०५७ सालमा आफ्नो  र नजिकै जग्गा भाडामा लिएर व्यवसायीक माछा ह्याचरी स्थापना गरेका उनले ७ प्रजातिका माछाको बच्चा उत्पादन गर्दै आएका छन् । २ विघा १० कठ्ठा एक स्थानमा र अर्को स्थानमा ५ विघा क्षेत्रफल उनले माछाको ह्याचरी विक्रिबाट नै किनेका छन् । 
५ विघा क्षेत्रफलमा उनले २१ वटा माछा पोखरी निर्माण गरेका छन् । पहिला खाने माछा पालन गरेका उनले अन्य व्याक्तिहरुले भन्दा फरक कार्यको सुभारम्भ गर्ने हेतुले माछाको ह्याचरी  स्थापना गरेको बताउछन् । उनी भन्छन्–‘खानेमाछा सबैले पालेका छन्, तर फरक माछाको बच्चा, उत्पादन   कमैले मात्र गरेका छन्, त्यसकारण माछाको ह्याचरी स्थापन गरेको हुँ ।’ एकल लगानी रहेको उनले कती लगानी भयो भन्ने विषयमा अनविज्ञता प्रकट गर्दछन् । सानो सानो लगानी थप्दै गएर अहिले उद्योगकै रुपमा माछा ह्याचरी स्थापना गर्न  सफल भएको उनको भनाई रहेको छ ।  सुरुवातका बर्षमा २० बर्षको लागि स्थानिय को जग्गा भाडामा लिएर माछा पालन गरेको मण्डलले पछि आफ्नै नीजि लगानीमा ह्याचरी स्थापना गरेका हुन । 
पहिला स सानो रुपमा रहेका माछाको ह्याचरीलाई विभिन्न पोखरी निर्माण गरिएको छ । जसमा राखिन्छ । पछि माछाको आकार वृद्धि भएपछि पुन अर्को पोखरीमा राखेर फिङगरिङ्ग गरिन्छ । फिङगरिङ्ग भनेको माछाको बच्चा भुरा (सानोरुप) विक्रिको लागि तयारी भएको अवस्थालाई लिईन्छ । 
मण्डलले सिल्भर कार्भ, कमन, विग्रेड, नैनी, रहुँ, ढाकुर ७ प्रजातिका भुराहरुमा सबै कार्भ जातका उत्पादन गर्दै हुदै आएको छ मण्डल ह्याचरीमा । बार्षिक करिव ७० लाख बरा बरको कारोवार हुने गरेको रामेश्वर मण्डलले  जानकारी दिए । उनले माछाको लाईभ फिसिङ्ग र आगन्तुकहरुलाई बस्नको लागि   विभिन्न प्रकृतिका कटेज पनि निर्माण  गरेका छन् ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीबाट अटोमिटीक फिडर मेसिन अनुदान स्वरुपम पाएको उनको भनाई रहेको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका मत्स्य विकास अधिकृत रमेश जैसवालका अनुसार रेन्बो ह्याचरी र मण्डल ह्याचरीले यस बर्ष  अनुदान स्वरुप उपलब्ध गराइएको हो ।      

रुपन्देहीको धकधई गाविस आसपास क्षेत्रका १५ ओटा गाविसलाई समेटेर १ सय २० हेक्टरक्षेत्रफल र लुम्बिनीतर्फ सुर्यपूरा लगायतका आसपासको १५ ओटा गाविसलाई समेटेर १ सय ८० हेक्टरको क्षेत्रफलमा लुम्बिनी पकेट क्षेत्र निर्धारण गर्ने र छपिया दयानगर छेउछाउका गाविसलाई समेटेर ४ सय ५० हेक्टरको क्षेत्रफलमा छपिया टिकुलीगढ सेमलार बुटवल पकेट क्षेत्र निर्धारण गरी माछा पकेट क्षेत्र बनाइएको छ । 
रुपन्देहीमा हाल ८ सय ७५ ओटा पोखरीमा माछा पालन गरिंदै आएको छ । जिल्लाका २० ओटा गाविसलाई माछा पालनका लागी पकट क्षेत्र भनेर निर्धारण गरीएको कृषि कार्यालयको तथ्यांक छ । यस जिल्लामा प्रत्येक दिन  १२ मेट्रीक टन र प्रतिवर्ष ४ हजार ५ सय मेट्रीक टन माछा उत्पादन हुने गरेको छ जुन बाजारकालागी अपुग रहेको छ । माछाकै विक्रि वितरणबाट रुपन्देही जिल्लामा मात्र वार्षिक १ अर्वको कारोबार हुंदै आएको छ ।
 जिल्लामा मत्स्यपालन सम्बन्धी  ५७ वटा कृषक समुह रहेका छन भने ७ ओटा ह्याचरी रहेका छन । त्यस्तै जिल्लामा डेढ दर्जन भन्दा बढी जिउंदो माछा विक्रि पसलहरु रहेको कृषि कार्यालय रुपन्देहीको तथ्यांक छ । त्यसैगरी जिल्लामा माछा कै लागि भनेर खोलिएका ३ ओटा दाना उद्योगहरु रहेका छन । त्यस्तै रुपन्देही जिल्ला मै पहिलोपटक दयानगरमा माछा पालनकालागि आईस प्लाण्टको निर्माण गरी सञ्चालनमा ल्याईएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका मत्स्य विकास  प्रमुख रमेश जैसवाल भन्छन्–‘रुपन्देहीका मुख्य बालीहरु मध्ये पहिलो धान, दोस्रो माछा र तेस्रो तरकारी रहेको अवस्थामा जिल्लामा माछा उत्पादनमा बृद्वि गर्नका लागि क्षेत्र छुट्याएर काम गर्न थालिएको छ ।’
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
 व्यवसायिक माछा भुरा उत्पादन गर्दै आएका रामेश्वर मण्डल(दायाँ) र उनको फर्म(बायाँ) । तस्वीरः कृष्ण खनाल÷बुटवल टुडे । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै