कृषिमा प्रदेश नम्बर पाँच कुन जिल्ला के मा आत्मनिर्भर ?


कृष्ण खनाल
बुटवल, डेस्क, 
संघीय प्रदेश अन्र्तगत नेपाललाई ७ प्रदेशमा विभाजन गरी प्रारम्भीक खाका सार्वजनिक भएको छ । प्रदेश नम्बर ५ अन्र्तगत नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ्ग, सल्यान, रोल्पा, रुकुम ,बाँके र बर्दिया जिल्ला परेका छन् । यि १३ वटा जिल्ला कृषि उत्पादनको हिसावले के कती सक्षम छ त  भन्ने विषयमा चर्चा गरिएको छ । 
रुपन्देहीः खाद्यान्न विउ, धान, माछा र दुध
रुपन्देही जिल्ला खाद्यान्नको विउ उत्पादन, धान उत्पादन र माछा पालन र दुध उत्पादनमा आत्भनिर्भर रहेको छ ।  जिल्लामा उत्पादन भएका खाद्यान्न अहिले जिल्लाको माग आपुर्ती भई अन्य जिल्लामा पनि निर्यात हुदै आएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटाका अनुसार जिल्लामा बार्षिक रुपमा २  हजार ५ सय मेट्रिक टन  बराबरको खाद्यान्न् विउ उत्पादन हुने गरेको छ । जल्लामा मसुरोको विऊ बार्षिक ४ मेट्रिक टन  उत्पादन हुने गरेकोजिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटा बताउछन् ।  उनी भन्छन्–‘करिब गँहु १२ सय टन तथा धान करिब ८ सय  टन बीउ बिजन जिल्ला बाहिर बेच बिखन हुदैं आएको छ ।’
बार्षिक करिब ३० करोड रुपैयाँ बराबरको बीउ बिजन कारोबार हुदै आएको छ ।  जिल्लामा गँहु तथा धानको राधा ४ को बीउ छिमेकी भारतिय क्षेत्रमा समेत उच्च माग रहेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ । 
यस्तै धान उत्पादन रुपन्देही जिल्ला अब्बल  रहेको छ । नेपालका झापा पछिको धान उत्पादनम दोस्रो जिल्लाको रुपमा रहेको रुपन्देहीमा १३ बर्ष यताको तथ्यांकलाई केलाउदारुपन्देहीमा धानको उत्पादन बृद्धि  भएको छ । २०६१÷०६२ मा कुल ७३ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती भई कुल २ लाख २५ हजार ४ सय ५६ मेट्रिक टन धान उत्पादनभएको धान गत आर्थिक बर्षमा कुल ६९ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेती  भएकोमा कुल ३ लाख २० हजार १ सय ६० मेट्रिक टन धान उत्पादन भएको छ  । रुपन्देहीमा हाल ८ सय ७५ ओटा पोखरीमा माछा पालन गरिंदै आएको छ । जिल्लाका २० वटा गाविसलाई माछा पालनका लागी पकट क्षेत्र भनेर निर्धारण गरीएको कृषि कार्यालयको तथ्यांक छ । यस जिल्लामा प्रत्येक दिन  १२ मेट्रीक टन र प्रतिवर्ष ४ हजार ५ सय मेट्रीक टन माछा उत्पादन हुने गरेको छ जुन । माछाकै विक्रि वितरणबाट रुपन्देही जिल्लामा मात्र वार्षिक १ अर्वको कारोबार हुंदै आएको  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका मत्स्य विकास अधिकृत रमेश जैसवाल बताउँछन् ।  जिल्लामा मत्स्यपालन सम्बन्धी  ५७ वटा कृषक समुह रहेका छन भने ७ ओटा ह्याचरी रहेका छन । त्यस्तै जिल्लामा डेढ दर्जन भन्दा बढी जिउंदो माछा विक्रि पसलहरु रहेको कृषि कार्यालय रुपन्देहीको तथ्यांक छ । 
दुधमा अब्बल 
जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका प्रमुख डा. गान्धीराज उपाध्यायका अनुसार रुपन्देहीमा ४ सय ३४ वटा  गाई, २ सय ५१ वटा भैसी फर्म सञ्चालनमा आएका छन् । यस्तै ७ वटा डेरी उद्योग, ६० वटा दुग्ध उत्पादक कृषि सहकारी संस्था रुपन्देहीमा रहेका छन् । जिल्लामा बार्षिक १ लाख ३७ हजार १ सय ३ मेट्रिक टन दुध उत्पादन हुदै आएको छ भने २५ हजार ९ सय १३ मेट्रिक टन मासु उत्पादन हुदै आएको छ । प्रत्येक मानिसलाई बार्षिक ९१ लिटर दुध आवश्यक पर्नेमा जिल्लाको उत्पादनले अहिले १ सय ४८ लिटर सम्म पुग्ने जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । 
कपिलवस्तुःधान,गहँु 
कपिलवस्तु धान र गहुमा आत्मनिर्भर रहेको देखिएको छ । जिल्लालाई बार्षिक १ लाख ५ हजार मेट्रिक टनका हाराहारीमा धान, गहुको आवश्यकता पर्नेमा जिल्लामा २ लाख १८ हजार ५ सय ५५ मेट्रिक टन धान र गहुको उत्पादन हुने गरेको देखिएको छ । जिल्लामा ८० हजार मेट्रिक टनका हाराहारीमा तरकारीको आवश्यकता पर्ने गरेकोमा ७३ हजार ६ सय मेट्रिक टन तरकारी उत्पादन हुदै आएको छ । 

उत्पादन हुने धान, गँहु छिमेकी जिल्लाको अलवा कास्की, काठमान्डौ र केही मात्रामा भारतमा समेत निर्यात हुदै आएको छ । जिल्लामा कुल ८३ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ७२ हजार हेक्टर जग्गाको क्षेत्रफलमा धान खेती हुदै आएका छ । 
गत आर्थिक बर्ष २०७१÷०७२ मा जिल्लाका ६९ हजार ८ सय ४० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा धान उत्पादन २ लाख ४० हजार ९ सय ४८ मेट्रिक टन र २०७२÷७३ मा भने सुख्खा परेका कारण जिल्लाका ७० हजार ५ सय ६० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा धान उत्पादन १ लाख ५८ हजार २ सय ३० मेट्रिक टन भएको जिल्ला कृषी कार्यालय कपिलवस्तुको तथ्याङ्कले देखाएको छ । जिल्लाको धान उत्पादन प्रति हेक्टर ३ दशमलब ४५ मेट्रिक टन रहेको जनाईएको छ । 
३० हजार हेक्टरका हाराहारीमा गहु खेती हुदै आएको देखिएको छ । आर्थिक २०७१÷७२ मा ३२ हजार १ सय हेक्टर क्षेत्रफलमा खेती गर्दा उत्पादन १ लाख २ हजार ७ सय २० मेट्रिक टन र २०७२÷७३ मा २७ हजार ९ सय २७ हेक्टर क्षेत्रफलमा गहु खेती गरिएकोमा उत्पादन ८४ हजार ४ सय ५१ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषी बिकास कार्यालय कपिलवस्तुका बाली बिकास अधिकृत अरबिन्दमणी त्रिपाठीले जानकारी दिए । 
बाँके मा मसुरो 
बार्षिक २० हजार मेट्रिक टन मसुरो उत्पादन गर्ने दिर्घकालीन योजना सहित बा“केमा ‘मिसन मसुरो’ कार्यक्रम सञ्चालन गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघले बिभिन्न गैरसरकारी संस्थाको सहयोगमा देशका बिभिन्न जिल्लामा सञ्चालन गरिरहेको ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रम अन्र्तगत बा“केमा मसुरो खेतीलाई छनौट गरिएको हो ।
बा“केका मसुरो उत्पादक कृषकहरुलाई ग्रेडिङ्ग मेसिन र मसुरोको बिउ ५० प्रतिशत अनुदानमा बितरण गरिसकिएको   समितिका सदस्य सचिव नेपालगञ्ज उद्योग बाणिज्य संघका कार्यालय प्रमुख अजयसिंह सिजापतिले जानकारी दिए । चालु आर्थिक बर्षमा साढे ४ लाख मुल्य बराबरको दुई वटा ग्रेडिङ्ग मेसिन र रु चार लाख मुल्य बराबरको मसुरोको बिउ बितरण गरिएको नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । 
बा“केमा ११ हजार ३ सय २३ हेक्टर जमिनमा मसुरो खेती लगाउन सकिने कृषि विकास कार्यालयले जानकारी दिएको छ । बा“केमा व्यवसायीकरुपमा मसुरो खेती गर्ने हो भने झण्डै २० हजार मेट्रिक टन मसुरो दाल उत्पादन गर्न सकिने कृषि विकास कार्यालयले जानकारी दिएको छ । गतबर्ष बा“केमा जम्मा १ टन मात्रै मसुरो उत्पादन भएको थियो । मिसन मसुरो सुरु भएर लक्ष्य अनुसार काम भए त्यसले किसानहरुको आयस्तरमा निकै प्रभाव पार्ने संघका अध्यक्ष श्रेष्ठको भनाइ छ । कृषि प्रमुख प्रधानले बेतहनी, बनकट्टी र होलियालाई मसुरोको पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने जानकारी दिए । 
सल्यानः तरकारी, अदुवा र सुन्तला
सल्यानमा तरकारी, अदुवा र सुन्तलामा आत्मनिर्भर भएको देखिएको छ । जिल्लाबाट वर्षेनि करोडौँ रुपैयाको ताजा तरकारी, अदुवा तथा सुन्तला जिल्ला वाहिर निर्यात हुनेगरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  गत आर्थीक वर्ष २०७२÷०७३ मा जिल्लामा खपत भइ बचेको ६ हजार २५ मेट्रिक टन सुन्तला जिल्ला वाहिर निकासी भएको वरिष्ठ कृषि विकास कार्यालय प्रमुख अधिकृत टेक प्रसाद लुइटेलले जानकारी दिए । उनले भने—‘सल्यान सुन्तलाको पकेट क्षेत्रको रुपमा चिनीन्छ, आर्थीक वर्ष २०७२÷०७३ मा २७ करोड ११ लाख २५ हजार बराबरको सुन्तला जिल्ला वाहिर गएको छ ।’ गत आर्थीक वर्षमा १५ करोड ७२ लाख २६ हजार बराबरको ५ हजार ३ सय १७ मेट्रिकटन ताजा तरकारी निकासी भएको छ । २०७१÷०७२ मा  आइपुग्दा २८ हजार ६ सय ८९ मेट्रिकटन ताजा तरकारि उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सल्यानकी कृषि प्राविधिक मुना पहाडीले जनाइन् । गत वर्ष २७ सय ८ मेट्रिकटन ताजा अदुवा निकासि भएको छ । जसबाट १० करोड ४३ लाख २० हजार रुपैया किसानले आम्दानी गर्न सफल भएका छन् । गत आर्थीक वर्ष २०७२÷०७३ मा जिल्लामा ४० हजार १ सय ६८ मेट्रिकटन मकै उत्पादन भएको छ । यस्तै गहुँ २५ हजार ८, धान २५ हजार ४ सय ६७ र कोदो १ हजार ५३ मेट्रिकटन उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत लुइटेलले जनाए ।
नवलपरासीःधान,गँहु र मकै 
नवलपरासी धान गहुं र मकै जस्ता खाद्यान उत्पादन बढि हुने हुद आत्मनिर्भर रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । तथ्यांक अनुसार खाद्यान उत्पादन जिल्ला ११ दशमलव ६५ प्रतिसत सरप्लस(खपत भन्दा बढि) उत्पादन भईरहेको छ । जिल्लामा उत्पादन कुल खाद्यान १ लाख ३० हजार ३ सय ३७ मेट्रिक टन हुने गरेको छ । जिल्लामै खपत १ लाख १८ हजार ७ सय ४६ मेट्रिक टन हुन्छ । कुल बचत खाद्यान ११ हजार ५ सय ९० मेट्रिक टन ११.६५ प्रतिशत रहेको छ । धानको खेती ४६ हजार ५ सय ५० हेक्टरमा हुने गरेको छ । जस्मा धानको उत्पादकत्व ४.०७ मे.ट. प्रति हेक्टर रहेको छ । त्यसैगरि गहुँ खेती १८ हजार ७ सय ५१ हेक्टर रहेको छ । गहँुको उत्पादकत्व १.५६ मे.ट. प्रति हेक्टर रहेको छ । मकै खेती १० हजार १ सय ८० हेक्टरमा हुने गरेको छ । मकै उत्पादकत्व २.४९ मे.ट. प्रति हेक्टर रहेको छ । त्यस्तै कोदो पनि ५ सय हेक्टरमा हुने गरेको छ । उत्पादकत्व भने १.०३ छ । प्रशोधित खाद्यान समेत निर्यात हुने गरेको छ  जिल्लामा उन्नत र उन्माोचित स्वदेशि जातको साथै विदेशी जात तथा बर्णशंकर(हाइब्रिड) जातका धानहरु पनि प्रसस्त छन् । धान पछिको दोश्रो बाली गहुं रहेको छ । कुल २ लाख १ हजार ५ सय ८७ हेक्टर खेतीयोग्य जमिन मध्ये १८ हजार ८ सय ५० हेक्टरमा मात्र गहुँ खेती हुने गरेको छ ।
गुल्मीः मकैको बिउ
मकैबिउ उत्पादनमा गुल्मी आत्मनिर्भर छ । कृषि सहकारी र बिउ उत्पादन समुहले सामुहिक र किसानले व्यवसायीक रुपमा मकै उत्पादनमा लागेपछि जिल्ला मकैको बिउमा समेत आत्मनिर्भर बनेको हो । किसानले मकै सहित धान, गुह“, बोडी लागयतका खाद्यान्न बालीका लागि बिउ उत्पादन गर्दै आएका छन् । खेती योग्य ८५ हजार ६ सय ७० जमिन मध्ये २४ हजार ८ सय ८० हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ । त्यसका लागि १ सय मेट्रिक टन मकैको बिउ आवश्यक पर्नेमा जिल्लामा २ सय ९३ मेट्रिक टन उत्पादन हुन थालेको छ । जिल्लाले हरेक वर्ष झण्डै २ सय मेट्रिक टन मकैको बिउ विक्रि गर्दै आएको बरिष्ठ कृषि विकास अधिकृत चेतनारायण पाण्डेले बताए । उनले भने–‘हामी मकैमा आत्मनिर्भर बनेका छौं’, उनले भने, ‘जिल्लामै ७ प्रकारका मकैका बिउ उत्पादन भैरहेका छन् ।’ खपत रहेर बा“की बिउ अन्य जिल्लामा निर्यात भैरहेको छ । देउती, मनकामना ३, रामपुर कम्पोजिट ९, मनकामना ६, रेसुंगा कम्पोजिट, गुल्मी २, मनकामना ५ र अरुण २ नामका मकैका बिउ गुल्मीमा उत्पादन हुँदै आएका छन् । ति मध्ये रेसुंगा कम्पोजिट र गुल्मी २ जिल्लामै विकास गरिएका बिउ हुन् ।
अदुवामा प्यूठान आत्मनिर्भर
अदुवामा प्यूठान आत्मनिर्भर बनेको छ  । पछिल्लो समय किसानहरु लक्षित विभिन्न दातृ निकायहरुबाट संचालित कार्यक्रमहरुमा समेत किसानहरुको ‘रोजाई’ अदुवाखेती हुने गरेको छ ।  जिल्लाको ढुंगेगढी, हंसपुर, तिराम र मर्कावाङ गाविसलाई जिल्ला कृषि विकास कार्यालय प्यूठानले ‘पकेट क्षेत्र’को रुपमा घोषणा नै गरी कार्यक्रमहरु केन्द्रित गर्दै आईरहेको छ । ‘पकेट क्षेत्रमा विजवृद्धि कार्यक्रम संचालन गरेका छौँ’,कार्यालयका योजना अधिकृत उमेशचन्द्र श्रेष्ठले भने,‘जिल्लामा अदुवा उत्पादन वर्षेनी बढ्दै गएको छ ।’
अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष ७५ मेट्रिक टनले अदुवा उत्पादनमा वृद्धि भएको भएको छ । अघिल्लो आर्थिक वर्ष २०७१÷७२ मा २ हजार ८ सय ७५ मेट्रिक टन उत्पादन भएकोमा गतवर्ष २ हजार ९ सय ५० मेट्रिक टन अदुवा उत्पादन भएको श्रेष्ठले बताए । ‘केही वर्षदेखि जिल्ला वाहिर अदुवा निकासी हुँदै आएको छ’,योजना अधिकृत श्रेष्ठले भने,‘धेरैजसो जिल्लामै खपत हुन्छ ।’ 
जिल्लाका विभिन्न क्षेत्रमा रहेका कृषि सहकारी संस्थाहरु मार्फत संकलन गरिएको तथ्यांक अनुसार वितेको वर्ष जिल्लाभित्रै १३ करोड ७० लाख र जिल्ला वाहिर १ करोड ५ लाख रुपैयाँ बरावरको अदुवा विक्री भएको कार्यालयले जनाएको छ । 

अर्घाखाँचीःमकै,मासु र दुध 
अर्घाखाँची जिल्ला मकै, मासु र दुधमा आत्मनिर्भर बनेको छ ।  अर्घाखाँचीमा वर्षे मकै १६ हजार ५ सय हेक्टर र बसन्ते मकै ४ सय ५५ हेक्टर जग्गामा उप्पादन हुदै आएको छ । विगत ५ वर्षको तथ्याङ्गकलाई हेर्दा उत्पादन बृद्धि  भएको छ ।  कृषि विकास कार्यालयका अधिकृत थ्रिरलाल गैरेका अनुसार आर्थिक बर्ष ०७०÷०७१ मा वर्षे ४९ हजार ३ सय ५०, बसन्ते ९ सय ९० उप्पादन भएको कृर्षी विकास कार्यालय अर्घाखाँचीका प्रमुख योग प्रसाद खरेलले जानाकारी दिए । मकै संगै अर्घाखाँची दुध उप्पादन र मासुमा समेत आत्म निर्भर रहेको पशुसेवा कार्यालय अर्घाखाँचीका प्रमुख रामवरण मण्डलले जानाकारी दिए । जिल्लालाई आवश्यक पर्ने जिल्लामै उप्पादन भएको छ । पशु व्यवसाय गर्ने कृर्षी पेशामा लागेकाहरुलाई सरकारले अनुदान,प्राविधिक सहयोग लगाएताका दिदै आएको छ ।

पाल्पाःदुध र मासु 
पाल्पा दुध र मासु उत्पादन आत्मनिर्भर भएको छ । जिल्ला पशु सेवा कार्यालयका बरिष्ठ पशु विकास अधिकृत तुल्सीराम भण्डारीले दुध, मासु, अण्डा उत्पादन प्रत्येक बर्ष बृद्धि हुदै गएको, विगत ३ बर्ष देखी दुध र मासुमा आत्मनिर्भर भई बाहिरी जिल्लामा निकासी गर्दै आएको बताए । पाल्पामा अघिल्लो आर्थिक बर्ष  ०७१÷०७२ मा ४४८५८ मेट्रिक टन ०७२÷०७३ मा ४६३१७ मेट्रिक टन दुध उत्पादन भएको यसको सरदर ३.७२ प्रतिशतले उत्पादन बृद्धि हुदै गएको छ । मासुमा आव ०७१÷०७२ मा ८७६० मेट्रिक टन ०७२÷०७३ मा ८९५९ मेट्रिक टन उत्पादन भइए बार्षिक २.२७ प्रतिशतले बृद्धि भएको कुखुराको फुलमा चालु आर्थिक बर्ष भित्र आत्मनिर्भर पशु विकास अधिकृत भण्डारीले बताए । 
पाल्पामा हालसम्म गाईभैसी फार्म ८० वटा, बाख्रा फार्म ६९ वटा, बंगुर ५० वटा र कुखुरा १३४ वटा गरी २३३ वटा फार्म दर्ता भएको  पशु सेवा कार्यालयले जनाएको छ । विदेश बाट फर्कि आएका युवाहरुले २० करोड ४० लाख लगानी गरी  व्यासायिक गाई भैसी बाख्रा बंगुर कुखुरा पालन गर्दै आएको र २३६ जना लाई रोजगारी दिएको उनले बताए ।

रोल्पामा गहु र मकै उत्पादन राम्रो 
 फलफुल खेती, खाद्यबाली, तरकारी, पशुपालन मा रोल्पा बिस्तारै आत्मनिर्भर भन्दै गएको हो । खाद्यबालिमा मकै बढि उत्पादन हुन्छ । मकै मध्येको पनि मनोकामना – ३ नामक जातको मकै धेरै उत्पादन हुने जिल्ला कृषि बिकास कार्यलय रोल्पाका बरिष्ठ अधिकृत किशोर प्रसाद पन्तले जानकारी  दिए । 
गत बर्षको मकै ४.४ प्रतिशत बाट ६.६५ प्रतिशत पुगेको उन्नत विउ उत्पादन भएको थियो ।  त्यस्तै दोश्रोमा धेरै उत्पादन हुने खाद्यान्नबालि भनेको गहुँ हो । खाद्यान्नबालि जस्तै ः धान, कोदो, फापर, जौ पनि उत्पादन हुन्छ । mलफुल अन्र्तगत सुन्तला तथा अमिलो जातका फलफुल धेरै उत्पादन हुन्छ । स्थानिय स्तरमा श्रोत केन्द्रहरुको विकास हुदै गैरहेको, जिल्लावाट विशेष गरी खाद्यान्न बालि (मकै,गहुँ,कोदो) , बेमौषमी तरकारी, सुन्तलाजात, तरीकारी वीउ, वर्षे आलु मसला बालीहरु (लसुन, खुर्सानी र अदुवा) जिल्ला बाहिरपनि निर्यात भैरहेका छन । जिल्लामा बिगत ५ वर्षयताको आर्थिक बर्ष ०७२÷७३ मा ३६ प्रतिशतले आत्मनिर्भरता बढेको छ ।
आर्थिक बर्ष ०७२÷७३ मा जिल्लामा खाद्यावाली मात्रै ६० हजार ९ सय ७१ मेट्रिक टन उत्पादन भएको छ । जसमध्ये मकै २६ हजार ९ सय २ मेट्रिक टन र गहुँ  १७ हजार ८ सय ६७ मेट्रिक टन उत्पादन भएको छ । त्यस्तै फलफुल अन्र्तगत जम्मा ४ हजार ६ सय ६६ मेट्रिक टन उत्पादन भएको छ । जसमध्ये सुन्तला तथा अमिलो जातका फलफुल १ हजार ३ सय ३७ मेट्रिक टन उत्पादन भएको छ ।

दाङ्गः धान र मकै 
जिल्लामा धान प्रमुख बाली हो भने मकै, गहुँ, कोदो र जौ पनि दाङमा खेति हुने गरेको छ ।  गत आर्थिक वर्षमा २ लाख २६ हजार ९ सय २६ मेट्रिक टन खाद्यन्न उत्पादन भई जिल्लामा भएको खपत मात्रालाई कटाएर १९ हजार ९ सय ९३ मेट्रिक टन खाद्यन्न मौज्दात रहेको जिल्ला कृषि विकास कार्यालयले बताएको छ ।
दाङको ३६ हजार ६ सय ८ हेक्टर क्षेत्रफलमा एक लाख ४९ हजार ६ सय ९० मेट्रिक टन धान उत्पादन भएको छ भने २३ हजार २ सय हेक्टर क्षेत्रफलमा ५१ हजार ९ सय २ मेट्रिक टन मकै उत्पादन भएको छ । यस्तै १२ हजार ६ सय ५५ हेक्टर क्षेत्रफलबाट २५ हजार ३ सय १० मेट्रिक टन गहुँ उत्पादन भएको योजना अधिकृत तिलक केसीले जानकारी दिए ।  आर्थिक वर्ष २०६९÷७० मा एक लाख ५६ हजार ९ सय १९ मेट्रिक टज खाद्यान्न उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७०÷७१ मा एक लाख ५७ हजार ३ सय ९२ मेट्रिक टन, आर्थिक वर्ष २०७१÷७२ मा एक लाख ५६ हजार ९ सय ८४ मेट्रिक टन धान उत्पादन भएको थियो भने वितेको आर्थिक वर्ष २०७२÷७३ मा एक लाख ४९ हजार ६ सय ५० मेट्रिक टन उत्पादन भएको कृषि विकास अधिकृत श्रीधर ज्ञवालीले बताए । 

 रुकुमःतरकारीको विउ
रुकुमको मुसिकोटमा रहेको समसितोष्ण तरकारी बीऊ उत्पादन केन्द्रबाट वर्षमा १५ देखि २० लाख रुपैयाँको विऊ उत्पादन हुनेगर्दछ । 
२०३५ सालमा स्थापना भएको बिऊ उत्पादन केन्द्रले उत्पादन गरेको विऊ बिदेशमा राम्रो चर्चा पाएपनि सशस्त्र द्वन्द्वको कारण केही समय बिदेश निर्यात समेत सुस्ताएको थियो । तर पुनः निर्यात हुन थालेको केन्द्रले जनाएको छ । केन्द्रमा बिभिन्न जातका १६ थरी तरकारीको बिऊ उत्पादन गरी राप्ती अञ्चलका पाँच जिल्ला र अन्य स्थानहरुमा बितरण गरिदै आएको छ । 
 मुला, काउली, प्याज, सलगम, रायो, केराउ, झाँगे सिमी, लहरे सिमी, स्क्वास, फर्सी, टमाटर, भेडेखुर्सानीका गरी प्रतिबर्ष साँढे २ टन उत्पादन गर्दै आएको छ । 
केन्द्र वरपरका छिवाङ, खलङ्गा, सिम्ली, बिजयश्वरी, कोटजहारी, खोलागाउँ, नुवाकोट, पेउघा लगायतका दर्जन बढी गाबिसका किसानहरु पनि ब्यवसायिक रुपमा तरकारी बीऊ उत्पादनमा लागेका छन् ।तरकारीको विऊसंगै सुन्तला, स्याउ केरा, हलुवावेद, नास्पति लगायतका फलफूल खेती विस्तार गर्न सकिने प्रवल सम्भावना रहेको कृषि कार्यालयले बताएको छ । यार्सागुम्बा, पाँचऔले, चिराईतो, जटामसी, तितेपाती, कुरिलो, लगायतका बहुमुल्य जडिबुटी पनि उत्पादनको संभावना पनि धेरै रहेको कृषि कार्यालयले जनाएको छ ।

बर्दियाः चैते धान, माछा, तरकारी र च्याउ 
बर्दिया व्यसायिक रुपमा चैते धानका साथै माछा, तरकारी र च्याउखेतीमा समेत बर्दिया अग्रस्थानमा पर्छ । विपन्न वर्गका लागि च्याउखेती, तरकारी खेती, चैतेधान तथा बेमौसमी तरकारी खेती आयआर्जनको उत्तम माध्यम बनेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रशुराम रावतका अनुसार विदेश जाने युवा अहिले विस्तारै कृषि पेशामा आवद्ध हुँदै गएका छन् । कार्यालयले जिल्लामै धानको मूल बीउ तथा उन्नत बीउ बैङ्क स्थापना गरेको छ ।
‘वार्षिक करीब एक हजार मेट्रिक टन उन्नत बीउ उत्पादन भइरहेको छ,’ उनले भने ।  बबई, कर्णाली, गेरुवा नदीबाट सिँचाइको व्यवस्था गरिएको छ । करीब ५२ हजार हेक्टरमा धान, २१ हजार हेक्टरमा गहुँ तथा मकै, तोरी र मसुरो बीस हजार हेक्टरमा उत्पादन हुन्छ । यस्तै ४ सय  हेक्टरमा माछाखेती गरी बसेनी ३० करोडको माछा बिक्री गरिँदै आएको छ । सरकारले जिल्लालाई बीउमा आत्मनिर्भर बनाउन राजापुरमा बीउ भण्डार कार्यक्रमअन्तरगत ४  करोड सहयोग गरेको छ ।  




Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै