के भन्छन् त उद्योगी, व्यवशायी ?

सयौं मजदुरहरु रोजगार भएको बुटवल धागो कारखाना बन्द भएको पनि करिव ८ बर्ष पुग्न लागेको छ । धागो कारखाना सञ्चालनको लगि  यस क्षेत्रका  उद्योगी व्यवसायीहरु व्याक्तिगत तथा सांगठनिक रुपमा पनि  लागेका थिए । तर यो अभियान अहिले सेलाएको छ । यो उद्योग संचालनमा आउन सके यस क्षेत्रका सयौले रोजगारी पाउने देखिन्छ भने देशमा आवश्यक पर्ने धागोको मागलाई केही मात्रामा भएपनि पूर्ति गर्ने देखिन्छ । प्रस्तुत छ यस बिषयमा यस क्षेत्रका उद्योगी व्यवसायीहरु भनाइलाई आजको टुडेमतको रुपमा । 

सरकारले पुर्णरुपमा स्वामित्व ग्रहण गर्नुपर्छ
नवराज श्रेष्ठ
पुर्व अध्यक्ष, बुटवल उद्योग बाणिज्य संघ । 
–पुर्णरुपमा  उद्योग बन्द नहुदै मेरो संयोजकत्वमा सर्वपक्षिय समिति गठन गरेका थियौं ।  जसबाट  ढिलपील उद्योग सञ्चालनमा आएको थियो ।  तर पछि सरकारले उद्योग बन्द गर्ने निर्णय गरेछ । यसमा हामीलाई कुनै जानकारी दिएन । पछि उद्योग बन्द भएपछि पनि हामी यस क्षेत्रका उद्योगी व्यवसायीहरुको संगठनल बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही उद्योग संगठन, रुपन्देही व्यापार संघ, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले ४ वटा शेयर लिने र अन्य शेयर सर्वसाधरण र सरकारको समेत राखेर सञ्चालन गर्ने योजना बनाएका थियौं । बुटवल धागो कारखाना बुटवलको गहना हो । यसलाई पुरानो प्रविधि विस्तापित गरी नयाँ प्रविधि जडान गरेर सञ्चालन गर्ने हो भने  रोजगारीको वातावरण सृजना हुनुको साथै धागो निर्यात समेत हामीले गर्न सक्छौ । सरकारले अविलम्ब धागो कारखानालाई लिमिटेडबाट, पुर्ण स्वामित्व ग्रहण गरेर नीजि क्षेत्रलाई दिने या आफै चलाउने भन्ने विषयमा छलफल अगाडी बढाउनुपर्दछ  । यदी नीजि क्षेत्रलाई उद्योग सञ्चालनको लागि दिनेहो भने अहिलेको  भौतिक संरचनामा संभव समेत छ । स्थानिय उद्योगी व्यापारीहरु, व्यवसवायीक संघ संगठन तथा कर्मचारीहरुको समेत शेयर लागानी गरेर उद्योग चलाउन सकिन्छ । तर राजनीतिकरणले गर्दा हो की कुन्नी  काम अगाडी बढ्न सकेन । 
ण्ण्ण्ण्ण्ण्
सरकारी नीतिको कारण समस्यामा प¥यौं
महेशमान सिंह
अध्यक्ष, बुटवल उद्योग बाणिज्य संघ
बुटवल उद्योग बाणिज्य संघ धागो कारखाना सञ्चाल गर्नुपर्दछ भन्ने पक्षम छ । पुर्व अध्यक्ष नवराज श्रेष्ठ हुँदाको समयमा संघले नै यसको नेतृत्व गरी सञ्चालनको लागि पहल गरेको थियो । तर सरकारी नीतिको कारण सञ्चालन हुन सकेन् । विभिन्न बाधा अड्चनाको कारणले पनि हामीले यसलाई सञ्चालन गर्न सकेका छैनौं । स्थापना भएर नाफामा सञ्चालन भएका उद्योगहरु बन्द हुनुभनेको अफैमा नराम्रो हो । यसको लागि सरकारी क्षेत्रबाट रुग्ण उद्योगहरुलाई माथि उठाउनको लागि पहल गर्नु आवश्यक छ । हामी निजी क्षेत्रका व्यवसायीहरु नेपालमा लगानी मैत्री वातावरण भएमा लगानी गर्न तयार छौं । लगानी सुरक्षित हुने वातावरण सरकारीले निर्माण गरिदिनुपर्दछ । अनि मात्र उद्योगहरुमा लगानी बढ्न सक्छ । 
ण्ण्ण्ण्ण्
जग्गा औद्योगीक क्षेत्रलाई दिई नयाँ उद्योग स्थापना गनुपर्दछ
तेज कुमार पाठक
पुर्व अध्यक्ष, रुपन्देही उद्योग संघ

धागो कारखाना बन्द भएको बर्षौ भएकाले पार्ट पुर्जा विग्रीएको र अव यसलाई सञ्चालन गर्दा ठुलो लागत लाग्ने हुँदा यसलाई पुर्णरुपमा हटाएर औद्योगीक क्षेत्रको जग्गा पुन औद्योगीक क्षेत्रलाई हस्तान्तरण गर्नुपर्दछ । यो कारखाना चल्न सक्ने अवस्था छैन, तै पनि नीजी क्षेत्रलाई एक पटक आवाह्न गर्न म सरकार संग माग गर्दछु, घाटामा गएको कारखाना सञ्चालनको लागि नीजि क्षेत्र आउन सक्ने अवस्था छैन, जग्गामा नयाँ उद्योगहरु स्थापना गर्न पहलन गर्नुपर्दछ  ।  उनले अहिले जे–जस्तो अवस्थामा रहेका उद्योगका पार्टपुर्जा, उपकारण, गाडी  लगायतका सामानहरु विक्रि  सरकारले राजश्व उठाउने र अन्य भौतिक संरचनामा नयाँ उद्योग स्थापनाको लागि नीजी क्षेत्रलाई दिनुको विकल्प छैन । 

ण्ण्ण्ण्ण्ण्

सरकारी तहबाट अविलम्ब  पहल थाल्नुपर्दछ 
विष्णु कुमार शर्मा
पुर्व अध्यक्ष, सिद्धार्थ उद्योग बाणिज्य संघ, भैरहवा
–म सिद्धार्थनगर उद्योग बाणिज्य संघको अध्यक्ष हुँदा  बुटवल उद्योग बाणिज्य संघसंगको संमन्वयमा अगाडी बढि नीजी क्षेत्रले लिने भन्ने कुरा भएको थियो । तर यसमा  ठोस कदम अगाडी बढ्न सकेन् । कारण के को किन अगाडी बढ्न सकेन्, कमजोरी कस्को हो भन्ने विषयमा मुल्यांकन हुनु आवश्यक छ  । सरकारी नीतिको कारणले पनि हो भने यसमा सच्चाएर अगाडी बढ्नु पर्दछ । विगतका दिनहरुमा नेपाली धागो विभिन्न देशमा निर्यात गर्ने उद्योग अहिले बन्द हुँदा हामी बाहिरबाट  धागो आयात गरिरहेका छौं जुन गलत हो । देशमा भएको कारखाना बन्द गर्ने अनि विदेशबाट सामान आयात गर्ने यो तरिका ठिक भएन । नीजि क्षेत्रलाइ दिएर सञ्चालन गर्न सकिन्छ भने अविलम्ब पहल  अगाडी बढाउनुपर्दछ । विदेशी मुद्रा समेत आयातको दरिलो माध्ययम बनेको धागो कारखाना बन्द हुनु आफैमा  नराम्रो कार्यहो । नीजी क्षेत्रलाई दिँदा समेत सरकारले मापदण्ड बनाएर दिदा राम्रो हुन्छ । 
ण्ण्ण्ण्ण्
कारखाना सञ्चालन गर्नुपर्दछ भन्नेमा द्वविधा छैन 
पदम कुमार श्रेष्ठ
प्रथम उपाध्यक्ष, रुपन्देही व्यापार संघ बुटवल । 
–उद्योगलाई सञ्चालन गर्नुपर्दछ भन्ने विषयमा कुनै द्वविधा नै छैन । यसमा नीजी  क्षेत्रको  सहभागीताको विषयमा सबै व्यवसायीक संघ संगठनहरु मिलेर बसेर एउटा निस्कर्ष निकाल्नुपर्दछ । जहाँ सम्म उद्योग सञ्चालनको लागि कुरा आएको छ । यसमा नीजि क्षेत्र लगायत सरकारी क्षेत्रले बढि चासो लिनुपर्दछ । सरकारको सहभागीतामा केही प्रतिशत नीजी क्षेत्रको सहभागीता र कर्मचारी र सर्वसाधारणको समेत गरेर शेयर बाडफाँड गरी अगाडी बढाउनुपर्दछ भन्ने हाम्रो धारणा हो । सरकारी क्षेत्रबाट भएगरेका पहलमा रुपन्देही व्यापार संघको साथ र सहयोग छ । 
ण्ण्ण्ण्ण्

हामी सबै सेलायौं
अव तात्नु पर्छ

खेमनारायण  पराजुली
पुर्व अध्यक्ष, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देही  । 
पहिला हामी व्यवसायीक संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरु धागो काराखाना सञ्चालनको लागि भन्दै लागेका थियौं । एक दुई पटक यस विषयमा नवराज श्रेष्ठको संयोजकत्वमा बुटवल उद्योग बाणिज्य संघमा छलफल गरेका थियौं । तर पछि हामी सबै सेलायौं । जसको कारणले गर्दा यसले खास मुर्तरुप लिन सकेन । अव तात्नेबेला आएको छ ।  हामी सबैको साझा सम्पतीको रुपमा रहेको  धागो कारखानालाई सञ्चालन के कसरी गर्न सकिन्छ भन्ने विषयमा लाग्नु जरुरी छ । यसमा उद्योग व्यापार संगठनले साथमा साथ लिएर अगाडी बढ्ने छ । : प्रस्तुती ः कृष्ण खनाल÷बुटवल । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै